स्याङ्जा गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन
कविता घर्तीमगर, पोखरा । तनहुँको भिमादमा शनिबार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियन भएको स्याङ्जा यो पटक पनि १० स्वर्ण, ३ रजत र १० काश्यसहित शिर्षस्थानमा रहँदै च्याम्पियन हुन सफल भएको होे ।
यस्तै प्रतियोगितामा कास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्य पदकसहित तेस्रो हुन सफल भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ दिपाल बुढामगर र महिलातर्फ सुस्मिता थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदक प्राप्त गरेका हुन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी तेक्वान्दो संघको सहआयोजनामा हिजो देखि सुरु भएको प्रतियोगिताको आज समापन गर्दै भिमाद नगरपालिकाका नगरप्रमुख ददिराम सुवेदीले भ...










