स्याङ्जाका १२ महिने संक्रमित शिशु बुवा-आमासँगै दिल्लीबाट आएका थिए
नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना काेराेना संक्रमण थपिए । कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ ।
गाउँ आएकै दिनबाट क्वारेन्टिन बसेकाले बाह्य सम्पर्क भने नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार शिशुको अवस्था अहिले सामान्य छ । ‘गाउँपालिकाले सीमामा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको थियो । अहिले संक्रमित सबै भारतबाट आएका नै हुन्,’ उनले भने ।
संक्रमित शिशुको बुवा-आमालाई संक्रमण भए/नभएको भन्नेब...
