Friday, August 28

स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण

नेपाल अखबार,  काठमाडाैंं। नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त संख्यामा नयाँ संक्रमित देखिएको जनाएको हो। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०५ जना महिला र ३५८ जना पुरुष छन। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भइ घर फर्किएका छन। हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ३ हजार १३ पुगेको मन्त्रालयले जनाएको छ।...
बाजुराको बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बाजुराको बुढीगंगामा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार,   काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस (कोभीड-१९) संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम शाहले जानकारी दिए । टेकुको प्रयोगशालामा नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका २४४ जनाको स्वाब असार ३ गते संकलन गरी पठाइएको थियो । तीमध्ये अझै सबैको रिपोर्ट आइनसकेको मेयर शाहले बताए । यस्तै, वडानम्बर ७ देखि १० सम्मका ३३८ जनाको स्वाब पनि गत ३ गते नै जुम्ला पठाएको आइतबार नै ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पुष्टि भएका सबै भारतबाट आएर विभिन्न क्वारेन्टिनमा बसेकाहरु हुन् । भारतबाट आएको एक महिना बितिसकेपछि मात्रै उनीहरुको परीक्षण भएको म...
पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो । शनिबार रिपोर्ठ आउँदा बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ । ‘उहाँहरुको केही दिनपछि स्वाब संकलन गर्छौं’ मिजारले भने, ‘त्यसको रिपोर्टले बालिकामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउन केही सहज होला ।’...
भारतमा कोरोना : एकै दिन ६ सय भन्दा धेरैको मृत्यु, २० हजारमा संक्रमण
विश्व, स्वास्थ्य

भारतमा कोरोना : एकै दिन ६ सय भन्दा धेरैको मृत्यु, २० हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। कोरोना संक्रमणका कारण भारतमा एकै दिन ६ सय भन्दा धेरैले ज्यान गुमाएका छन्। २० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। वल्र्डओमिटरका अनुसार शनिबार भारतमा ६ सय १९ जनाले ज्यान गुमाएका छन्। आइतबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ हजार तीन सय आठ पुगेको छ। शनिबार एकै दिन त्यहाँ २० हजार एक सय ३१ जना संक्रमित थपिएका छन्। अहिलेसम्म त्यहाँ संक्रमितको संख्या पाँच लाख २९ हजार पाँच सय ७७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म तीन लाख १० हजार एक सय ४६ जना उपचारपछि निको भएका छन्। दुई लाख तीन हजार तीन सय २८ जना उपचार को क्रममा छन्। उपचारको क्रममा रहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ।  ...
बागलुङका २७ सहित गण्डकी प्रदेशमा थपिए ३४ संक्रमित
प्रदेश ४, स्वास्थ्य

बागलुङका २७ सहित गण्डकी प्रदेशमा थपिए ३४ संक्रमित

नेपाल अखबार,  पाेखरा  । गण्डकी प्रदेशमा थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ८८ पुगेको छ। नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति जारी गरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको जनाएका छन्। बागलुङको बडीगाड गाउँपालिकाका ६ पुरुष, बागलुङ नगरपालिकाका १७ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका दुई महिला र दुई पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महिला, भानु नगरपालिकाका तीन पुरुष, व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरी र पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो। थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्तिः...
रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

रौतहटमा २ जना वडा अध्यक्षसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, रौतहट । रौतहटको एउटा नगरपालिकाका २ जना वडा अध्यक्षसहित १४ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय सिमानासंग जोडिएको बौधीमाई नगरपालिकाका २ जना वडा अध्यक्ष र कर्मचारी गरी १४ जनामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको हो । नगर स्वास्थ सहसंयोजक राकेश कुमार यादवका अनुसार शनिवार आएको रिपोर्टमा २ जना वडा अध्यक्ष, केही कार्यपालिका सदस्य र केही कर्मचारीगरी १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिवार सार्वजनिक गरेको तथ्यांकमा २३ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै रौतहटमा कोरोना संक्रमितको संख्या ११ सय ३८ पुगेको छ । कोरोना जितेर घर फर्किनेको संख्या ७ सय ६५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ ।...
गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो

नेपाल अखबार, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो । योसँगै प्रदेशमा कूल संक्रमितको संख्या ८५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।...
७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए
समाचार, स्वास्थ्य

७७ वटै जिल्लामा फैलियो कोरोनाभाइरस, रसुवाका ९ सहित ५५४ संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय २० महिला र ४ सय ३४ पुरुष रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।  योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।  जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् । यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ। यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर...
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश
विश्व, स्वास्थ्य

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित विश्वका १० देश

नेपाल अखबार, एजेन्सि। विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या  ९९ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ । विश्वविद्यालयको शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका छन् भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ । अमेरिका–२४,६७,५५४ ब्राजिल –१२,७४,९७४ रूस– ६,१९,९३६ भारत–५,०८,९५३ बेलायत–३,१०, ८३६ पेरू– २,७२,३६४ चिली–२,६३,३६० स्पेन–२,४७,९०५ इटाली–२,३९,९६१ चीन–८५,१७२...
शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

शव व्यवस्थापनमा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि

नेपाल अखबार, बुटवल । पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नंं. १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले पुष्टि गरे । उनीहरु दुईजनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एकजना पुरुषको भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको पन्थीले जानकारी दिए । शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । ‘शव व्यवस्थापन गर्ने बेला भारी वर्षा भएको हुँदा र्‍याल चुहिएर संक्रमण फैलिएको हुनसक्छ,’ सूचना...