Monday, May 25

खेलकुद

सय मिटर दौडमा निशाको कीर्तिमान
खेलकुद, समाचार

सय मिटर दौडमा निशाको कीर्तिमान

नेपालअखबार, पाेखरा । नवौं बृहत राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा  त्यो कीर्तिमान बनाएकी थिइन् । एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा उद्घाटन
खेलकुद, समाचार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पोखरामा उद्घाटन

नेपालअखबार,  पाेखरा। गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । शुक्रवार विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो । ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तालिका भएपनि अस्वस्थताका कारण उपराष्ट्रपति उपस्थित भएका हुन् । भव्यरुपमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले झण्डात्तोलन गरेका थिए । उद्घाटन समारोहमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायनलगायत आतिसबाजी गरिएको थियो । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि धकेलिएको प्रतिय...
आज नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन
खेलकुद, समाचार

आज नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन

नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ । उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन् । उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् । नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ । नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेल...
नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा मधेश र बागमती प्रदेशको विजयी सुरुआत
खेलकुद, समाचार

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा मधेश र बागमती प्रदेशको विजयी सुरुआत

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरु आजदेखी सुरु भएका छन् । प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सम्पन्न भएका दुई खेलमा मधेश प्रदेश र बागमती प्रदेशले विजयी सुरुआत गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई तथा बागमती प्रदेशले सुदुर पश्चिम प्रदेश माथि जित हासिल गरे । मधेशले आयोजक गण्डकी प्रदेशमाथि ४० रनको फराकिलो अन्तरको जित दर्ता गर्न सफल भयो । मधेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमात्र जोडन् सफल भयो । खेलमा टस जितेर गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो। गण्डकीका शिला क्षत्रीले सर्वाधिक दस रन जोड्नुभयो । ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै सात रन बनाउनुभयो । मधेशका अनुरा...
महिला फुटबल : ‘फाइनल जिंक्स’ तोड्न नेपाल असफल, १० फाइनल १० हार
खेलकुद, समाचार

महिला फुटबल : ‘फाइनल जिंक्स’ तोड्न नेपाल असफल, १० फाइनल १० हार

३ असोज, काठमाडौं । बंगलादेशलाई पराजित गरी घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि उचाल्ने नेपालको सपना फेरि पनि अधुरै भएको छ । संविधान दिवसका दिन १६ हजार समर्थकमाझ उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल बंगलादेशसँग ३–१ ले पराजित भयो ।नेपाली महिला फुटबलको ३६ वर्षे अन्तर्राष्ट्रिय इतिहासमा राष्ट्रिय टिम फाइनलमा पराजित भएको यो १० औं पटक हो ।नेपालले सन् १९८६ मा हङकङमा भएको एएफसी वुमन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रियस्तरमा डेब्यू गरेको हो । नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन च्याम्पियनसिप खेलेको थियो ।तर त्यसपछिको एक दशक नेपाली महिला फुटबल शुन्य अवस्थामै रह्यो ।सन् २०१० देखि साफ महिला च्याम्पियनसिप सुरु भयो र त्यही वर्ष दक्षिण एसियाली खेलकुद (साग)मा पनि महिला फुटबल समावेश गरियो । यही दुई प्रतियोगिताबाट नेपाली महिला फुटबलमा अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरेको हो । ...
साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्दै
खेलकुद, समाचार

साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्दै

नेपालअखबार २७ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गरेको थियो । समूह चरणको लयलाई कायम राख्दै फाइनल पुग्ने योजनामा नेपाल छ ।नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।यस खेलको विजेताले फाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।उता समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको श्रीलंकाले माल्दिभ्सलाई १-० ले हराएको थियो भने बंगलादेशसँग ५-१ ले पराजित भएको थियो ।आजै बंगलादेश र भारतबी अर्को सेमिफाइनल खेल पनि हुनेछ ।...
नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै
खेलकुद, समाचार

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

नेपालअखबार, पाेखरा । मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गरिएको थियो । प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणीन्द्र पौडेलका अनुसार प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ । ३६ खेल खेलाइने  नवौँ राष्ट्रि...
नवौं राष्ट्रिय खेलकुद : कास्कीमा भलिबल खेलाडी छनोट सम्पन्न
खेलकुद, समाचार

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा भलिबल खेलाडी छनोट सम्पन्न

नेपालअखबार, पोखरा  । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि कास्की जिल्ला भलिबल संघले महिला तथा पुरुष खेलाडी छनोट सम्पन्न गरेको छ । कास्की जिल्ला भलिबल संघले महिला र पुरुषतर्फ ९–९ जना खेलाडीसहित ४–४ जना बैकल्पिक खेलाडी रहेका छन् । छनोट खेलमा पुरुषतर्फ ३२ र महिलातर्फ २१ खेलाडीको सहभागिता रहेको संघका अध्यक्ष विष्णु गुरुङले जनाएका छन् । पुरुषतर्फ छनोट हुन सफल खेलाडीमा बलराम गुरुङ, विवेक सुनार, रमेश गुरुङ, आकाश घमाल, अमिश गुरुङ, पारसमान गुरुङ, सचिन नेपाली, सन्जोक गुरुङ र ज्ञानु परियार छन । पुरुष वैकल्पिकतर्फ बेल बहादुर परियार, विश्वास विक, मिलन विक र निरज घमाल रहेका छन् । त्यसै गरी महिलातर्फ ममता डंगौरा, सम्पदा गुरुङ, गंगा गुरुङ, क्रिश्चल बराम, जमुना गुरुङ, निशा भुजेल, सविना पौडेल, प्रम...
कास्कीबाट नवौंका लागि प्याराग्लाइडिङ खेलाडी छनोट सम्पन्न
खेलकुद, समाचार

कास्कीबाट नवौंका लागि प्याराग्लाइडिङ खेलाडी छनोट सम्पन्न

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन् । जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन् । छनोट हुन सफल मेन्स क्रस कन्ट्रितर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, शुसिल गुरुङ र शेर बहादुर गुरुङ रहेका छन् । सो इभेन्टमा आशिष थापा बैकल्पिक खेलाडीका रुपमा रहेका छन् । त्यसैगरी मेन्स एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । सो इभेन्ट...
नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट सम्पन्न
खेलकुद, समाचार

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उशुको छनोट सम्पन्न

नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उशको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको छनोट सम्पन्न हुने भएका हुन् । नवौका लागि अमृत गुरुङको कप्तानीमा दुई वैकल्पिक सहित १४ खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैञ्जु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदिप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन । त्यसै गरी बैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ रहेका छन् । त्यसै गरी महिला क्रिकेटतर्फ सृष्टी जैशीको कप्तानीमा १४ सहित ४ जना बैकल्पिक खेलाडी छनोट हुन सफल भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन् । छनोट हुन सफल खेलाडीहरुमा सिता रेग्मी क्षेत्री (उपकप्तान...