Monday, July 27

धर्म/संस्कृति

आज नागपञ्चमी पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज नागपञ्चमी पर्व मनाइँदै

नेपालअखबार, काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने विश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास गरिन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौँको नागपोखरी र टौदह...
इच्छाकामना मन्दिरको पुनः निर्माण सम्पन्न, भक्तजनका लागि खुला
धर्म/संस्कृति, समाचार, समाज

इच्छाकामना मन्दिरको पुनः निर्माण सम्पन्न, भक्तजनका लागि खुला

नेपालअखबार,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ। विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए। बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए। कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएक...
पाथीभरा मन्दिरको भेटी हिनामिनाको आशंका, छानबिन गर्न समिति गठन
धर्म/संस्कृति, समाचार, समाज

पाथीभरा मन्दिरको भेटी हिनामिनाको आशंका, छानबिन गर्न समिति गठन

नेपालअखबार, इलाम। इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, सहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन्। एक सदस्य रोङ गाउँपालिकाले तोक्ने बताइएको छ। रोङ गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो। पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।उनले सो समितिलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे। 'सत्यतथ्य बाहिर आउनुपर्...
गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोड नाघ्यो
धर्म/संस्कृति, समाचार, समाज

गलेश्वर मन्दिरको ११ महिनाको आम्दानी करोड नाघ्यो

नेपालअखबार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् । ‘गत वर्षको असारसम्म कोषको आम्दानी दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो’, उनले भनिन्, ‘चालु आर्थिक वर्षको हालसम्म एक करोड ५१ लाख एक हजार एक सय ३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा ४५ लाख ७९ हजार छ सय ३० खर्च भएको छ । मण्डप भेटी २४ लाख ७६ हजार चार सय ९९ र मेलापर्वको भेटी २६ लाख ९१ हजार छ सय ३८ आम्दानी भएको छ । आव २०७८/७९ मा ४० लाख ८५ हजार पाँच सय २२ भेटीसहित ९१ लाख ८२ हजार पाँच सय ६९ आम्दानी भएको थियो । यज्ञ दर्तामा चार लाख ३५ हजार छ सय दुई, यात्री ...
आज जनकपुरमा  जानकी नवमी मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज जनकपुरमा जानकी नवमी मनाइँदै

नेपालअखबार, जनकपुरधाम । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ । जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिए । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।...
इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा
धर्म/संस्कृति, समाचार, समाज

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

नेपालअखबार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताए । “गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ”, उनले भने, “चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ छ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखको काम भइरहेको बोहोराले बताए । पृथ्वी राजमार...
आज आमाको मुख हेर्ने पर्व
धर्म/संस्कृति, समाचार, समाज

आज आमाको मुख हेर्ने पर्व

नेपालअखबार, काठमाडाैं । आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ। आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन...
ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न
धर्म/संस्कृति, विदेश, समाचार, समाज

ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न

नेपालअखबार । संयुक्त राज्य अमेरीको न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले रमदानकाे शुभअवसरमा  रमदान मुवारककाे सन्देश दिदै इफ्तार कार्यक्रम सम्पन्न गरेकाे छ । ब्रोक्लिन चेम्बर अफ कमर्शकाे स्थापनाकाे  एक सय पाँच वर्षमा पहिलाे पटक इफ्तार पाटी गरेकाे छ । चेम्बरका अध्यक्ष रेन्डी पियर्सले रमदानकाे शुभकामना व्यत्त गरेका थिए । उत्त कार्यत्रममा न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले  अमेरिकामा रहेका  व्यापारी,  मिडिया  साथै पाकिस्तानका व्यापारीकाे उपस्थिति रहेकाे ब्रोक्लिन चेम्बर अफ कमर्शका बोर्डसदस्य शाहिद खानले  जानकारी दिए ।...
सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै

नेपालअखबार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रुपमा मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ । हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ । वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ । देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्...
न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै
धर्म/संस्कृति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै

नेपालअखबार, काठमाडाैं । अमेरिकाकाे न्यूयाेर्क शहरका  मेयर एरिक एडम्सले इफ्तार  डिनर गर्दैछन् । मेयर एरिकले न्यूयाेर्क शहर रहेका मुस्लिम समुदायका  आफ्ना  जनताहरू प्रति सम्मान व्यत्त गर्दै  एक दिन (राेजा) व्रर्त बसेका थिए । उनले भनेका थिए हामीले सबै धर्म रितिरिवाजकाे सम्मान गर्न सक्नु पर्छ । विश्वभरका मुस्लिम समुदायले मनाइ रहेकाे पवित्र पर्व रमदानकाे अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना यर एरिकले दिए । मेयर एरिकका अनुसार मैले स्वयम एक दिन भए पनि (राेजा) व्रर्त बसेर न्यूयाेर्क शहरका  मुस्लिम समुदायसंग याे पर्व मनाएकाे छु  । जनता माथि शासन चलाउने मात्र काम हाेइन मेरा जनताकाे मुटुमा पनि बस्नु छ । हामी बिच भाइचार कायम हुन आवश्यक रहेकाे मेयर एरिकले बताए । उत्त इफ्तार समाराेहमा करिब एक हजार नगरवासीकाे उपस्थित रहेकाे थियाे । इफ्तार डिनर समाराेह  अल  खाेइ फाउडेशनले आयाेजना गरेकाे थिया...