Thursday, May 21

प्रदेश

खेलमैदान निर्माण सहयोगार्थ ओसन क्लबले शिवरात्रीमा सांस्कृतिक कार्यक्रम गर्ने
अर्थ, खेलकुद, प्रदेश ३, समाचार

खेलमैदान निर्माण सहयोगार्थ ओसन क्लबले शिवरात्रीमा सांस्कृतिक कार्यक्रम गर्ने

गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा निर्माणाधिन खेलमैदानको लागि आर्थिक संकलन गर्ने उदेश्यले साँस्कृतिक कार्यक्रम हुने भएको छ । हरेक वर्ष शिवरात्री पर्वको अबसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको द ओसन क्लबले यस वर्ष भने खेल मैदान निर्माण सहयोगार्थ कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । उक्त कार्यक्रम मार्फत संकलन भएको रकम कृत्रिम घाँसेमैदान सहितको रङ्गशालाको निर्माणमा खर्च गर्ने योजना रहेको क्वलका अध्यक्ष अमित खत्रीले जानकारी दिए । शिवरात्री पर्वको अवसरमा स्थानीय झाँकी प्रदर्शनी तथा ¥याली, अन्तरविद्यालय नृत्य प्रतियोगीतासँगै विविध सांस्कृतिक कार्यक्रम हुने क्लबले बताएको छ । उक्त कार्यक्रमका लागि ७ लाख ३५ हजार लागत अनुमान गरिएको छ । सो अबसरमा खेलमैदान निर्माणको प्रगतीका बारेमा जानकारी गराइएको थियो । २७ लाख भन्दा बढिको लागतमा सभेन ए साइडको फुटबल मैदान र प्रश...
११ बुँदे प्रस्ताव पारित गर्दै सकियाे नेकपा केन्द्रीय कमिटी बैठक, के छ प्रस्तावमा ?
प्रदेश ३, राजनीति, समाचार, हाइलाइट-समाचार

११ बुँदे प्रस्ताव पारित गर्दै सकियाे नेकपा केन्द्रीय कमिटी बैठक, के छ प्रस्तावमा ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ । समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो । बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको छ । आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय बैठकले गरेको छ । भवन बनाउनका लागि पार्टीका सम्पूर्ण सदस्यहरुको न्यूनतम एकदिनको तलव वा आम्दानी बराबरको सहयोग गर्न पनि बैठकले अपिल गरेको छ । नेकपाले पारित गरेका प्रस्ताव यस्ता छन्–...
गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

गोरखकाली र बुंकोटमा रेडक्रशको साधारणभा

गोरखा । नेपाल रेडक्रश सोसाइटी गोरखकाली उपशाखाको १९ औं साधारणसभा सम्पन्न भएको छ । उपशाखा सभापति नवराजभक्त उपाध्यायको अध्यक्षतामा भएको साधारणसभामा जिल्ला शाखाका सभापति भगवानबाबु मास्केको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपशाखाका सचिव सरद श्रेष्ठले बार्षिक रेडक्रश गतिविधी र कोषाध्यक्ष जनार्दन पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला शाखाका सभापति मास्के, गोरखा नगरपालिका ५ का वडाध्यक्ष रामकुमार थापा मगर, गोरखकाली उपशाखाका उपसभापति टेकबहादुर थापा मगर लगायतले मन्तब्य राखेका थिए । साधारण सभाकै अवसरमा उपशाखा र द्रब्यशाह युवा स्रोता समुहको संयुक्त आयोजनामा पश्चिमकाली मन्दिर पसिरको सरसफाई समेत गरिएको बताइएको छ । त्यस्तै शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेको बुंकोट उपशाखाको समेत १६ औं साधारणसभा सम्पन्न भएको छ । उपशाखाका सभापति मदन प्रसाद लम्सालक...
युथ फर नेशनले ग¥यो पशुपति क्षेत्रमा सरसफाई
धर्म/संस्कृति, प्रदेश ३, समाचार, समाज

युथ फर नेशनले ग¥यो पशुपति क्षेत्रमा सरसफाई

काठमाण्डौं । युवाहरुको संस्था युथ फर नेशनले पशुपति क्षेत्रमा सरसफाई सम्पन्न गरेको छ । हरेक हप्ताको सनिबार बिभिन्न क्षेत्रमा सरसफाई आयोजना गर्ने गरेको नेशनले यो हप्ता पशुपति क्षेत्रको सरसफाई गरेको जनाएको छ । करिब १५ जना युवाहरुको समुहले सनिबार बिहान सो क्षेत्रको सरसफाई गरेको नेशनका सल्लाहकार एवं प्रवक्ता सुलभराज बरालले जानकारी दिए । कार्यक्रममा अभियान्ता सरोज खड्का, भद्रगोल हास्य कार्यक्रममा काकु भनिने दिपक आचार्य र अनुमती नेपालीको समेत सहभागिता रहेको बरालले बताए । सो संस्थाले गत हप्ता समेत पशुपति क्षेत्रकै सरसफाई गरेको थियो । त्यस्तै आगामी हप्ताहरुमा भक्तपुर, बनेपा लगायतका धार्मिक एवं पर्यटकिय क्षेत्रहरुको सरसफाई गर्ने योजना रहेको प्रवक्ता बरालले सिभिलखबरलाई जानकारी दिए ।...
गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग
अर्थ, खेलकुद, प्रदेश ३, समाज, हाइलाइट-समाचार

गौतम बुद्धको नाममा निर्माणाधिन रंगशालामा मुस्लिम समुदायको सहयोग

गोरखा । चितवनका मुस्लिम समुदायले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग र श्रमदान गरेका छन् । चितवनका बिभिन्न स्थानमा रहेका ६ वटा मस्जिद ब्यवस्थापन समितिको पहलमा संलकन गरिएको रकम शुक्रबार रंगशालामा पुगेर फाण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई उनिहरुले हस्तान्तरण गरेका हुन । चितवनको नारायणगढमा रहेको बर्कातीया मस्जिद, मक्कि मस्जिद बेलचोक, भरतपूरको नुरी मस्जिद, न्यूरोडको मदनी मस्जिद, मनहरी मस्जिद र झनझने मस्जिदमा संलकन भएको २७ हजार १ सय ८५ रुपैया मुस्लिम समुदायले रंशाला निर्माण सहयोगका लागि हस्तान्तरण गरिएको बर्कातीया मस्जिद ब्यवस्थापन समितिका सचिव आजम खानले जानकारी दिए । ‘रंगशाला सबैको सम्पती हो, यो अभियानमा सहयोग गर्नु हामी सबैको दायित्व र जिम्मेवारी पनि हो’ सचिव खानले भने ‘बुद्धको नाममा बन्दै गरेको रंगशालामा...
छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !

मोहसिन अलि मियाँगोरखा । बिहानै झिसमिसेमा बजारसम्म दुध पु¥याउन जानु गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षिया मनमाया तामाङको दैनिकी थियो । टर्च लाइट बाल्दै तिन माना दुध झोलामा हालेर उनि बिहान ६ बजे गाउँ नजिकैको छेवेटार बजार पुग्ने गर्थिन । शुक्रबार पनि उनको दिनचर्या उस्तै गरी सुरु त भयो तर अन्त्य हुन पाएन । घाम नझुल्किदै घरबाट निस्केकी तामाङलाई दुध बोकेर बजार निस्कदा बाटोमै टिपरले किच्यो र घटनास्थलमै ज्यान गयो । घरै नजिक रहेको गोरखकाली क्रसर उद्योगको परिसरबाटै पैदल हिडेकी तामाङको ग १ ख ८०२७ नम्बरको टिपरले एकाबिहान ज्यान लिएको हो । उनका ३ छोरा र ३ छोरी छन् । २५ वटा सवारीमा आगजनी र तोडफोडएकाबिहानै क्रसरभित्र टिपरको ठक्करबाट तामाङको ज्यान गएको सुचना केहि समयमै गाउँमा फैलियो । एक्कासी घटनास्थलमा वरपरका झण्डै ५ सय मानिस भेला भए । घटनास्थलमा स्थानीय भेला मात्रै भएनन् एकैछिनमा क्रसरलाई रण...
टिपरको ठक्करबाट क्रसरभित्रै महिलाको मृत्यु (हेर्नुस ५ तस्विरमा ताजा अवस्था)
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

टिपरको ठक्करबाट क्रसरभित्रै महिलाको मृत्यु (हेर्नुस ५ तस्विरमा ताजा अवस्था)

गोरखा । टिपरको ठक्करबाट गोरखा नगरपालिका १० छेवेटारमा एक महिलाको ज्यान गएको छ । छेवेटार स्थित अमलापानी घर भएकी करिब ५२ बर्षिया मनमाया तामाङको टिपरको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहान दुध बेच्न हिडेकी तामाङलाई घर नजिकै रहेको गोरखकाली क्रसर उद्योग परिसरमा टिपरले किचेको थियो । हातमा टर्च लाइट बालेर छेवेटारमा दुध पु¥याउन जादै गरेकी उनलाई ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो । घटना लगत्तै आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् भने क्रसरमा रहेका झण्डै २० वटा टिपर, जेसिवी लगायत क्रसरको कार्यालयमा समेत तोडफोड गरेका छन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी, शसत्र प्रहरी खटाइएको छ । घटनामा ज्यान गुमाएकी तामाङको शव हालसम्म उठ्न सकेको छैन । घटना स्थलमा हाल ठूलो संख्यामा स्थानीयको उपस्थिती रहेको छ । ...
गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे

गोरखा । जिल्लामा पछिल्लो समय औषधी सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ । पछिल्लो तिन बर्षको तथ्यांकलाई केलाउदा औषधी प्रयोग गरेर गर्भपतन गराउनेको संख्यामा बृद्धि हुदै गएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । आर्थिक बर्ष २०७३/७४ मा ५ सय ८७ जनाले औषधी सेवन गरेर गर्भपतन गराएका थिए भने ७४/७५ मा सो संख्या बढेर ९ सय ९ पुग्यो । त्यस्तै ७५/७६ मा केहि घटेर ७ सय ६७ मा आयो । तर यस आर्थिक बर्ष २०७६/७७ को साउनदेखि कार्तिकसम्म ४ महिनामा मात्रै २ सय ५२ जनाले औषधी मार्फत गर्भपत गराएको तथ्यांकमा उल्लेख छ । जबकी अघिल्लो अर्थिक बर्ष साउनदेखि कार्तिकसम्म २ सय ३६ ले मात्रै औषधी सेवन गरेको रेकर्ड रहेको स्वास्थ्य कार्यालयका परिवार नियोजन निरिक्षक विरबहादुर श्रेष्ठले जानकारी दिए । यो तथ्यांक स्वास्थ्य कार्यालयमा सुरक्षित गर्भतनका लागि सुचिकृत भएका सरकारी २२ र मेरी स्टोप गरी २...
ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया

गोरखा । जिल्लामा सञ्चालित बिभिन्न क्षेत्रका ब्यवसायलाई सुदृढिकरण गर्न भन्दै सरोकारवालाबिच अन्तरकृया सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियाजनाको समन्वयमा सदरमुकाममा दुईदिने अन्तरकृया भएको हो । कार्यक्रममा गोरखा नगरपालिका लगायत बिभिन्न स्थानीय तहका ब्यवसायी तथा बैंक, वित्तिय क्षेत्रका गरी झण्डै ३० जनाको सहभागिता रहेको थियो । उत्पादन तथा सेवामुलक ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा ब्यवसायिक विकास, सुदृढिकरण, स्थायित्व, योजना निर्माणका बारे छलफल भएको थियो । त्यस्तै ब्यवसायमा नयाँपन, नयाँ शैली, लगानीको अवस्था, बजार र ग्राहकको विश्लेषण तथा चुनौती लगायतका बारेमा सरोकारवालाहरुबिच अन्तरकृया भएको हो । त्यस्तै कार्यक्रममा बैंक र ब्यवसायीबिच समन्वयको चुनौती, ऋण लगानी र समान बुझाई निर्माणका बिषयहरुमा समेत छलफल भएको बताइएको छ । दुई दिने अन्तरकृया कार्...
शहिद दिवशमा जेसीज र लियोले ग¥यो गोरखामा दिप प्रज्वलन
प्रदेश ४, समाज, हाइलाइट-समाचार

शहिद दिवशमा जेसीज र लियोले ग¥यो गोरखामा दिप प्रज्वलन

गाेरखा । शहिद दिवशका अवसरमा गोरखामा दिप प्रज्वलन भएको छ । गोरखा जेसीज गोरखा र लियो क्लब अफ गोरखाको संयुक्त आयोजनामा दिवशका अवसरमा गोरखाको हरमटारी चोकमा बिहिबार साँझ दिप प्रज्वलन भएको हो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि विक्रम सम्वत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठले आफ्नो प्राणको आहुती दिएको सम्झनामा र सम्मानका लागि कार्यक्रम आयोजना गरिएको गोरखा जेसीजका अध्यक्ष सुवास मल्लले बताए । कार्यक्रममा जेसीजका अध्यक्ष मल्ल, लियो क्लबका अध्यक्ष विदुरवल्लभ भट्टराई लगायतले बोलेको जेसीजका महासचिव शिवहरी तिमिल्सिनाले जानकारी दिए । कार्यक्रममा जिल्लाका नागरिक समाज, सामाजिक संघ संस्था लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।...