कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबलः सेमिफाइनल समिकरण पूरा
नेपालअखबार, पोखरा। पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
बिहीबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा जीत निकाल्दै एन ए भेट्रान लेकसाइड, लेकसाइड पहेंलो, गार्डेन ‘ए’ र गण्डकी स्पोर्टस सेमिफाइनल प्रवेश गरे ।
अब उक्त सेमिफाइनलका खेल भोलि (शुक्रबार) हुने खेल संयोजक विषम पहारीले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेलमा एन ‘ए’ भेट्रान लेकसाइड र लेकसाइड पहेंलो बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल गार्डेन ‘ए’ र गण्डकी स्पोर्टसबीच प्रतिस्पर्धा हुनेछ ।
आज भएको पहिलो क्वाटरफाइनल खेलमा एनए भेट्रान लेकसाइडले लेकसाइड निलोलाई ६–० गोलले पराजित ग¥यो । एनए लेकसाइडको जीतमा ४ गोल गरेका कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच बने ।
यस्तै दोस्रो क्वाटरफाइनल खेलमा गार्डेन ‘ए’ ले सबिन...










