ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी
नेपालअखबार,ताप्लेजुङ। एकै परिवारका तीन जना र गाडी चालकसहित चार जनाको ज्यान जाने गरी सोमबार बिहान ताप्लेजुङमा भएको दुर्घटनाका मृतकहरूको शव सदरमुकाम फुङलिङ ल्याइएको छ।
फुङलिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बुले दिएको जानकारी अनुसार मृतक सबैको शव घटनास्थलभन्दा १२ किलोमिटर दक्षिण सदरमुकाम ल्याइएको हो।
ताप्लेजुङको फुङलिङ नगरपालिका-१० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा मृत्यु भएका तीन जना एकै परिवारका सदस्य हुन्।
ताप्लेजुङ प्रहरीका सूचना अधिकारी विवेक बस्नेतका अनुसार झापा भद्रपुर–८ स्थित अस्पताल चोकका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षकी श्रीमती सरिता पौडेल, उनीहरूकी छोरीतर्फकी नातीनी ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्यको मृत्यु भएको थियो। गाडी चालक फुङलिङ नगरपालिका–१० का दुर्गा भट्टराईको पनि मृत्यु ...





