Saturday, June 27

धर्म/संस्कृति

इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान सुरु
धर्म/संस्कृति, समाचार, समाज

इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान सुरु

नेपालअखबार, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ । रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । रोजा बस्ने भनेको बिहान ३:४३ देखि बेलुका ६:५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरा...
वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा
धर्म/संस्कृति, समाचार, समाज

वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा

नेपालअखबार, काठमाडौँ । पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले रकमी तथा कर्मचारीलाई पगरी बाँध्ने काम पनि सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यसअघि अमालकोट कचहरीबाट बाजागाजासहित पशुपतिनाथका मूलपुजारी निवासमा गएका थिए । चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते काठमाडौँ उपत्यका देवीदेवतालाई पूजा आराधना गरी पशुपति क्षेत्रमा वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको उनले बताए । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । चैत्र कृष्ण अष्टमीक...
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
धर्म/संस्कृति, समाचार, समाज

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

नेपालअखबार, काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको छ ।  आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिएको हो । वत्सलेश्वरी जात्रा आजदेखि तीनदिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।  ...
पशुपतिनाथमा बिहान ३ बजेदेखि नै चारै ढोका खुल्ला
धर्म/संस्कृति, समाचार

पशुपतिनाथमा बिहान ३ बजेदेखि नै चारै ढोका खुल्ला

नेपालअखबार, काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पशुपतिमा बिहानदेखि नै भक्तजनको घुइँचो महाशिवरात्रिका अवसरमा पश...
हज यात्राका लागि निवेदन खुला
धर्म/संस्कृति, प्रशासन, समाचार

हज यात्राका लागि निवेदन खुला

नेपालअखबार, काठमाडाैं ।  काठमाडौं । नेपाल हज समितिले सन् २०२३ को हज यात्रामा जान चाहनेका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । साउदी अरबले सन् २०२३ (हज १४४४) का लागि नेपालबाट १२०० जना इस्लाम धर्मावलम्वीहरूले हज गर्न सक्ने गरी साउदी अरबले कोटा पठाएको छ । उक्त कोटामा हज गर्न इच्छुक नेपाली मुस्लिम धर्मावलम्बीहरूले नेपाल हज समितिको सचिवालयको वेव साइट nepalhajj.moha.gov.np मा रहेको हज आवेदन फारम डाउनलोड गरी गरी फारम भर्नु पर्नेछ । गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ । हज यात्राका लागि पहिलो किस्तावापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो स्थायी ठेगना रहेको जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्...
२०८० सालको विजया दशमी कात्तिकमा नै
धर्म/संस्कृति, समाचार, समाज

२०८० सालको विजया दशमी कात्तिकमा नै

नेपालअखबार, काठमाडाैं । वि.सं. २०८० सालमा हिन्दुहरुले मनाउने प्राय: सबै चाडपर्व १५-२० दिन पछाडि सरेका छन्। ८० सालको साउनमा अधिक मास परेकाले यस वर्षका चाडपर्व पछि सरेका हुन्। असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ। साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ। फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ। त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको  नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ढुंगेलका अनुसार यसरी असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ। यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५-२० दिन पछाडि धकेलिएको उनले बताए। सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत ८०...
कालीगण्डकीको देवशिला अयोध्यामा
धर्म/संस्कृति, मनोरञ्जन, समाचार

कालीगण्डकीको देवशिला अयोध्यामा

नेपालअखबार, अयोध्या (भारत) । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो । अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरे । ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए । शिलालाई बुधबार नै यहाँस...
केरलाको एक मन्दिरको सम्पती २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन
अर्थ, धर्म/संस्कृति, समाचार

केरलाको एक मन्दिरको सम्पती २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन

नेपालअखबार, एजेन्सि। भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले आरटीआईको जवाफमा उक्त जानकारी दिएको हो। मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्। यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो। द हिन्दू वेबसाइटका अनुसार एक अपीलपछि आरटीआईलाई मन्दिरले जवाफ दिएको हो। जवाफ अनुसार मन्दिरमा ६ हजार ६०५ किलो चाँदी, १९ हजार ९८१ सुनको लकेट र ५ हजार ३५९ चाँदीका लकेटहरू रहेको बताइएको थियो। यस मन्दिरको प्रमुख देवता भगवान गुरुवायुरप्पन हुन्, जसलाई बालगोपालन (भगवान क...
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

नेपालअखबार, काठमाडौं । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी थारु र मगर समुदायले विशेष रुपमा  मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । पर्वका अवसरमा काठमाडौं लगायत विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने ग...
मन्त्री खानंले नेपालबाट साउदी अरब जाने उम्रह यात्रीलाई विदाइ गरे
धर्म/संस्कृति, समाचार, समाज

मन्त्री खानंले नेपालबाट साउदी अरब जाने उम्रह यात्रीलाई विदाइ गरे

नेपालअखबार, काठमाडाैं । मन्त्री अब्दुल खानंले नेपालबाट साउदीअरब उम्रह गर्न जान लागेका तिर्थ यात्रीलाई शुभकामना साथै सम्मान गरेका छन् । मन्त्री खानले तिर्थ यात्रीहरुलाई आज काठमाडौंको पन्च काश्मीरी तकिया मस्जिदवाट ३७ जना उम्रह यात्रीलाई विदाई गरेका छन् । सम्पूर्ण उम्रह यात्रीहरुलाई तपाईको यात्रा सफल रहोस साथै नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिका लागि पवित्र धार्मिक स्थाल मक्कामा प्राथना गर्न मन्त्री खानले भने । संसद सेराज फारुकीले पनि सबै उम्रह यात्रीलाई बधाइ साथै शुभकामना दिए । उम्रह यात्री अनवार सिद्धिकीले ३७ जना नै बाके जिल्लावाट जान लागेको बताए । धार्मिक यात्रा २० दिनको रहने छ । यसलाई सानो हज समेत भन्ने गरिन्छ । हरेक वर्ष नेपालबाट मुस्लिम समुदायका व्यक्तिहरु तिर्थ यात्राका हज र उम्राहका लागि सायौ जाना जाने गर्छन् । हजमा यात्रामा कुर्बानी गरिन्छ भने उम्रह यात्रामा कुर्बानी गर...