वीरगञ्जमा पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
इरफान अलि, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १÷१ जना डाक्टर रहेको मेसु उपाध्यायले जानकारी दिए ।
त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जन...
