Saturday, July 11

स्वास्थ्य

पोखरामा होम आइसोलेशनमा बसेका ८ जनाले जिते कोरोना
समाचार, समाज, स्वास्थ्य

पोखरामा होम आइसोलेशनमा बसेका ८ जनाले जिते कोरोना

नेपाल अखबार, पाेखरा। महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य कुनै लक्षण उनमा थिएन । कार्यालयको आवास गृहमा ‘होम आइसोलेशन’को मापदण्ड पूरा हुने भएकाले उनी अस्पताल नगई ‘निवास’मै बसे। दृढ आत्मबल र घरेलु उपचार विधिको अवलम्वनबाट कोरोना जित्नेमा विश्वस्त उनका परिवारबाट छुट्टै रहेर परम्परागत खानपीन, गुर्जो, कागती र बेसारपानी निरन्तर खाएपछि शुक्रबार १२ औँ दिनमा कोरोना सङ्क्रमण मुक्त भएका छन । “आत्मबल बलियो बनाउनुपर्छ र कोरोनालाई सहजै पराजित गर्न सकिन्छ भन्नेमा म शुरुआतदेखीनै दृढ थिँए । ” उनले भ,ने“बेसार र ज्वानो मिसाएको पानी दिनमा तीन देखी पाँच पटकसम्म लिएँ, शक्तिवद्र्धक खानेकुरा, मासु र क्वागतीको झोल पिएर अहिले निको भएको छु ।” आइसोलेशनमा बस्द...
भारतमा एकैदिन झन्डै ७० हजारमा कोरोना पुष्टि
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा एकैदिन झन्डै ७० हजारमा कोरोना पुष्टि

नेपाल अखबार, एजेन्सि। भारतमा हालसम्मकै बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन देखिएका कोरोना संक्रमित संख्याको सबैभन्दा उच्च संख्या हो। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ७९४ को मृत्यु भइसक्दा २२ लाख २२ हजार उपचारपछि स्वस्थ बनेका छन्र । भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित छन्। एजेन्सी...
उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

नेपाल अखबार,चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो । उपचारका लागि आएलगत्तै उनको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको छ । चितवन मेडिकल कलेजको प्रयोगशाला हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकाले नतीजा सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्याबमा शुक्रबार राति गरिएको पुनः परीक्षणमा समेत उनको पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । सोही मेडिकल कलेजमा मृत्यु भएका दुई जनाको नतीजा आउन बाँकी रहेको उनले बताए । अहिले तीनवटै शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । सो मेडिकल कलेजमा न...
पोखराका  १३ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखराका १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा  १३ जनामा संक्रमण पुष्टि भएको छ ।  पोखरा महानगरका आठ वडामा १३ जना थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ४ मा दुई ,५ मा एक, वडा नं ६ मा दुई , वडा नं ८ मा चार तथा वडा नं ९,१६,२७ र ३० मा एक÷एक जना थपिएका छन् । यसअघि आज विहानै पोखरामा तीन जना सहित गण्डकी प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।...
पोखरामा ६ वर्षीया बालिका सहित थप ३ कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ६ वर्षीया बालिका सहित थप ३ कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहान थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको वडा नं ९ मा छ वर्षीया बालिका र ६१ वर्षीया महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी वडा नं ४ मा ३५ वर्षीय पुरष संक्रमित भएका छन् । तनहुँमा दुई, बाग्लुङमा एक, नवलपरासीमा तीन तथा स्याङ्जामा दुई जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या एक हजार ८५५पुगेको छ।...
सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ : डब्लूएचओ
विश्व, समाचार, स्वास्थ्य

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ : डब्लूएचओ

नेपाल अखबार , एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ। शुक्रबार जेनेभामा बाेल्दै डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरेका हुन्। उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो। तर उन्नत विज्ञान र प्रविधिका कारण काेराेना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने अनुमान गरिएकाे उनले बताएका छन्। स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् २ वर्षभन्दा बढी समयसम्म रहेको थियो। र, त्यसले विश्वका २ करोड मानिसको ज्यान लिएको थियो। बीबीसी...
माधव नेपालका परिवार सबैको नेगेटिभ , ७ सुरक्षाकर्मीमा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

माधव नेपालका परिवार सबैको नेगेटिभ , ७ सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौँ  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालका सुरक्षामा खटिएका ७ सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका सबै परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा सुरक्षाकर्मीहरुमा मात्र कोरोना पोजिटिभ देखिएको हो । पीसीआर परीक्षणको रिपोर्टमा पूर्वप्रधानमन्त्री नेपालको परिवार सबैको नेगेटिभ आएको बताइएको छ । कोरोना संक्रमित सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा राखिएको छ । माधव नेपालका परिवारले तीन पटकसम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिसकेका छन् । यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ देखिएको थियो ।...
विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक
विश्व, समाचार, स्वास्थ्य

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब आठ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख ९७ हजार सात सय ८७ पुगेको छ । यसैगरी विश्वभर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २८ लाख ६४ हजार ८ सय ७३ पुगेको छ । कोरोना संक्रमणको महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख २१ हजारभन्दा धेरै छ । मृतकको संख्या १ लाख ७५ हजार ४ सय ४३ छ ।...
मिर्चैयामा मृत्युपछि कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

मिर्चैयामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, सिरहा ।  सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए । पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेष सिहले बताए । कोरोना जस्तो लक्षण देखा  परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो । बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए । तर, दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ । दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए । सिरहामा योसहित  कोरोनाबाट भाइर...
सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन
प्रशासन, समाचार, स्वास्थ्य

सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन

नेपाल अखबार, काठमाडौं । कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । कोभिड–१९ बाट संक्रमित  सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा  रहेका छन् । धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो । पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनले भने, “मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुआत भइसकेको छ ।” केही स...