दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना
नेपालअखबार,दाङ। दाङको घोराहीबाट रोल्पा जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको माडी गाँउपालिका – १ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, सोही ठाउँकी–६० वर्षीया कौशिला वली, परिवर्तन गाउँपालिका–३ बागमाराकी २५ वर्षीया पवित्रा रोका मगरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए
त्यस्तै, माडी गाउँपािलका–२ घर्ती गाउँस्थित स्मृति हस्पिटलमा माडी– ३ तालाबाङकी २६ वर्षीया रेजिना रामिजाल, सोही ठाउँकी १४ वर्षीया पूर्णकला विक, १७ वर्षीया शर्मिला विक, १८ वर्षीया एलिशा घर्ती मगर, १७ वर्षीय मनोज विक, १४ वर्षीय नविन विक, माडी– ५ भावाङका २० वर्षीय विवेक घर्ती मगर र चालक रोल्पा नगरपालिका – ७ दाङवाङका २७ व...






