Friday, February 20

दुर्घटना

सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो
दुर्घटना

सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो

नेपाल अखबार, सोलुखुम्बु । सोलुखुम्बुको खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले ट्रक बगाएको हो । बिग्रिएर पार्किङ गरी राखिएको बा ३ क ३५५६ नं.को ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । उनका अनुसार ट्रकमा पूर्णरुपले क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो । ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले ट्रक धनीको खोजी भइरहेको सोलुखुम्बु प...
निरन्तरको वर्षाले चुनबाङमा बग्यो बसपार्क
दुर्घटना

निरन्तरको वर्षाले चुनबाङमा बग्यो बसपार्क

नेपाल अखबार, रूकुम। निरन्तर परेको वर्षाका कारण रुकुम (पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौंको क्षति भएको छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ । बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ । बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई  घट्ट र एउटा गुम्टी पसल बगेका छन् । लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए । स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ । चुनबाङमा दाङबाट...
स्याङ्जाको भिरकोटमा जिप दुर्घटना, एक किशोरीको मृत्यु, सात घाइते
दुर्घटना

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना, एक किशोरीको मृत्यु, सात घाइते

नेपाल अखबार,स्याङ्जा । स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ। शनिबार भिरकोट नगरपालिका– ५ मा भएको जिप दुर्घटना सोही नगरपालिका वडा नं. ५ वि १५ वर्षीया दुर्गा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो तिलाहार नेटास्थित कच्ची सडकखण्ड पकानफाँटबाट नेटातर्फ जाँदै गरेको ग२च २३७३ नंको जिप उकालो बाटोमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर घाइते भएकी अर्यालको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक विमलराज कँडेलले जानकारी दिए। दुर्घटनामा परी जिप चालकसहित अन्य सात जना घाइते भएका छन्। दुर्घटनामा भिरकोट– ५ कि ३७ वर्षीया शान्ति अर्याल, ३६ वर्षीय गीता अर्याल, २७ वर्षीया पार्वती अर्याल, ५६ वर्षीया शोभा अर्याल, ७० वर्षीय भीमकुमारी अर्याल र २४ की सुस्मा अर्याल घाइते भएका हुन। घाइतेलाई गण्डकी मेडिकल कले...
पाल्पाको तिनाउ खोलामा कार खस्यो
दुर्घटना

पाल्पाको तिनाउ खोलामा कार खस्यो

नेपाल अखबा, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ ।  जिल्ला प्रहरी कार्यालय पाल्पाकाअनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो । दुर्घटनामा चालक  गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उनलाई उपचारको लागी बुटवलको लुम्बिनी  प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घाइतेको नाम ठेगाना खुुल्न अझै नसकेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।...