औसत १३ दिन बस्छन् नेपाल आउने पर्यटक, घट्यो दैनिक खर्च
काठमाडौं । नेपाल आउने पर्यटक औसत १३.३ दिन बस्ने गरेको पाइएको छ ।
पर्यटन विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा पर्यटकको औसत बसाइ अवधि सामान्य बढेको हो । अघिल्लो आव २०८०/८१ मा १३.२ दिन औसत बसाइ थियो ।
गत आव अन्तिमसम्म ११ लाख २८ हजार पर्यटक नेपाल आएको विभागको तथ्यांक छ । जुन २०८०/८१ को तुलनामा सामान्य बढी हो । त्यसबेला ११ लाख १७ हजार पर्यटक आएका थिए ।
सरकारले १६ लाख पर्यटक आउने लक्ष्य लिए पनि पूरा भने भएन । पर्यटक आगमन र औसत बसाइ सामान्य बढे पनि पर्यटकले नेपालमा गर्ने दैनिक खर्च भने घटेको विभागको तथ्यांक छ ।
विभागका अनुसार गत आव अन्तिमसम्म प्रतिपर्यटक प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर छ । २०८०/८१ मा यस्तो खर्च ४१ डलर बराबर थियो ।
यस आवमा २८ अन्तर्राष्ट्रिय गन्तव्यसँग नेपाल जोडिएको छ । २०८०/८१ मा ३० गन्तव्यमा उडान जोडिएको थियो । यस वर्ष ग्रेट हिमालयन ट्रेलमा मात्र कुल ७५ किलोमिटर पदमार्ग ...










