Saturday, July 11

स्वास्थ्य

तनहुँमा गरिमा विकास बैङ्क र ग्लोबल आइएमईमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँमा गरिमा विकास बैङ्क र ग्लोबल आइएमईमा कार्यरत दम्पतीलाई कोरोना, बैङ्क बन्द गर्न निर्देशन

नेपाल अखबार, तनहुँ। तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुई वटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् । गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमान्मा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भन्नुभयो, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।” यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताउनुभयो । भानु–६ निवासी २३ वर्षीय ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्...
कोरोनाबाट थप १४ जनाको मृत्यु,
समाचार, स्वास्थ्य

कोरोनाबाट थप १४ जनाको मृत्यु,

नेपाल अखबार, काठमाडौं । पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको छ । मृतक महिलामा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् । यस्तै मृतक पुरुषमा महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।...
काठमाडौंमा ४२९ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

काठमाडौंमा ४२९ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।...
पछिल्लो २४ घण्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा । पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।...
भोज आयोजना गर्ने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन
प्रदेश ४, समाचार, स्वास्थ्य

भोज आयोजना गर्ने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

नेपाल अखबार, बागलुङ। कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्ड नअपनाउँदा समुदायमै कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का गरिएको छ । कोरोना जोखिमको समयमा छोरी जन्मँदा गरिने न्वारनमा ठूलो जमघट गरी भोज गरिएको पाइएको छ । लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उहाँले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाई खसी काटेरै भोज खुवाएका थिए  । भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना ‘क्लोज कन्ट्याक्ट’का रूपमा सहभागी भएको पाइयो । छोरीको न्वार...
पोखरामा तीन सहित गण्डकी प्रदेशमा पाँच संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

पोखरामा तीन सहित गण्डकी प्रदेशमा पाँच संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  पोखरामा आज विहानै तीन जना कोरोना संक्रमित थपिएका छन् । वडा नं ७ मा ३७ वर्षीया महिला र ५३ वर्षीय पुरुष तथा वडा नं ८ मा ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती गरी जनाएको छ । त्यसैगरी नवलपरासीको कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा एक÷एक संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । हालसम्म गण्डकीमा संक्रमित दुई हजार ९९ पुगेका छन् ।...
उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन
प्रदेश ७, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली संक्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशंकामा १० जनाको रगतको नमूना संकलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले बताए । ‘महामारीको संकेत छैन’, उनले भने, ‘रगतको नमूना जाँचपछि रोगबारे जानकारी हुनसक्छ ।’ उच्च ज्वरो आएका तीन बिरामीको दोधारा प्राथमिक स्वास्थ्य केन्ल्र र दुईको घरमै उपचार भइरहेको छ । स्वास्थ्य केन्द्रका डा. गगन चौधरीका ...
एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु
समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु

नेपाफ अखबार, चितवान।  एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उनले जनाकारी दिए । जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ । अठार जना भने जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन...
आज शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु
समाचार, स्वास्थ्य

आज शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाडौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना ८ जना पुरुषको मृत्यु भएको उनले बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि छ । जसमा २४२ महिला र ६४२ पुरुष रहेका छन् । हालसम्म कोरोना निको हुनेको कुल संख्या २० हजार ५५५ रहेको छ भने पछिल्लो २४ घण्टामा ३१३ जना निको भएका छन् । यस्तै शनिबार काठमाडौं उपत्यकामा १८६ जनामा संक्रमण पुष्टि भएको छ ।...
बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ
प्रदेश २, समाचार, स्वास्थ्य

बीरगञ्जमा स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ

इरफान अली, बीरगञ्ज। स्वाब परीक्षण गरेको भाँडो आफैले लगेका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि पर्सामा भइरहेको कोरोना परीक्षणको विषयलाई प्रश्न उठन पुगेको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पीसीआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको कारण नै ती व्यक्तिको स्वाब परीक्षण बिना नै रिर्पोट नेगेटिभ आएको छ ।   “एक घर एक पीसीआर परीक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगञ्ज महानगरपालिका वडा नं. २५ खल्वा टोला श्रीर्सिया पुगेको थियो । त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब संकलन गराएका थिए । बीरगञ्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजारा पनि पीसीआर परीक्षणका लागि आफ्नो स्वाब संकलन गराउन गएका थिए । बीरगञ्ज महानगरपालिकाको “एक घर एक पीसीआर परीक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मी...