Monday, May 25

खेलकुद

अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान
खेलकुद, विश्व, समाचार

अर्जेन्टिनाको जीतमा मेस्सीको कीर्तिमानै कीर्तिमान

नेपालअखबार, । मंगलबारसम्म जर्मनीका महान् खेलाडी लोथर माथाउस विश्वकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी थिए । अब यो कीर्तिमान उनले लियोनेल मेस्सीसँग साझा गर्नुपर्ने भएको छ । अर्जेन्टिना कतारमा जारी विश्वकपको फाइनलमा पुगेसँगै अब मेस्सीसँग सो कीर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ । सन् १९९८ देखि माथाउसको २५ खेलको कीर्तिमान कसैले तोड्न सकेको थिएन । उनले सन् १९८२ देखि १९८८ सम्म विश्वकप खेलेका थिए । यसबीच उनले सन् १९९० को विश्वकपको उपाधि समेत जितेका थिए । यता सन् २००६ बाट विश्वकप खेल्न थालेका मेस्सीको यो पाँचौँ विश्वकप हो ।  सन् २००६ मा ३ खेल खेलेका उनले सन् २०१० मा ५ खेल खेलेका थिए । सन् २०१४ मा फाइनलसम्म पुग्दा उनले ७ खेल खेले भने सन् २०१८ मा उनले ४ खेल मात्र खेल्न पाएका थिए । सन् २०२२ मा उनले ६ खेल खेलिसकेका छन् । मंगलबार राति क्रोएसियालाई हराउँदै मेस्सीले विश्वकपको उपाधि उचाल्ने दोस्रो म...
विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

नेपालअखबार, एजेन्सि। कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ। क्रोएसिया जारी विश्वकपमा अपराजित छ भने अर्जेन्टिना मूहको चरणको पहिलो खेलमै साउदी अरेबियासँग हारेको थियो । यस्तै अर्को सेमिफाइनल खेल मोरक्को र फ्रान्सबीच हुनेछ । यस खेल मंसिर २८ गते बुधबार मध्यराति पौने एक बजे हुनेछ । जारी विश्वकपको सरप्राइज प्याकेजको रुपमा रहेको मोरक्कोले विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्दै इतिहास रचिसकेको छ । मोरक्को पनि यस विश्वकपमा अपराजित छ । बेल्जियम र क्रोएसिया जस्तो टिम रहेको समूहमा विजेता बनेको मोरक्कोले नकआउट चरण...
नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका खड्कबहादुरलाई
खेलकुद, समाचार

नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका खड्कबहादुरलाई

नेपालअखबार, नेपालगञ्ज । आठौं नेपालगञ्ज म्याराथको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन् । उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् ।आर्मीकै नरेन्द्र सिंह रावत र मोहनदेव जोशी क्रमश: दोस्रो र तेस्रो भए । रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका हुन् । यस्तै, हाफ म्याराथनतर्फ बागमती प्रदेशकी  सन्तोषी श्रेष्ठ प्रथम भएकी छिन् । उनले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरिन् । भारतको देहरादुनकी अन्जली चौहान दोस्रो भइन् भने बागमतीकै अन्जु खड्का तेस्रो भइन् । चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्का ले एक घण्टा ३६ मिनेट ४५ सेकेण्ड लगाइन् ।...
आज विश्वकप फुटबल  क्वाटरफाइनलको अन्तिम दुई खेल
खेलकुद, विश्व, समाचार

आज विश्वकप फुटबल क्वाटरफाइनलको अन्तिम दुई खेल

नेपालअखबार । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ । दुवै टोली आज जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र  इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् । यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा
खेलकुद, समाचार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपाल कामीको ५० विकेट पूरा

नेपालअखबार, काठमाडौं । नेपाली तीव्र गतिका बलर सोमपाल कामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिवियासँग अहिले भइरहेको खेलमा २ विकेट लिएसँगै सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको ५० विकेट पूरा गरेका हुन् । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि सन् २०१८ को अगष्टमा पहिलोपल्ट नेदरल्याण्ड्ससँग शृंखला खेलेको थियो । त्यसयता ३० इनिङ्समा सोमपालले यो उपलब्धि हासिल गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने सोमपाल नेपालका दोस्रो खेलाडी हुन् । यसअघि पूर्वकप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ६९ विकेट लिएका छन् । सन् २०१९ को जनवरी २६ मा युएईसँगको शृंखलाका क्रममा सोमपालले ६.३ ओभर बलिङ गरी १ मेडन राख्दै ३३ रन खर्चेर ५ विकेट लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो ...
ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित
खेलकुद, विश्व, समाचार

ब्राजिली समर्थकको आग्रह– पेलेका लागि एकपल्ट विश्वकप जित

नेपालअखबार,काठमाडौं । विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न हजारौंको संख्यामा ब्राजिली समर्थकहरु यतिबेला कतारमा छन् । उनीहरु गाउँदै, नाच्दै आफ्नो टिमको हौसला बढाइरहेका छन् । तर, भित्री मनबाट आफ्ना ‘राजा’ पेलेको स्वास्थ्यका लागि मौन प्रार्थाना गरिरहेका छन् । ब्राजिलले जब दक्षिण कोरियालाई हराएर विश्वकपको नकआउट चरणमा प्रवेश पायो । त्यतिबेला समर्थकको एकमात्र आग्रह थियो– कृपया पेलेका लागि विश्वकप जित । पेले नामबाट विश्वभर परिचित एड्सन अरान्तेस डो नासिमेन्तो पेटको क्यान्सरबाट ग्रसित छन् । उनलाई स्वासनलीको संक्रमणका कारण गत साता अस्पताल भर्ना गरिएको छ । उनी ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा टिमका प्रमुख खेलाडी थिए । ‘हाम्रो लागि पेले राजा हुन्,’ हातले टाउकोको काल्पनिक राजमुकुटतर्फ इशारा गर्दै एक ब्राजिली समर्थक अर्लेमले भनिन्, ‘हामी उनलाई माया गछौं । उनी हाम्रा आदर्श हुन् । ...
रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता
खेलकुद, विश्व, समाचार

रामोस कतार विश्वकपको पहिलो ह्याट्रिककर्ता

नेपालअखबार, एजेन्सि। स्ट्राइकर गोन्कालो रामोस कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिककर्ता बनेका छन् । पोचुगल २१ वर्षे युवा स्ट्राइकर जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । बेन्फिकाबाट व्यवसायीक फुटबल खेलिरहेका रामोसको यो पहिलो विश्वकप हो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विस्थापित गर्दै प्लेइङ सेटमा स्थान बनाएका रामोसले ७४ मिनेट मैदानमा रहँदा तीन गोल गरेका थिए । बुधबार राति युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार अन्तिम आठमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरेका थिए । रामोसले १७ औं मिनेटमा जोआवो फेलिक्सको पासमा पहिलो गोल गरेका थिए । रामोसले डिएगो डालोटको पासमा दोस्रो व्यक्तिगत गोल ५१ औं मिनेटमा गरे । रामोसले ६७ औं मिनेटमा ह्याट्रिक पूरा ...
फिफा विश्वकप : आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदै
खेलकुद, विश्व, समाचार

फिफा विश्वकप : आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदै

नेपालअखार,काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरणका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह एफको विजेता मोरक्को र समूह ईको उपविजेता स्पेन बीचको खेल राति पौने ९ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ । ३६ वर्षपछि नकआउट चरण पुग्ने क्रममा अपराजित रहेको मोरक्कोले समूह विजेता बन्ने क्रममा बेल्जियम र क्यानडालाई हराएको थियो भने क्रोएसियासँग बराबरी खेलेको थियो । स्पेनलाई स्तब्ध पार्दै क्वाटरफाइनलमा पुग्ने मोरक्कोको लक्ष्य छ । उता स्पेनले कोस्टारिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो भने जापानसँग पराजित भएको थियो । यस्तै समूह एचको विजेता पोर्चुगल र समूह जीको उपविजेता स्वीटजरल्याण्डबीचको खेल लुसेस स्टेडियममा मध्यराति पौ...
१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने
खेलकुद, समाचार

१७ औं प्यावसन स्पोर्टस मिट यहि मंसिर २५ गतेबाट सुरु हुने

नेपालअखबार, पोखरा । ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित ‘१७ औं प्यावसन स्पोर्टस मिट २०७९’ यहि मंसिर २५ देखि २९ गते सम्म पोखरामा हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन, कास्कीले सोमबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी १७ औं संस्करणको प्यावसन स्पोर्टस मिट हुने भएको जनाएको हो । स्पोर्टस मिट अन्तर्गत कक्षा १ र १० सम्मका विद्यार्थीहरू बिच छात्र सिनियर तथा जुनियर फुटबल, छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा टेबल टेनिस, छात्र÷छात्रा एथलेटिक्सहरु आयोजना हुने प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । १७ औं संस्करणको प्यावसन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का...
आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी
खेलकुद, समाचार

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

नेपालअखबार,पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्पm एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणको बाटो खोले । अर्को खेलमा नेपालका आर्यन गिरीले भारतका धिरज रेड्डीलाई ७–६, ६–४ ले पराजित गरे । पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका पवन गणेशले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–४ ले पराजित गरे । भारतका श्रीनिखेत कन्दनले रसियाका फेडोर सोसेस्ड्किनलाई ६–२, ६–२ ले, भारतका भत्साल मणिकन्तनले भारतकै स्मित निलेशभाई पटेललाई ३–६, ६–२ र ६–३ ले, कोरियाका जिवन पार्कले भारतका देवर्शी सेनलाई ६–४, ६–० ले, मलेशियाका केजन केथ जोनाथनले भारतका विभु चलागुण्डलालाई ६...