नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १३ वटा वडामा २७ सहित गण्डकी प्रदेशमा ४४ जना नयाँ कोराना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा वडा प्रहरी कार्यालय रामवजारमा कार्यरत २७, २८, ३१ र ३४ वर्षीय पुरुष तथा २२–२२ र २३ वर्षीया महिला प्रहरीमा कोरोना संक्रमण देखिएको जनाएको हो । त्यसै गरि पोखरा वडा नं ४ का ३४ वर्षीय पुरुष, वडा नं ५ का २४ वर्षीय पुरुष, वडा नं ६ का ३० र ६५ वर्षीय पुरुष र ५५ वर्षीया महिला, वडा नं ८ का २५ वर्षीय पुरुष तथा वडा नं ९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा वडा नं १० का ५७ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं १२ का ४३ र ३९ वर्षीय पुरुष र २८ वर्षीय महिला, वडा नं १४ का ३८ वर्षीय पुरुष, वडा १५ का ८ वर्षीय वालक सहित २८ र ३७ वर्षीय पुरुष, वडा १६ का ३७ वर्षीय पुरुष, वडा नं १७ का २४ वर्षीय पुरुष, वडा नं १८ का ३४ वर्ष...