प्रशिक्षकबिनै गण्डकीमा नवौं खेलकुदको तयारी
नेपालअखबार, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न गण्डकी प्रदेशमा शुक्रबारदेखि विशेष प्रशिक्षण सुरू भएको छ । पहिलो चरणमा पोखरासहित नवलपुर, बागलुङ, स्याङजा र गोरखामा विभिन्न १४ खेलको विशेष प्रशिक्षण सुरू भएको हो ।
विशेष प्रशिक्षणमा सहभागी खेलाडीलाई २० दिन बन्द प्रशिक्षणमा सहभागी बनाएर नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि छनोट गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । तर, नवौं राष्ट्रिय खेलकुदमा अधिकांश खेलका खेलाडी भने मुख्य प्रशिक्षकबिनै प्रशिक्षणमा भाग लिनेछन् ।
३६ वटा खेल समावेश गरिएको नवौं राष्ट्रियमा मुस्किलले ५ खेलमा मात्रै आधिकारिक प्रशिक्षक रहेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले बताए । शुक्रबार पोखरामा विशेष प्रशिक्षण उद्घाटन कार्यक्रममा उनले नेपालमै प्रशिक्षक उत्पादमा ध्यान नदिइएकाले त्यसको असर गण्डकीले पनि व्यहोर्नु परेको सुनाएका हुन्...










