Saturday, July 11

स्वास्थ्य

एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ । नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ । सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दहचोकमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो । यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।...
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको प...
पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।...
आज बिहानसम्म कोरोनाबाट नेपालमा ६ जनाको मृत्यु
समाचार, स्वास्थ्य

आज बिहानसम्म कोरोनाबाट नेपालमा ६ जनाको मृत्यु

नेपाल अखबार,बुटवल  । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा आज १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय उनको आज बिहान अस्पतालमा ज्यान गएको हो । साउनको अन्तिम हप्ता भारतबाट नेपाल आएका उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि ४ दिन अगाडि क्वारेन्टिनमा बस्दै गर्दा अस्पताल भर्ना भएका थिए । क्वारेन्टिनमा रहँदा नै पिसिआर परीक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मृक्तकलाई दमको समस्या रहेको थियो । यता कपिलवस्तुको देवदह मेडिकल कलेजमा समेत १ जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोनाबाट संक्रमित रुपन्देहीका ७० वर्षीय वृद्धको देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । देवदह नगरपालिका ३ का उनको बुधबार स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी समेत विभिन्न किसिमका दीर्घरोगबाट ग्रसित थिए । ...
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो
समाचार, समाज, स्वास्थ्य

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो

नेपाल अखबार, काठमाडौं । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए । उनले बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यस्तै संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।...
पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिए
समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिए

नेपालअखबार, पाेखरा । पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा महिला १९२ र पुरुष ५१५ जना संक्रमित थपिएको जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्। होम आइसोलेसनमा ३ हजार ७ सय ७२ जना रहेको उनले बताए। निको हुने दर ६१ प्रतिशत, ११ हजार ८३२ पीसीआर परीक्षण, क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना छन् भने डिस्चार्ज हुने संख्या १७ हजार ९ सय ६४ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २६४ जना निको भई घर फर्किएका छन्। उपत्यकामा २ सय जना संक्रमित थपिएका छन्। काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका छन्।...
उपत्यकामा थपिए २ सय संक्रमित
समाचार, स्वास्थ्य

उपत्यकामा थपिए २ सय संक्रमित

नेपाल अखबार, उपत्यकामा २ सय जना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका हुन्।
कोरोनाको जोखिम बढेकाले नाकामा सेना परिचालन गर्नुपर्छ : डा पाण्डे
प्रशासन, समाचार, स्वास्थ्य

कोरोनाको जोखिम बढेकाले नाकामा सेना परिचालन गर्नुपर्छ : डा पाण्डे

नेपाल अखबार, काठमाडाै। जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका  छन् ।उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताए  । बिहीबार एक  कुराकानीका क्रममा  डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवस्यकता देखिएको बताएका हुन्  । भारतबाट आएका धेरै मजदुर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तिब्रता दिनुपर्ने पनि उनको भनाई छ । उपत्यकाका भित्रि, बाहिरी र मूख्य सडक लगायत सबै क्षेत्रमा प्रहरीलाई खटाई मानिसहरुलाई घर बाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए  । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिले सम्म क्वारेन्टाइ...
सप्तरीमा थप १ जनाको कोरोनाबाट मृत्यु
समाचार, स्वास्थ्य

सप्तरीमा थप १ जनाको कोरोनाबाट मृत्यु

नेपाल अखबार, सप्तरी । मंगलबार धरानमा उपचारका क्रममा ज्यान गुमाएका पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । सप्तरीका उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि राजविराजमा रहेको छिन्नमस्ता अस्पतालमा लगिएकोमा अवस्था गम्भीर भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनलाई लगिएको केही बेरमा नै उनको ज्यान गएको थियो । कोरोना भाइरसको लक्षणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षण गर्दा उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।...
पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ६ जनालाई कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ६ जनालाई कोरोना पुष्टि

ने पाल अखबार, पाेखरा। पोखरा महानगरपालिमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालक तथा १६ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ८ का ४२ वर्षीय १ पुरुषमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँको भानु नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८ र ३७ वर्षीय छन् । यस्तै स्याङ्जाको गल्याङ नगरपालिकाकी ४० वर्षीय महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय १८ पुगेको छ ।...