आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी
नेपालअखबार,पोखरा । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्पm एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार अमेरिकन खेलाडी हानु पटेलले विजयी शुरुवात गरे । उनले भारतका निकिल दोसुजालाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणको बाटो खोले । अर्को खेलमा नेपालका आर्यन गिरीले भारतका धिरज रेड्डीलाई ७–६, ६–४ ले पराजित गरे ।
पुरुष एकलतर्फका अन्य खेलहरुमा भारतका पवन गणेशले नेपालका प्रणव मानन्धरलाई ६–२, ६–४ ले पराजित गरे । भारतका श्रीनिखेत कन्दनले रसियाका फेडोर सोसेस्ड्किनलाई ६–२, ६–२ ले, भारतका भत्साल मणिकन्तनले भारतकै स्मित निलेशभाई पटेललाई ३–६, ६–२ र ६–३ ले, कोरियाका जिवन पार्कले भारतका देवर्शी सेनलाई ६–४, ६–० ले, मलेशियाका केजन केथ जोनाथनले भारतका विभु चलागुण्डलालाई ६...










