Friday, October 16

दुर्घटना

धुलिखेलमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते
दुर्घटना, समाचार

धुलिखेलमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

नेपाल अखबार, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित वीपी राजमार्गमा बिहीबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बा.४ ख ५८७० नम्बरको माइक्रोबस सडकबाट करिब ८० फिट तल खस्दा चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो
दुर्घटना, समाचार

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

नेपाल अखबार, काठमाडौँ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार ट्याङ्कर गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट २ सय मिटर तल त्रिशूलीमा खसेको छ । ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागी समेत भएको डीएसपी खड्काले बताए । पानीमा माथिल्लो भाग (तेल भर्ने ठाउँ) मात्रै देखिएकाले ट्यांकरमा लागेको आगो निभाउन कठिनाइ भएको डीएसपी खड्काको भनाइ छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ । ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित ...
पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

नेपाल अखबार, चितवन। यसैबीच चितवनमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक एक जनाको मृत्यु भएको छ । गीतानगरबाट सिताराम चोकतर्फ जाँदै लु १ च ४४३५ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००६ प ७७६१ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका वडा नं. ६ पारसनगरमा ठक्कर दिँदा भरतपुर २३ का ३७ वर्षीय ज्योती दराईको मृत्यु भएको हो । उपचारको लागि भरतपुर अस्पताल पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।...
दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
दुर्घटना, समाचार

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

नेपाल अखबार, घोराही । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ देउखुरीको पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं. ३ निवासी १८ वर्षीय प्रकाश कुँवर रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । कुँवरको उपचारको क्रममा आज बिहान सवा ७ बजे लमहीमा मृत्यु भएको हो । उनलाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध
दुर्घटना, समाचार

नारायणगढ-मुग्लिन सडकमा ट्रक ठोक्किँदा ६ जना घाइते, सडक अवरुद्ध

नेपाल अखबार, चितवान। नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुलनजिकै दुई ट्रक ठोक्किँदा चालकसहित ६ जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–५ स्थित खहरे पुलनजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना४ख ८०११ नम्बरको ट्रक सोमबार बिहान ठोक्किँदा खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार चार जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। घाइतेहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ। दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको भन्दै चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए।...
डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर
दुर्घटना, समाचार

डोटीमा जीप दुर्घटनाः १२ घाइते, दुईको अवस्था गम्भीर

नेपाल अखबार, डाेटी।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए । चालक निदाएका कारण दुर्घटना भएको...
४ वर्षीय बालिकालाई ७८ वर्षीय बरालले गरे यौन दुर्व्यवहार,बराल पक्राउ
Uncategorized, दुर्घटना, समाचार, हाइलाइट-समाचार

४ वर्षीय बालिकालाई ७८ वर्षीय बरालले गरे यौन दुर्व्यवहार,बराल पक्राउ

पोखरा वडा नं ५ का ७८ वर्षीय एकनारायण बराललाई ४ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । गत चैत्र १९ गते बरालले बालिकालाई एक्लै भएको अवस्थामा यौन दुव्यर्बहार गरेका भन्दै पीडित बालिकाका आफन्तले भदौं २२ गते मंगलबार जिल्ला प्रहरी कार्यलय कास्कीमा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले आरोपितलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको जानकारी दिए । चैत १९ गते बालिकाका आमासँग साग लिन गएकी बालिका घर फर्किएपछि छिमेकीले गरेको कर्तुतका बारेमा सुनाइन् । छोरीको कुरा सुने छागाँबाट खसे झै भएकी आमाले इज्जतको डरमा घटना बाहिर ल्याउन चाहिनन् । बालिकालाई आमालाई नभन्न समेत आरोपितले भनेका थिए  तर परिवारका सदस्य र आफन्तबीच गाइगुइँ हल्ला चल्यो । पीडित परिवारले आरोपितका परिवारलाई घटना बारे जानकारी गराएका थिए । घटना भएको समयमा बालिकाको योनीमा कोतारेको दाग...
तनहुँमा जीप दुर्घटनामा एकको मृत्यु
दुर्घटना, समाचार

तनहुँमा जीप दुर्घटनामा एकको मृत्यु

नेपाल अखबार, तनहुँ। तनहुँमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नं को जीप ऋषिङ गाउँपालिका–१ देउलीखोलामा कच्ची सडकबाट करीब ७० फिट तल खोलामा खस्दा जीपमा सवार व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । उनको दमौली अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी होमबहादुर श्रेष्ठ गम्भीर घाइते छन् । जीपले च्यापिएका उनलाई केही बेर अगाडी मात्रै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये मधुसुदन श्रेष्ठ र सन्तकुमार श्रेष्ठलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्यको दमौलीकै अस्पतालमा उपचार भइरहेको छ । ...
बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो
दुर्घटना, समाचार

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली किनारमा खस्यो

नेपाल अखबार, चितवन । काठमाडौंबाट बिरामी लिएर सर्लाहीतर्फ जाँदै गरेको एम्बुलेन्स पृथ्वी राजमार्गअन्तर्गत चितवनको ईच्छाकामना गाउँपालिका–३ पानीधारा भन्ने स्थानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई मंगलबार बिहान करिब सवा ५ बजे सडकबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका १ बस्ने २८ वर्षीय सरोज दाहाल, सर्लाहीको बरहथवा नगरपालिका–२ हजारिया बस्ने ५० वर्षीया दिलमाया रानामगर, सोही स्थानकै १५ वर्षीय बाधे रानामगर, २६ वर्षीया मेक कुमारी राना मगर र ३४ वर्षीय नरबहादुर मगर घाइते भएका छन् । घाइतेहरुमध्ये १५ वर्षीय बाधे रानामगरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुरतर्फ पठाइएको छ । दुर्घटनास्थलमा अस्थायी प्रहरी पोष्ट फिस्लि...
स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु
दुर्घटना, समाचार

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु

नेपाल अखबार,स्याङ्जा । स्याङ्जाको वालिङ  नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय  भानुभक्त गैह्रे र २२ वर्षीय  श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जनाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो । मृतक चापाकोट–९ का स्थानीयय हुन् । काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको एम्बुलेन्स बिहान करिब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना भएको थियो । एम्बुलेन्स सडकबाट करिब ३ सय मिटर तल खोँचमा खसेको छ । दुर्घटनामा परेर ३१ वर्षीया गर्भवती पवित्रा गैह्रे र चालक २५ वर्षीय सुरेन्द्र भण्डारी घाईते भएका छन् ।...