Monday, July 13

स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ३७ कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थपिए ३७ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरा महानगरपालिकाका ५ सहित गण्डकी प्रदेशमा विहिवार मध्यान्ह ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं ४ का २६ वर्षीय पुरुष, ६ का २५ वर्षीय पुरुष, १० का ३७ वर्षीय पुरुष, १७ का ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरि तनहुँ व्यास २ का ४५ वर्षीया महिला, वागलुङ गलकोट ३ का ३० वर्षीय पुरुष, ४ का ११ र १४ वर्षीया वालिका, ५ का २०–२०, २२, २५, ३४ वर्षीय पुरुषहरु, ६ का ५२ वर्षीय पुरुष, सोही नगरपालिका वडा नखुलेका २५ र २७ वर्षीय पुरुष तथा ६० वर्षीया महिला, नवलपुर कावासोती ८ का २५ वर्षीया महिला, १६ का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । त्यस्तै नवलपुरकै विनयत्रिवेणी ४ का ३९ र ५३ वर्षीय पुरुष, देवचुली १ का ४६, ५० र ६३ वर्षीय पुरुष, ३ की ३२ वर्षीया महिला, ५ का ४४ वर्षीय पुरु...
सबै नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील
प्रशासन, समाचार, स्वास्थ्य

सबै नेपालीको दृष्टि सुरक्षा गर्न सरकार क्रियाशील

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन् । उनले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको पनि बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ ।स्वास्थ्यमन्त्री ढकालको शुभकामना सन्देशमा लेखिएको छ, ‘नागरिकहरुको दृष्टिको सुरक्षाको लागि नेपाल सरकार सचेत र क्रियाशील रहेको विषय अनुरोध गर्दै आजको विश्व दृष्टि दिवसको सन्दर्भमा सम्पूर्णमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु ।’ नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन पनि उनले आह्वान गर...
बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउनुस्, मिल्नेछ यी रोगबाट छुटकारा
समाज, स्वास्थ्य

बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउनुस्, मिल्नेछ यी रोगबाट छुटकारा

नेपाल अखबार, एजेन्सी । भारत र नेपालमा तामाको भाँडाको निकै महत्त्व हुन्छ । तामाको भाँडालाई पूजा समेत गर्ने प्रचलन रहेको छ । भगवानको पूजाआजा गर्न होस् वा विवाह, व्रतबन्ध जस्ता पवित्र धार्मिक कार्यहरुमा प्रयोग गरिने तामाको भाँडामा राखिएको खानेकुराले शरीरलाई फाइदा समेत गर्छ । तामाको भाँडामा पानी राख्ने, पानी खाने, तामाको भाँडामा खाना पकाउने जस्ता कामहरु पनि गरिन्छ । तर, तामाको जग वा गिलासमा राखिएको पानी खाँदा भने शरीरलाई निकै फाइदा पुग्छ । बिहान खानी पेटमा तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिन्छ । तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा कपरको कमी हुँदैन । विभिन्न भाइरसहरुबाट पनि सुरक्षा दिन्छ । तामाको भाँडामा राखिएको पानीले बाथ, पित्त र खोकीको समस्या लाग्दैन । आठ घण्टासम्म पानी राख्ने आयुर्वेदका अनुसार तामाको भाँडामा ८ घण्टाअघि राखेको पानी बिहान पिउने ग...
रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
समाचार, स्वास्थ्य

रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल अखबार,रुपन्देही । रुपन्देहीका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत यहाँका थप एक संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सुशील गुरुङका अनुसार असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो । उनी सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको गुरुडले बताए । यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको अस्पताले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नवलपुरमा ८ र लमजुङमा १ गरी ९ कोरोना संक्रमित थपिएका हुन् । संक्रमण पुष्टि हुनेमा लमजुङ सुन्दरबजार १० की २१ वर्षीया महिला तथा नवलपुर गैँडाकोट २ , ४ र ५ का क्रमश ४९ र ५० वर्षीया महिला तथा २९ वर्षीय पुरुष, हुप्सेकोट ४ का ३२ वर्षीय पुरुष, कावासोती १ र ८ का २५ र २३ वर्षीय पुरुष एवं देवचुली २ र १४ का ३४ र २५ वर्षीया महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ४ सय १० पुगेको छ ।...
‘हावाबाट पनि सर्न सक्छ कोरोना’
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

‘हावाबाट पनि सर्न सक्छ कोरोना’

नेपाल अखबार, एजेन्सि। अमेरिकाको केन्द्रीय रोग नियन्त्रण केन्द्र (सीडीसी)ले कोरोना भाइरस हावाको माध्यमबाट पनि फैलिन सक्ने र केही घण्टासम्म हावामा नै रहन सक्ने बताएको छ । सीडीसीले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरस हावामा केही घण्टासम्म रहन सक्ने उल्लेख गरिएको छ । यद्यपि कोरोना सर्ने मुख्य स्रोत भने खोक्दा, हाच्छ्यूँ गर्दा र गफ गर्दा निस्किने ठूला छिटा नै रहेको सीडीसीले बताएको छ ।संक्रमित व्यतिसँग नजिक भएका मानिसलाई संक्रमणको जोखिम बढी हुन्छ । राम्रोसँग हावा पास नहुने बन्द कोठामा बाहिरको तुलनामा संक्रमणको जोखिम बढी हुन्छ । गत महिना सीडीसीले निर्देशिकाको नयाँ प्रारुप तयार पारेको थियो । जसमा हावाको माध्यमबाट पनि कोरोना फैलिन सक्ने भन्दै चेतावनी दिइएको थियो । तर, पछि त्यसमा त्रुटि देखिएको भन्दै हटाइएको थियो । त्यति नै बेला विश्व स्वास्थ्य संगठनले निश्चित सीमाभित्र हावाको माध्यमबाट पनि को...
गोविन्द केसीको अवस्था अत्यन्तै जटिल, चिकित्सक संघद्वारा आन्दोलनको घोषणा
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गोविन्द केसीको अवस्था अत्यन्तै जटिल, चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

नेपाल अखबार, काठमाडौं । डा गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । जसअनुसार बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय भएको संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैैै धर्ना दिने कार्यक्रम पनि तय भएको छ । यसैगरी संघका शाखा कार्यालयहरु र देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अन...
यसैवर्षको अन्तिममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने डब्लूएचओको विश्वास
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

यसैवर्षको अन्तिममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने डब्लूएचओको विश्वास

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले यसैवर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेको छ। डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रिएससले यसैवर्षको अन्तिमसम्ममा कोरोनाको खोप उपलब्ध हुनसक्ने सम्भावना भएको बताएको रोयटर्सले जनाएको छ। उनले भनेका छन्,‘हामीलाई कोरोनाको खोप चाहिन्छ र यसैवर्षको अन्तिमसम्ममा खोप हामीमाझ उपलब्ध हुने विश्वास छ।’ मंगलबार टेड्रोसले कोरोनाको खोप उपलब्ध भइसकेको अवस्थामा त्यसलाई समान रुपमा वितरण गर्न विश्वका नेताले ऐक्यवद्धता जनाउनुपर्ने पनि बताएका थिए।...
यसैवर्षको अन्तिममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने डब्लूएचओको विश्वास
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

यसैवर्षको अन्तिममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने डब्लूएचओको विश्वास

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन डब्लूएचओले यसैवर्षको अन्तिमसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेको छ। डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रिएससले यसैवर्षको अन्तिमसम्ममा कोरोनाको खोप उपलब्ध हुनसक्ने सम्भावना भएको बताएको रोयटर्सले जनाएको छ। उनले भनेका छन्,‘हामीलाई कोरोनाको खोप चाहिन्छ र यसैवर्षको अन्तिमसम्ममा खोप हामीमाझ उपलब्ध हुने विश्वास छ।’ मंगलबार टेड्रोसले कोरोनाको खोप उपलब्ध भइसकेको अवस्थामा त्यसलाई समान रुपमा वितरण गर्न विश्वका नेताले ऐक्यवद्धता जनाउनुपर्ने पनि बताएका थिए।...
सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस
प्रशासन, समाचार, स्वास्थ्य

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । गौतमका अनुसार २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सो निर्णय गरेको हो । अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ । त्यस्तै बैठकले कोरोना संक्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।...