Monday, September 21

प्रशासन

एसिडपीडितलाई निःशुल्क उपचार
प्रशासन, समाचार, स्वास्थ्य

एसिडपीडितलाई निःशुल्क उपचार

नेपालअखबार,  काठमाडाैं । सरकारले एसिड आक्रमणमा परेका पीडितलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए । पीडितले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार लिनसक्ने व्यवस्थासमेत गरिएको छ । सरकारले एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८ पारित गरेको छ ।...
सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टरसहित ६८ स्वास्थ्यकर्मी
प्रशासन, समाचार

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टरसहित ६८ स्वास्थ्यकर्मी

नेपालअखबार, काठमाडाैं । सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो। प्रहरी निरीक्षक (चिकित्सक) तर्फ २२ जना माग भएको छ। जसमा ११ जना खुलातर्फ माग भएको छ। यस्तै प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) तर्फ ४६ जना माग भएको छ। २५ जना खुलातर्फ माग भएको छ भने अरू समावेशीतर्फ छन्। प्रहरी निरीक्षक (चिकित्सक) का लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्छ भने प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) का लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनुपर्छ। साउन १३ गतेदेखि भदौ १२ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। दरखास्त सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखा हलचोकमा बुझाउनुपर्ने हुन्छ। सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) का लागि कम्तिमा एमबिबिएस उ...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ३४ जना उपसचिवको सरुवा
प्रशासन, समाचार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ३४ जना उपसचिवको सरुवा

नेपालअखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको छ । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो । उपसचिव सरुवा हुँदा धेरै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । हेर्नुहोस् सूची...
प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणमा माओवादीले उठायो प्रश्न
प्रशासन, समाचार

प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणमा माओवादीले उठायो प्रश्न

नेपालअखबार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमणबारे प्रश्न उठाएका छन् । प्रधानसेनापति प्रभुराम शर्माले एनुअल चिफ अफ डिफेन्स कन्फ्रेन्स’मा भाग लिन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलिया भ्रमण गर्ने तय भएको छ । तर माओवादी केन्द्रका सांसदहरुले भने यो सम्मेलन अमेरिकाको इण्डोप्यासिफक रणनीति (आईपीएस)सँग जोडिएको भन्दै प्रधानसेनापतिको भ्रमणमाथि प्रश्न उठाएका छन् । मंगलबार संसदको शून्य समयमा बोल्दै माओवादी सांसद अमृता थापा आईपीएस सम्मेलनमा भाग लिए परराष्ट्र नीति विपरीत हुने बताएन् ।अर्का सांसद अन्जना विशंखेले संसदबाट एमसीसी पास गर्दा नै नेपाल आईपीएसको अंग हुने छैन भनेर घोषणा गरिएको स्मरण गर्दै सरकारलाई प्रश्न गरेकी छन्, ‘यो निर्णयलाई लत्याएर सरकारले प्रधानसेनापतिलाई आईपीएसको सम्मेलनमा कुन हैसिततले पडायो ?’...
बुटवलमा पुनः जग्गाको लगत सङ्कलन सुरु, लगत्तै लालपुर्जा वितरण गरिने
प्रशासन, समाचार

बुटवलमा पुनः जग्गाको लगत सङ्कलन सुरु, लगत्तै लालपुर्जा वितरण गरिने

नेपालअखबार, बुटवल। बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत सङ्कलन सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत सङ्कलन थालिएको हो लगत सङ्कलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। “अहिले कुन जग्गा व्यक्तिको हो, कुन सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत सङ्कलनको काम हुन्छ”, उनले भने । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले जानकारी दिए । जग्गाको लगत सङ्कलनका लागि नगरले स्थानीयवासीसँग छलफल पनि थालेको छ । सोमबार बुटवल–१२ का बासिन्दाबीच छलफल गरिएको छ । कार्यक्रममा  राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दि...
विधेयक पास भए गैरआवासीय नागरिकले पाउने छन् यस्तो नागरिकता
प्रशासन, समाचार

विधेयक पास भए गैरआवासीय नागरिकले पाउने छन् यस्तो नागरिकता

नेपालअखबार, काठमाडाैं । सरकारले संसदमा पेश गरेको नागरिकता कानुनलाई संशोधन गर्ने विधेयकले गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ। संविधानमानै गैर आवासीय नागरिकता दिने प्रावधान अनुरूप सरकारले नागरिकता कानुन संशोधन गर्न लागेको हो। विधेयकले नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिलाउने नागरिकताको प्रस्ताव गरेको हो। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने प्रस्ताव विधेयकमा छ। गैर आवासीय नागरिकताका लागि पाँचवटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ। पहिलो, यस्तो नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण।  दोस्रो, पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण। तेस्रो, विदेशी मुलुकको नागरिकता लिएको प्रमाण। चौथो, दक्षिण...
वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता
प्रशासन, समाचार

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

नेपालअखबार, ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ। ज्येष्ठ नागरिक तथा शारीरिक अशक्तता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो। नयाँ आर्थिक वर्ष २०७९/८० को साउन २ गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ताको चालु आर्थिक वर्षको तेस्रो चौमासिक किस्ता पालिकाका सबै वडा कार्यालयमार्फत् वितरण गरिने छ। त्यसका लागि कार्यतालिकासमेत बनेर सार्वजनिक गरिसकेको गोम्देनले जानकारी दिए। पालिकाको केन्द्रमा रहेको बैंकमार्फत् सो भत्ता वितरण हुँदा सेवाग्राहीलाई आउनजान झन्झट हुने र भत्ता लिने क्रममा आउँदा–जाँदा अनावश्यक खर्चसमेत हुने भन्दै वडाबाट प्...
जबरजस्ती मुद्दाका फरार शिक्षक दश वर्षपछि पक्राउ
प्रशासन, समाचार

जबरजस्ती मुद्दाका फरार शिक्षक दश वर्षपछि पक्राउ

नेपालअखबार, चितवन। प्रहरीले जबरजस्ती करणी गरी फरार भएका एक शिक्षकलाई दश वर्षपछि पक्राउ गरेको छ। चितवन साविक गोरखा नगरपालिका-७ का ४५ वर्षीय भरत ढकाललाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए। उनी छेपेटार तारा उच्च माध्यामिक विद्यालयका शिक्षक हुन्। उनका अनुसार ढकाललाई शुक्रबार भरतपुर नगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो। ढकालले २०६९ साल चैत ३ गते मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौका पारी पीडितलाई जबरजस्ती करणी गरेको प्रहरी उपरीक्षक महतोले बताए। उच्च अदालत कास्कीले ढकाललाई पाँच वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउन आदेश दिएको थियो। तर उक्त फैसलापछि उनी फरार थिए। प्रहरीले उनलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेस गरेको जनाएको छ।...
आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय
प्रशासन, समाचार

आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

नेपालअखबार,  काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार मात्र हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर ढलेका उनलाई हृदयघात समेत भएको थियो । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उनको  निधनप्रति भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति शोक जनाएका छन् । ‘ पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दु:खद घडीमा जापानका जनता र शोक सन्तप्त परिव...
घुससहित सब-इञ्जिनियर पक्राउ
प्रशासन, समाचार

घुससहित सब-इञ्जिनियर पक्राउ

नेपालअखबार, वीरगञ्ज। सहरी विकास तथा भवन कार्यालय पर्साका सब-इञ्जिनियर रुपेशकुमार दुवेलाई प्रहरीले एक लाख ७० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका– १० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो। सव-डिभिजन वन कार्यालय वसन्तपुर र सव-डिभिजन वन कार्यालय मनवामा १७ लाख रूपैयाँको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्यांकन गरी दिने बहानामा ठेकदारबाट रकम लिँदै गरेको अवस्थामा दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए। पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ। मूल्यांकनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ। रासस...