Friday, August 7

स्वास्थ्य

बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ
प्रदेश २, समाचार, स्वास्थ्य

बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

इरफान अली, बीरगञ्ज। स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ ।   “एक घर एक पीसीआर परीक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वा टोला श्रीर्सिया पुगेको थियो । त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब संकलन गराएका थिए । बीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजारा पनि पीसीआर परीक्षणका लागि आफ्नो स्वाब संकलन गराउन गएका थिए । बीरगञ्ज महानगरपालिकाको “एक घर एक पीसीआर परीक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मी...
काठमाडौँमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौँमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको पुष्टि

नेपाल अखबार, काठमाडाैं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाँ १५५ ललितपुर १९ र भक्तपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।...
पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन्। प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ।...
भारतमा एकैदिनमा ७६ हजार कोरोना संक्रमित थपिए
विश्व, समाचार, स्वास्थ्य

भारतमा एकैदिनमा ७६ हजार कोरोना संक्रमित थपिए

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ। मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म सङ्क्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ। कुल सङ्क्रमितमध्ये सात लाख ५२ हजार ४२४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन्। प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना सङ्क्रमित भएका छन्। त्यसैगरी दोस्रो धेरै प्रभावित भएकोे अन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। रासस/एएनआई...
पोखरामा ५८ वर्षीय पुरुषको कोरोना सङक्रमितबाट मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ५८ वर्षीय पुरुषको कोरोना सङक्रमितबाट मृत्यु

नेपाल अखबार, पाेखरा। पोखरामा शनिवार थप एक कोरोना सङक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पेटको  शल्यक्रियाका लागि यहि भदौ ८ गते उनी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएकै दिन भदौ ८ गते परीक्षणमा गरिएकोमा भदौ १० गते आएको नतिजामा उनी कोरोना सङक्रमण भएको पाइएको अस्पतालका निर्देशक सह प्रा डा. अर्जुन आचार्यले बताए । कोरोना सङक्रमण भएको फेला परेपछि उनलाई प्रतिष्ठान अन्तरगतको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहे थियो । उपचारकै क्रममा उनको आज विहान ११ बजे मृत्यु भएको निर्देशक प्राडा आचार्यले बताए । कोरोना सङक्रमण भइ कोभिड १९ उपचार केन्द्रमा मृत्यु हुनेको सँख्या ७ पुगेको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको सँख्या १२ पुगेको छ ।...
गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । गोरखाको गोरखा नगरपालिका–१३ मजुवा स्थायी ठेगाना रहेका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा हिजो आइसीयूमा उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।...
गण्डकीमा २१ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा २१ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा  शनिबार बिहान थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान नवलपुरका  १३ जना  पुरुष र ८ महिलामा कोरोना देखिएको जनाएको हो  । निर्देशनालयका अनुसार नवलपुर बिनयत्रिवेणी ६ र ७ का १३ पुरुष तथा ७ महिला तथा गैँडाकोट -८ की एक महिलामा  कोरोना सक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भए सँगै उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २  हजार ७७ पुगेको छ ।...
कोरोनाबाट थप १२ जनाको मृत्यु
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाबाट थप १२ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। बितेको २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १९५ पुगेको छ ।  यस्तै देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् ।  मृतकमा ४ महिला र ८ पुरुष रहेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १–१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र  रुपन्देहीका १–१ जना रहेका छन् । प्रवक्ता डा  गौतमले आज ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै ...
थप तीन अस्पतालमा कोरोना उपचार हुने
प्रशासन, समाचार, स्वास्थ्य

थप तीन अस्पतालमा कोरोना उपचार हुने

नेपाल अखार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो । त्यस्तै कोभिड उपचारमा समन्वय गर्ने सिलसिलामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाल चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, नर्सिग संघ लगायतको बैठक बसेर केही स्वास्थ्यसम्बन्धी निर्णय गरेको जनाएको छ । त्यस्तै शुक्रबार थप तीन वटा अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् । सूचीकृत हुने अस्पतालमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौँको कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा सूचीकृत भएका हुन् । हाल बन्द अवस्थाम...
देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । बितेको २४ घण्टामा देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा १६९ जना निको भएका छन् भने यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।  यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । बितेको २४ घण्टामा १० हजार २२९ पीसीआर भएको छ ।...