Friday, July 10

स्वास्थ्य

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्। साथै कोरोना भाइरस संक्रमणका कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले शनिबार जानकारी दिएको छ। सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन्। विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ। सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसके...
भारतमा एकैदिनमा ४९ हजार व्यक्ति कोरोनाबाट संक्रमित बने
समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ४९ हजार व्यक्ति कोरोनाबाट संक्रमित बने

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ। ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ। योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन्। त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना सङ्क्रमित भएका छन...
गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका ३ जिल्लामा ११ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकीका ३ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७२ पुगेको छ । कास्कीमा १, गोरखामा २ र नवलपुरमा ८ संक्रमित गरि कुल ११ संक्रमित थपिएका हुन् । कास्कीको रुपमा गाउँपालिकामा एक पुरुष र गोरखाको पालुङटार र भीमसेनमा एक, एक जना गरि २ पुरषमा कोरोना पुष्टि भएको छ । नवलपुरको मध्यविन्दुमा ६ पुरुष, विनेयीत्रिवेणी र कावासोतीमा एक, एक जना गरि ८ पुरुष संक्रमित थपिएका छन् । संक्रमित एघार जनाको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल र जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको थियो । अहिले एघारै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी हुँदैछ ।...
पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा १०९ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना संक्रमित भएकामध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए । उनले पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए । मन्त्रालयका देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस...
वीरगञ्जमा कोरोना संक्रमणबाट १७ बर्षीया युवतीको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमणबाट १७ बर्षीया युवतीको मृत्यु

इफान अलि, वीरगञ्ज । पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो । ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो । उनको पीसीआर परीक्षण पनि पोजेटिभ आएको छ । बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । शुक्रबार बिहान पनि वीरगन्ज महानगरपालिका ११ श्रीपुर रानीघाटका ८५ वर्षीय महिलाको  नारायणी अस्पतालमा उपचारका क्रममा निधन थियो ।...
काकरभिट्टाका १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काकरभिट्टाका १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले पुष्टि गरे ।...
वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु
समाचार, स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु

नेपाल अखबार, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा वीरगञ्ज महानगरपालिका-११ की ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् । साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार गण्डक अस्पतालमा ल्याइएको थियो ।...
पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् ।  यसमध्ये धनकुटाका १, सुनसरी ४, झापा २५, मोराङ २, सप्तरी ७, सुनसरी १, बारा १, सर्लाही २, पर्सा ३१, धुनषा १, काठमाडौँ १०, चितवन २, उदयपुर १, कास्की ५, लमजुङ ३, बागलुङ १, तनहुँ १, बाँके २, बर्दिया २, दाङ ४, नवलपरासी पूर्व ४, रुपन्देही ४, जाजरकोट १, कालिकोट २, दैलेख ८ र कैलालीका ८ जना रहेका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ । यसमध्ये प्रदेश १ मा १४६, प्रदेश २ मा १९०१, बागमतीमा ४३९, गण्डकी प्रदेशमा ३३१, प्रदेश ५ मा ३५४, कर्णालीमा  ३१५ र सुदूरपश्चिम १८९७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् । योसँग डिस्चार्ज हुनेको कूल संख्या १२ हजार ९४७ जना रहेको छ । नेपालमा ७०.४६ प्रतिशत संक्रमित निको भएका छन् । रौतहट कैलाली र बाजुरा जिल्लामा ५ सयभन्द बढी स...
भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा
प्रदेश २, प्रशासन, समाचार, स्वास्थ्य

भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

नेपाल अखबार, वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने...
गण्डकीमा १० नयाँ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १० नयाँ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् । लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।...