Saturday, July 18

खेलकुद

विश्वकपमा बेल्जियमको विजयी सुरुवात
खेलकुद, विश्व

विश्वकपमा बेल्जियमको विजयी सुरुवात

नेपालअखबार, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको छ । जितपछि बेल्जियमले समूह एफमा ३ अंक जोडेको छ । बेल्जियमका लागि मिची बात्सुईले एक मात्र गोल गरे । उनले खेलको ४४औं मिनेटमा टोबी एल्डरवाएरल्डको पासमा गोल गरे । रोमेलु लुकाकु घाइते रहेकाले प्रशिक्षक रोबर्टो मार्टिनेजले बात्सुईलाई पहिलो रोजाइमा खेलाएका थिए । क्यानडाले खेलको ११औं मिनेटमै गोल गर्ने अवसर गुमाएको थियो । बेल्जियमका यानिक कारस्कोले बल ह्याण्ड गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर अल्फन्सो डेभिसले प्रहार गरेको पेनाल्टी बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले रोके ।...
साउदी अरेवियासँग हर्‍यो अर्जेन्टीना
खेलकुद, विश्व, समाचार

साउदी अरेवियासँग हर्‍यो अर्जेन्टीना

नेपालअखबार, एजेन्सि। विश्वकप फुटबलमाको पहिलो खेलमा अर्जेन्टिनाले हार ब्यहोर्यको छ । मंगलबार भएको खेलमा अर्जेन्टीना साउदी अरेवियासँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित हुन पुगेको हो । अर्जेन्टिनाका लागि खेलको १०औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको खेलको ४८ औं मिनेटमा साउदी अरेवियाका लागि सालेच अल्सेरीले बराबरी गोल फर्काए । खेलको ५३औं मिनेटमा साउदी अरेवियाका लागि सालेमले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए । जितसँगै साउदी अरेवियाले एक खेलबाट ३ अंक जोडेको छ । यता अर्जेन्टिनाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।...
यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह
खेलकुद, विश्व, समाचार

यस्तो हुनेछ कतार विश्वकपको उदघाटन समारोह

नेपालअखबार, काठमाडौं । आइतबार साँझ सबैको ध्यान कतारको अल खोरस्थित अल बायेट रंगशालामा केन्द्रित हुनेछ । जहाँ फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । आयोजक देशको विरासत र संस्कृति दर्शाउने सांस्कृतिक कार्यक्रमका साथै विश्वका प्रमुख गायक तथा कलाकारको प्रस्तुति विश्वकप उदघाटन समारोहको एक प्रमुख विशेषता रहँदै आएको छ । कतारले पनि यस्तै कार्यक्रमका साथ विश्वकपको सुरुवात अहिलेसम्मकै भव्य बनाउने अपेक्षा छ । फिफा विश्वकपको उद्घाटन समारोह कतारको स्थानीय समयअनुसार साँझ पाँच बजे (नेपाली समयअनुसार राती पौने ८ बने) देखि सुरु हुनेछ । कतार र इक्वेडरबीचको उदघाटन खेल कतारी समयअनुसार साँझ ७ बने (नेपाली समयअनुसार राती पौने १० बजे)देखि सुरु हुनेछ । पहिलोपल्ट एसियाको मध्यपूर्णमा हुन लागेको ऐतिहासिक फिफा विश्वकपको उद्घाटन समारोहमा प्रदर...
विश्वकप १९७८ : अर्जेन्टिनी सैन्य शासकको ‘हस्तक्षेप’को छाया
खेलकुद, विश्व, समाचार

विश्वकप १९७८ : अर्जेन्टिनी सैन्य शासकको ‘हस्तक्षेप’को छाया

नेपालअखबार,काठमाडौं । वर्षौंसम्म आयोजना अधिकारबाट बन्चित रहँदा र पटक पटक प्रतियोगिता बहिष्कार गरेपछि अर्जेन्टिनाले अन्तत: विश्वकप आयोजनाका लागि अवसर पाएको थियो । अर्जेन्टिनाका पूर्व राष्ट्रपति जुहान पेरोनको प्रख्यात हातको इसारालाई प्रतियोगिताको लोगो बनाइएको थियो । जसलाई तत्कालीन सैन्य नेतृत्वले परिवर्तन गर्न आदेश दिएको थियो । तर, चर्को आलोचना र कानूनी कठिनताका कारण परिवर्तन गर्न सम्भव भएन । आयोजक देशको नेतृत्वमाथिको आलोचना यतिमा मात्र सीमित थिएन ।उनीहरुलाई घरेलु टिमका लागि अनुकुल परिणाम र परिस्थिति बनाउन प्राविधिक व्यक्तिहरुमाथि हस्तक्षेप गरेको आरोप लागेको थियो । यो विश्वकपमा बेल्जियम, उरुग्वे र इंग्ल्याण्डजस्ता उपाधि दावेदार टिमहरु छनोटमै पराजित भए । इरान र ट्युनिसिया पहिलोपल्ट छनोट भए । नेदरल्याण्ड्सका योहान क्रुफ आफ्नो टिमलाई विश्वकप छनोट गराए पनि बार्सिलोनामा परिवारमाथि अपहरणक...
साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै
खेलकुद, विश्व, समाचार

साफ यू-१५ महिला च्याम्पियनसिप : नेपालले बंगलादेशसँग निर्णायक खेल खेल्दै

२५ कात्तिक, बंगलादेशको ढाका भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिपमा आज नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । बीएसएसएसएमके स्टेडियममा हुने उक्त खेल खेल्न मैदान उत्रँदा नेपालको राष्ट्रिय यू-१५ महिला टिमसामु ऐतिहासिक उपाधि जित्ने अवसर छ ।नेपालको सिनियर महिला टोलीले समेत अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जुनियर टिमहरु पनि बारम्बार चुक्दै आएका छन् । नेपालले बंगलादेशसँग खेल्दा उपाधि जित्ने लक्ष्य राखेको छ । समिकरण पनि स्पष्ट छ । बंगलादेशलाई हराएर वा बराबरी गरे मात्र पनि नेपालले उपाधि जित्नेछ । बंगलादेशले जित निकालेमा भने नेपाल उपविजेता हुनेछ ।नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यो प्रतियोगिता डबल राउण्ड रोविन लिगको आधारमा खेलाइएको छ । भुटान आफ्नो चारवटै खेलमा पराजित हुँदै अंकविहीन भएर घर फर्किसकेको छ । नेपालले खेलेको तीनवटै खेल जि...
विश्वकप खेल्ने अमेरिकाको टोली घोषणा
खेलकुद, समाचार

विश्वकप खेल्ने अमेरिकाको टोली घोषणा

नेपालअखबार, एजेन्सि। कतारमा आयोजना हुने विश्वकप फुटबलमा लागि अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा अमेरिका समूह ‘बी’ मा रहेको छ । अमेरिकाले पहिलो खेल नोभेम्बर २२ मा वेल्ससँग खेल्दै सुरु गर्नेछ । अमेरिका रहेको समूहमा इङ्ग्ल्यान्ड, इरान र वेल्स छन् । अमेरिकाको टोली ...
साविक विजेताले बहिस्कार गरेको दोस्रो विश्वकप, जुन विवादरहित भएन
खेलकुद, समाचार

साविक विजेताले बहिस्कार गरेको दोस्रो विश्वकप, जुन विवादरहित भएन

२३ कात्तिक,  चार वर्षअघि उरुग्वेमा निर्मित आधारलाई टेकेर फिफाले विश्वकप दोस्रो संस्करणको आयोजना अधिकार युरोपेली देशलाई दिने निर्णय गर्यो । इटलीलाई आयोजकका रुपमा चुनिए पनि छनोट प्रतियोगितामार्फत उसले सहभागिता निश्चित गरेको हो । छनोट खेल्ने इटली एकमात्र आयोजक राष्ट्र हो । १९३४ विश्वकपका लागि इटलीसहित ३२ देशले छनोट प्रतियोगितामा भाग लिएका थिए । तीमध्ये १६ टिम विश्वकपको मुख्य प्रतिस्पर्धाका लागि छानिए । फिफा विश्वकपको इतिहासमा पहिलो र एकमात्र उदाहरण यस्तो बन्यो कि साविक विजेता टिमले प्रतियोगिता बहिस्कार गर्यो । चार वर्षअघि आफ्नो देशमा प्रतियोगिता आयोजना हुँदा प्रमुख युरोपेली देशको अनुपस्थितिको रिस उसले दोस्रो विश्वकपमा देखायो । अर्जेन्टिना र ब्राजिलमात्र विश्वकपको प्रमुख स्पर्धाका लागि छनोट भएका थिए । तर, उनीहरु पहिलो चरणबाट माथि जान सकेनन् । क्वाटरफाइनलदेखि नै सबै युरोपेली दे...
न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा
खेलकुद, समाचार

न्युजिल्याण्डलाई हराउँदै पाकिस्तान टी-२० विश्वकपको फाइनलमा

२३ कात्तिक,  पाकिस्तान अष्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले फाइनलमा स्थान बनाएको हो । सिड्नीमा भएको सेमिफाइनलमा न्युजिल्याण्डले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गरेको हो । ओपनरद्वय मोहम्मद रिजवान र बाबर अजामले अर्धशतक प्रहार गरे । यो जोडीले पहिलो विकेटका लागि १०५ रनको साझेदारी गर्दै जितको आधार तया पारेका थिए । रिजवानले ४३ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५७ रन बनाए । कप्तान बाबरले ४२ बलमा ५३ रन बनाउने क्रममा ७ चौका प्रहार गरे । मोहम्मद ह्यारिसले २६ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३० रन बनाए । शान मसुद ३ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए । मिचेल सान्टनरले १ विकेट लिए । टस जितेर पहिले ब्याटि...
भलिबल संघको वार्षिक क्यालेण्डर: नेपाल सुपर लिग फागुनमा
खेलकुद, समाचार

भलिबल संघको वार्षिक क्यालेण्डर: नेपाल सुपर लिग फागुनमा

२३ कात्तिक, नेपाल भलिबल संघले २०७९ र ८० गरी दुई सिजनको एकमुष्ट वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । गत वर्ष नै सम्झौता भएर पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सन्चालन हुने भलिबल संघको वार्षिक कार्यक्रममा उल्लेख छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टसँग संघले गत वर्ष फ्रेन्चाइज भलिबल लिगका लागि सम्झौता गरेको थियो । यही कम्पनीले फुटबलतर्फ नेपाल सुपर लिगको पहिलो संस्करण आयोजना गरेको थियो । गत भदौमा निर्वाचित नयाँ कार्यसमितिले दुई वर्षको कार्यक्रम एकैपल्ट सार्वजनिक गर्दा केहि नयाँ कार्यक्रम पनि समावेश गरिएका छन् । नेपालले अर्को महिना उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाउँदैछ । डिसेम्बर तेस्रो साता बंगलादेशमा हुने यू–२३ एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपालमा खेलाडी छनोट भइरहेको छ । त्यस्...
विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा
खेलकुद, विश्व, समाचार

विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोली गोलकिपर :  एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो) डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल म्या...