Tuesday, September 1

पर्यटन

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण
पर्यटन, समाचार, हाइलाइट-समाचार

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण

नेपालअखबार, काठमाडौँ । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छिन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए । “विश्वको दशौँ अग्लो शिखर अन्नपूर्ण हिमालको आरोहण गर्ने थानी पहिलो कतारी महिला बन्नुभएको छ”, उनले भने, “आस्मासहित अमेरिकाकी अन्ना गुटु र फ्रान्सकी अलस्डेयर स्कट म्याकेन्जीले पनि अन्नपूर्ण आरोहण गर्नुभएको छ ।” टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णलाई सफलतापूर्वक आरोहण गरेका छन् । राजकुम...
नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ
पर्यटन, समाचार, समाज

नयाँ वर्षमा बन्दीपुर आन्तरिक पाहुनाले भरिभराउ

नेपालअखबार, तनहुँ । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो ।  नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । नयाँ वर्षका अवसरमा बन्दीपुरमा सडक खाना महोत्सव आयोजना गरिएकाले पनि यहाँ पर्यटक तानिएका हुन् । “हिजो राति सबैले हर्षोल्लासका साथ नयाँ वर्षको स्वागत गरेका छन्, पाहुना भरिभराउ छन्”, पौडेलले भने, “दिउँसैदेखि पर्यटकको चहलपहल बढेको थियो । त्यसमध्ये बास बस्ने पर्यटकको सङ्ख्या अधिक थियो ।” हेरिटेज होटलका सञ्चालक किसान प्रधानले नयाँ वर्षमा बन्दीपुर पर्यटकले भरिएको जानकारी दिए । “बन्दीपुरको पर्यटन विस्तारै लयमा फर्किँदैछ, नयाँ वर्षमा आयो...
काठमाडाैं देखि पाेखरा जानका लागि यात्रु तथा पर्यटककाे पहिलाे राेजाइमा :  साैर्य एयरलाइन्स
अर्थ, पर्यटन, प्रविधि, समाचार, समाज

काठमाडाैं देखि पाेखरा जानका लागि यात्रु तथा पर्यटककाे पहिलाे राेजाइमा : साैर्य एयरलाइन्स

नेपालअखबार, काठमाडाैं । साैर्य एयरलाइन्समा पर्यटककाे आकर्षक बन्दै केहि समय पहिला देखि  पर्यटक नगरीमा काठमाडाैं देखि पाेखरा सम्मकाे नयाँ उडान सुरू गरेकाे थियाे । हरेक दिन  विहान साैर्य एयरलाइन्सले  काठमाडाैं देखि पाेखरा सम्मकाे गन्तव्य करिब १७ मिनेटमा नै तय गर्दै  आएकाे बताएका छन् । साैर्य एयरलाइन्सले  काठमाडाैं देखि पाेखराकाे दैनिकी दुइ सिफ्ट विहान र दिनमा उडान गर्दै  आएकाे छ । एयरलाइन्सका सेल्ल एण्ड मार्केटिङ प्रमुख  मुकेश खनालका आनुसार  प्रत्यक उडानमा  करिब ८० प्रतिशत सिट भरिने गरेका बताएका छन् ।  उत्त  एयरलाइन्समा  ५० सिट क्षमता  रहेकाे छ । खनालका अनुसार साैर्य एयरलाइन्समा अधुनिक क्षमता भएकाे नयाँ प्रविधिवाट बनेकाे एयरलाइन्स भए कै कारण दुर्घटनाकाे जाेखिक कम रहेकाे कारणले नै यात्रुहरू तथा पर्यटककाे आकर्षक तथा राेजाइकाे एयरलाइन्सका रूपमा  साैर्य एयरलाइन्स स्थापित भएकाे छ  । ...
संकटमा पोखराको पर्यटन व्यवसाय
पर्यटन, समाचार, समाज

संकटमा पोखराको पर्यटन व्यवसाय

नेपालअखबार, पोखरा । पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन् । अहिले उनीहरु व्यवसाय धान्न अन्य उपाय खोजिरहेका छन् । “हामी निकै उत्साहित भएर व्यवसायमा लगानी ग¥यौँ, भ्रमण वर्ष, अन्तर्राष्ट्रिय विमानस्थललगायतलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पूर्वाधारमा लगानी गर्यौँ तर काम नसकिँदै कोरोना देखियो र पर्यटन क्षेत्र ठप्प भयो”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने । त्यसपछि कहिले डेङ्गु, कहिले विमान दुर्घटना यस्तै–यस्तै कुराले पर्यटनले लय लिन नसक्दा र बैंक तथा वित्तीय संस्थाको ताकेताल...
सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्
पर्यटन, समाचार, समाज

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

नेपालअखबार, कमलामाई । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अग्र्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ । ...
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो
पर्यटन, समाचार, समाज

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

नेपालअखबार, मुस्ताङ । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो ।  मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिए । ‘सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,’ उनले भने, ‘थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।’ सन् २०२३ को मार्च महिनाभित्र  ११ दिनको अवधिमा एक हजार आठ सय ४४ विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्पाप जोमसोम शाखाले जनाएको छ । अङ्ग्रेजी वर्ष २०२३ सु...
ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित
पर्यटन, समाचार

ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

नेपालअखबार, काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा विस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । अहिले काठमाडौँको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउछन् । “लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुसी छाएको छ”, उन भने । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने ...
पर्यटक लोभ्याउँदै बाघको मूर्ति
पर्यटन, समाचार, समाज

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

नेपालअखबार, पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ । नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् । पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताए । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गर...
चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित
पर्यटन, समाचार, समाज

चट्टानको बनावट देखेर पर्यटक प्रफुल्लित

नेपालअखबार, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा रहेको ‘रक गार्डेन’को प्रचार गर्नसके पर्यटकीयस्थलको रुपमा विकास हुने देखिएको छ । प्राकृतिकरुपमा रहेको चट्टान आफैँ गार्डेनजस्तै बनेर बसेको छ । एक पटक हेर्न जाने मानिस चट्टानको बनाबाट र त्यहाँको वातावरण देखेर प्रफुल्लित हुन्छन् । चिसो वातावरण र छिटोछिटो परिवर्तन हुने मौसममा देखिने ढुङ्गाको बगैँचामा जाने मासिन आनन्दित हुने गरेका छन् । कलात्मकरुपमा मानिसले आफैँ सजाएर र योजनाअनुसार बनाएर राखेकोजस्तो देखिने ती चट्टान अनौठो प्रकृतिका रहेका छन् । सयौँ रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानलाई पर्यटकीयस्थलको रुपमा विकास र प्रचार गर्न सन्धिखर्क नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्न थालेको सन्धिखर्क नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । सो स्थलमा स्थानीय तथा आन्तरिक पर्यटक आउन थालेका छन् । पर्यटकको ...
पर्यटनबाट समृद्धि खोज्दै निसीखोला
पर्यटन, समाचार

पर्यटनबाट समृद्धि खोज्दै निसीखोला

नेपालअखबार, ढोरपाटन । समथर भू-भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुँन थालेको छ । एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियता देखाएको छ । पालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ । राष्...