Tuesday, April 21

प्रदेश ४

बागलुङका २७ सहित गण्डकी प्रदेशमा थपिए ३४ संक्रमित
प्रदेश ४, स्वास्थ्य

बागलुङका २७ सहित गण्डकी प्रदेशमा थपिए ३४ संक्रमित

नेपाल अखबार,  पाेखरा  । गण्डकी प्रदेशमा थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या आठ सय ८८ पुगेको छ। नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन्। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति जारी गरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा थप संक्रमण पुष्टि भएको जनाएका छन्। बागलुङको बडीगाड गाउँपालिकाका ६ पुरुष, बागलुङ नगरपालिकाका १७ पुरुष, बागलुङकै काठेखोला गाउँपालिकाका दुई महिला र दुई पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका दुई महिला, भानु नगरपालिकाका तीन पुरुष, व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरी र पर्वतको कुश्मा नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको हो। थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्तिः...
गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १६ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ८५४ पुग्यो

नेपाल अखबार, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको थप १६ नयाँ केस भेटिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार ५ बजेर २५ मिनेट जाँदा प्रेस विज्ञप्ति निकालेर यो जानकारी दिएको हो । योसँगै प्रदेशमा कूल संक्रमितको संख्या ८५४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारीअनुसार पोखरा महानगरपालिकामा ५ महिला, नवलपुरको देवचुली नगरपालिकामा ३ महिला, ३ पुरुषसहित ६ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्याङ्जाको भीरकोट गाउँपालिकामा २ पुरुष र गल्याङमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।...
स्याङ्जाका १२ महिने संक्रमित शिशु बुवा-आमासँगै दिल्लीबाट आएका थिए
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जाका १२ महिने संक्रमित शिशु बुवा-आमासँगै दिल्लीबाट आएका थिए

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा शनिबार बिहानमात्रै ३२ जना काेराेना संक्रमण थपिए ।   कोरोना संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी स्याङ्जाका थिए । उनीहरुमा १२ महिने शिशुसहित २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका शिशु अर्जुनचौपारी गाउँपालिकाका हुन् । उनी अहिले क्वारेन्टिनमै रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । कोरोना संक्रमित १२ महिने शिशु बुवा-आमासहित जेठ ३१ गते दिल्लीबाट नेपाल आएको पाइएको छ । गाउँ आएकै दिनबाट क्वारेन्टिन बसेकाले बाह्य सम्पर्क भने नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार शिशुको अवस्था अहिले सामान्य छ । ‘गाउँपालिकाले सीमामा रहेका आफ्ना नागरिकलाई उद्धार गरेको थियो । अहिले संक्रमित सबै भारतबाट आएका नै हुन्,’ उनले भने । संक्रमित शिशुको बुवा-आमालाई संक्रमण भए/नभएको भन्नेब...
हेमजा सडक खण्डको पिडिआर स्थानिय माझ सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन
प्रदेश ४, समाचार

हेमजा सडक खण्डको पिडिआर स्थानिय माझ सार्वजनिक गर्न कर्मचारीलाई निर्देशन

दीननाथ बराल, पोखरा । गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) ले कालोमोसो नलगाउने गरी काम गर्न निजामति कर्मचारी र सडक निर्माण कम्पनिलाई आग्रह गरेकाछन्। पोखरा २५ हेमजा स्थित मध्य पहाडी लोकमार्गमा पर्ने हेमजा सडक खण्डको शुक्रबार अवलोकन गर्दै सांसद बरालले गुणस्तरलाई ख्याल गरी राष्ट्रिय गौरवका योजनालाई बिषेश प्रथामिकता दिएर काम गर्न सुझाव दिदै स्थानियले कालोमोसो नलगाउने गरी काम गर्न कर्मचारी तथा सडक निर्माण कम्पनिलाई आग्रह गरेका हुन्। सांसद बरालले भने “राज्यका गौरवका योजनामा राष्ट्र सेवक कर्मचारीको बढी जिम्मेवारी हुन्छ, विकास निर्माणमा बिषेश ख्याल गर्नु पर्यो, काम गर्ने तौर तरिका अझै पुरानै शैलिको रहेको छ, यसरी लोकतान्त्रिक गणतन्त्र आएपछि हाम्रो सोच मानसिकतामा पनि परिवर्त हुनु पर्छ । ” शर्मा एण्ड कम्पनी, स्वच्छन्द÷एलिट जे.भि. कम्पनीले मध्य पहाडी लोकमार्ग अन्र्तगत हेमजा सडक खण्डको करिब १२ किलोमिटर...
गण्डकी कोरोना अपडेटः २५ जना थपिए, ९ जना निको भएर घर फर्के
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी कोरोना अपडेटः २५ जना थपिए, ९ जना निको भएर घर फर्के

नेपाल अखबार, पोखरा । शुक्रबार गण्डकी प्रदेशमा कोरोनाभाइरसका २५ नयाँ संक्रमित थपिएका छन् भने ९ जना निको भएर घर फर्केका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् । तनहूँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये तनहूँको ब्यास नगरपालिकामा २ पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकामा २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि, नवलपुरको गैडाकोटमा ७ पुरुष, कावासोतीमा १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ७९२ पुगेको छ । आज मात्रै ९ संक्रमित निको भएर घर फर्केका छन् । गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरि ९ संक्रमित निको भएर घर फर्केको निर्देशनाल...
तनहुँ र नवलपुरका थप १४ जनामा कोरोना पुष्टि
प्रदेश ४, स्वास्थ्य

तनहुँ र नवलपुरका थप १४ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका तनहुँ र नवलपुरका  ११ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बिहीबार दिउसो तनहुँका म्याग्दे गाउँपालिका  ७ जना पुरुष र २ महिला तथा  नवलपुर बिनय त्रिबेणी गाउँपालिका ४ जना पुरुष र १  महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय ६७ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।...
पोखराका ३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ७२९ पुगे
प्रदेश ४, स्वास्थ्य

पोखराका ३ सहित गण्डकीमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमित ७२९ पुगे

नेपाल अखबार, पोखरा । पोखराका ३  जना सहित गण्डकीमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । कास्की जिल्लाको पोखरा महानगरका १ पुरुष तथा २  महिला र मादी गाउँपालिकाका १/१ पुरुष तथा महिलासहित गण्डकी प्रदेशका ८  जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । बुधबार बिहान कास्कीका ५ जनासहित तनहुँका १ जना पुरुष , स्याङजाका ३० महिने बालिकासहित २ महिला तथा ५ जना पुरुष , बागलुङका ९ जना पुरुष , गोरखाका १ जना पुरुष, पर्वतका १  महिला , लमजुङका ४ पुरुष तथा १ महिला र नवलपुरका ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ७ सय २९ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।...
पोखराका ७ जना सहित गण्डकीमा १०४ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका ७ जना सहित गण्डकीमा १०४ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  पोखराका ७ जना सहित गण्डकीमा १०४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरका  ३ पुरुष र ४ महिलासहित गण्डकी प्रदेशका ७ जिल्लाका थप १०४ जनामा  कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मंगलबार बेलुका  कास्कीको पोखराका ७ जनासहित  तनहुँका १ जना पुरुष , स्याङजाका ११ जना पुरुष तथा २ महिला, बागलुङका ५ जना पुरुष तथा १ महिला , गोरखाका १० जना पुरुष तथा ८ महिला,  पर्वत १८ पुरुष तथा ३ महिला , नवलपुरका ३५ जना पुरुष तथा ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।  ...
दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा
प्रदेश ४, राजनीति, समाचार

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा

नेपाल अखबार, पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले  बताए । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र लाग्यो,’ गुरुङले भने, जता हेर्‍यो उतै भ्रस्टाचार छ । न काम गर्ने अधिकार छ । न समितिले अनुगमन गरेर केही गर्न सक्छ ।’ समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनले बताए । ‘विकास समितिले बाटो, पुल, क्रसरलगायतको अनुगमन गर्ने र निर्देशन मात्र दिने रहेछ । कारबाही गर्ने अधिकार छैन,’ प्रदेशसभा सदस्य गुरुङले भने, ‘कारबाही गर्ने निकायलाई ल यहाँ यसो भएको छ भनेर भन्यो, केही गर्दैन ।’ क्रसर र ठेक्कापट्टामा सबैको म...
स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जा र नवलपुरमा थपिए २० नयाँ संक्रमित, गण्डकीमा संक्रमित संख्या ५४० पुग्यो

नेपाल अखबार, पोखरा ।  स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेक...