Wednesday, August 5

स्वास्थ्य

कर्णालीमा समुदायसम्म फैलियो कोरोना
प्रदेश ६, स्वास्थ्य

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

नेपाल अखबार, सुर्खेत। सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो । पिसिआर परीक्षणबाट तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन्, अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ । कर्णालीमा एकैपटक यति धेरै सङ्ख्यामा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको यो पहिलोपटक हो । यसअघि ‘ट्राभल हिस्ट्री’ नभएका पश्चिम सुर्खेत घर भएका एक विद्यार्थीमा पनि कोरोना सङ्...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेकका सेवा बन्द हुने
समाचार, स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी बाहेकका सेवा बन्द हुने

नेपाल अखबार, पोखरा । कोरोना संक्रमितको ज्यान गएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी बाहेकको सबै सेवा बन्द गर्न लागेको छ । एक दिनको लागि ओपीडी बन्द गर्न लागेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार संक्रमित पुरुषको मृत्यु पछि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिने भएको छ । आज एक दिनको लागि मात्रै अन्य सेवा बन्द गरिने उनले जानकारी दिए । शव व्यवस्थापन गर्दा संक्रमण फैलिन सक्ने हुँदा एक दिनको लागि ओपीडी बन्द गर्न लागिएको उनले जानकारी दिए । ‘ओपीडी र आइसोलेसन पनि नजिकै छ । शव व्यवस्थापन गर्दा संक्रमण नफैलियोस् भनेर आज एक दिनको लागि इमर्जेन्सी मात्रै खुल्ला गर्न भनेका हौं,’ उनले भने । गए राति ११ बजेर ३५ मिनेट जाँदा कोरोना संक्रमित पुरुषको ज्यान गएको थियो । उनको शव व्यवस्थापनको तयारी भई रहेको निर्देशक डाक्टर आचार्यले जानकारी दिए ।...
पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु
समाज, स्वास्थ्य

पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,  पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको छ । उनलाई यही असार आठ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । डा. आचार्यका अनुसार उनी डायबिटिजबाटसमेत पीडित थिए । पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गर्दागर्दै कोरोना संक्रमितको मृत्यु भएका स्याङ्जाका यी पुरुष दोस्रो व्यक्ति हुन् । यसअघि पनि सोही अस्पतालमा स्याङ्जाकै ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि यसैबीच...
क्वारेन्टिनमा बसेकालाई खाना पकाउने भान्सेमै कोरोना पोजेटिभ देखिएपछि.
समाचार, स्वास्थ्य

क्वारेन्टिनमा बसेकालाई खाना पकाउने भान्सेमै कोरोना पोजेटिभ देखिएपछि.

नेपाल अखबार, सुर्खेत । सुर्खेतको एक क्वारेन्टिनमा बसेकाहरुलाई खाना पकाउने पुरुषको कोरोना रिपोर्ट पाजेटिभ आएपछि क्वारेन्टिनमा बसेका ४६ जनामा त्रास बढेको छ ।  सुर्खेतको पञ्चपुरी नगरपालिका ५ स्थित विद्याज्योति माविको क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाएर खुवाउने तीन जनामध्ये एक जना पुरुषको पीसीआर परीक्षणमा मंगलबार पोजेटिभ रिपोर्ट आएको हो । खाना पकाएर खुवाउने व्यक्तिको पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा बसेकाहरुले बुधबार बिहानबाट खाना नखाएको बताएका छन् । उनीहरुले अर्को व्यवस्था गर्न नगरपालिकासँग अनुरोध गरेपनि नगरेको गुनासो गरेका छन् । त्यस्तै क्वारेन्टिनमा बसेकाहरुको कोरोना परीक्षण समेत नगरेर वेवास्ता गरिएको गुनासो उनीहरुको छ । ‘क्वारेन्टिनमा बसेकाहरुलाई खाना बनाउने तीनजना मध्ये एक जना पुरुषको रिपोर्ट पोजेटिभ आएपछि हामीले खाना खाएका छैनौ । अर्को व्यवस्था गर्न माग गरेपनि सुनुवाई भएको छैन’, क्वा...
दक्षिण अफ्रिकाको ३५ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
विश्व, स्वास्थ्य

दक्षिण अफ्रिकाको ३५ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल अखबार, एजेन्सि ।  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। “आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा सङ्क्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरुको आत्माको शान्तिको कामना गर्दछु,” मन्त्री एमखिजाले भनेका छन्। इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो जानकारी दिएका हुन्। सङ्क्रमित भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ९९३ जना भने सङ्क्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन्। दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्य...
पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपाल अखबार,  पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ६२९ जनामा कोरोना पुष्टि भएको बताए। पछिल्लो २४ घण्टामा ६ हजार ८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला १०६ गरी ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।...
नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय २९ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ६ सय २९ संक्रमित भेटिएको जानकारी दिएका हुन । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो । नेपालमा संक्रमित मध्ये २ हजार ३ सय ३८ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म २३ जनाको ज्यान गएको छ ।...
पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि
विश्व, स्वास्थ्य

पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि

नेपाल अखबार, एजेन्सि। पुरुषमा कोरोनाका कारण मृत्यु हुने खतरा महिलाकोभन्दा धेरै भएपनि शरीरमा एन्टिबडी बन्ने विषयमा भने उनीहरु अगाडि नै छन् । बेलायतको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी एनएचएसका अनुसार कोरोनाद्वारा संक्रमित पुरुषमा महिलाको तुलनामा धेरै एन्टीबडी बन्ने गर्छ । हालै यसबारे अनुसन्धान भएको छ । अनुसन्धानको लक्ष्य कोरोना सर्भाइभरको ब्लड प्लाज्मालाई संक्रमित व्यक्तिमा चढाइए एन्टिबडीले भाइरससँग लड्न कत्तिको सहयोग गर्छ भनेर पत्ता लगाउनु थियो । उनीहरुमा प्रतिरोधी क्षमताको स्तर कति बढ्छ भनेर पनि थाहा पाउने कोसिस गरिएको थियो । एनएचएसले सुरु गरेको थियो थेरापी प्रोग्रामः एनएचएसले हालै कोरोनाका बिरामीका ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्राम सुरु गरेका थिए । ट्रायलको क्रममा संक्रमित पुरुषमा ४३ प्रतिशत र महिलामा २९ प्रतिशत एन्टीबडी विकसित भयो । एनएचएसले कोरोना संक्रमणबाट निको भएकाहरुलाई ब्लड प्लाज्म...
सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुग्यो
प्रदेश ७, स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुग्यो

नेपाल अखबार, कैलाली । मंगलबार थप ११७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ६८ र सेती प्रादेशिक अस्पताल कोभिड–१९ को प्रयोगशालाबाट गरिएको परीक्षण बाट ४९ जनामा पुष्टि भएको हो । यसअघि नै १७६ जना संक्रमित निको भइ घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ । पुष्टि भएका मध्ये कैलालीका ४४ पुरुष र १८ महिला, कञ्चनपुरका ८ पुरुष र २ महिला, अछामका ३ महिला रहेका छन् । त्यसैगरी डडेल्धुराका १ पुरुष, बाजुराका १० पुरुष र ११ महिला तथा बझाङ्गका १७ पुरुष र ३ महिला रहेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा सो जानकारी दिएको हो । प्रदेशमा हालसम्म ११ हजार ६०९ जनाको पीसीआर जाँच गरिएको छ । जसमध्ये १० हजार ३४८ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य...
पोखराका ३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ७२९ पुगे
प्रदेश ४, स्वास्थ्य

पोखराका ३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ७२९ पुगे

नेपाल अखबार, पोखरा । पोखराका ३  जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २  महिला र मादी गाउँपालिकाका १/१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८  जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार बिहान कास्कीका ५ जनासहित तनहुँका १ जना पुरुष , स्याङजाका ३० महिने बालिकासहित २ महिला तथा ५ जना पुरुष , बागलुङका ९ जना पुरुष , गोरखाका १ जना पुरुष, पर्वतका १  महिला , लमजुङका ४ पुरुष तथा १ महिला र नवलपुरका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।...