पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह
नेपालअखबार , फुङ्लिङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा जोड दिएका छन् ।
धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिंदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।
फक्ताङलुङ गाउँपालिकाले कञ्चनजंघा क्षेत्रमा आउने पर्यटकहरुको लागि गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल रहेको छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थलहरु पर्दछ ।
उच्च...










