Monday, November 9

प्रशासन

अझै पाँच हजार कैदीबन्दी कारागार बाहिर
प्रशासन, समाचार, समाज

अझै पाँच हजार कैदीबन्दी कारागार बाहिर

नेपालअखबार,काठमाडौँ । गत भदाै २३ र २४ गतेकाे जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदीबन्दी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन् । सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । ठुलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत फरार कैदीलाई...
पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने
प्रशासन, समाचार

पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने

नेपालअखबार, तनहुँ। पोखरा–मुग्लिन सडक खण्ड सोमबार राति दुई घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गर्दै सोमबार राति १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ । पोखरा-मुग्लिन सडक खण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिका–४ साँखर (डम्पिङ साइट क्षेत्र) मा पहिरो नियन्त्रण कार्यका लागि अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको प्रशासकीय अधिकृत सिर्जना रेग्मीले बताइन् । ‘पहिरो नियन्त्रणका लागि एसआरटी अध्ययन गर्नुपर्ने भएकोले सो अवधिभरि सडकमा यातायात सञ्चालन गर्न मिल्दैन, त्यसैले यातायात बन्द गर्न लागेका हो,’ उनले भनिन् ।सो अवधिभर यातायात सञ्चालन नगरेर सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय तनहुँले पनि आग्रह गरेको छ ।...
काठमाडौंका विभिन्न स्थानमा भेला प्रदर्शन गर्न निषेध
प्रशासन, समाचार

काठमाडौंका विभिन्न स्थानमा भेला प्रदर्शन गर्न निषेध

नेपालअखबार,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी भेला नहुनसमेत भनिएको छ। विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी जस्ता उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने र आपसी मुठभेड, भिडन्त एवम हुलदङ्गा वा अशान्ति हुनसक्ने आदेशमा उल्लेख छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ बमोजिम राष्ट्रपति कार्यालय शीतल निवासलगायतका क्षेत्रहरुमा आजदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, सामाखुशी जा...
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
प्रशासन, समाचार

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

नेपालअखबार,पर्वत । गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट भएको छ । गत आर्थिक वर्ष विसं २०८१–०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी नेपालमै उत्कृष्ट स्थान हासिल गरेको हो । एक सय पूर्णाङ्कको नतिजामा पर्वत प्रशासनले ९५ दशमलव ७१ अङ्क प्राप्त गरी नेपालमै पहिलो बनेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष विसं २०८१–०८२ को पहिलो त्रैमासिकमा २९ दशमलव ०६, दोस्रो त्रैमासिकमा १९ दशमलव २५, तेस्रो त्रैमासिकमा १७ दशमलव ८७ र चौथो त्रैमासिकमा २९ दशमलव ५२ अङ्क प्राप्त गरेको थियो । गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौतामा तोकिएका मापदण्डहरूमा पूर्ण रूपमा सम्पादन गरिएको मन्त्रालयको नतिजाले पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन क...
तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह
अर्थ, प्रशासन, समाचार

तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि बैङ्किङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैङ्किङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ ।...
जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण
प्रशासन, समाचार

जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण

नेपालअखबार,काठमाडौँ । जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण दिएको छ। युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, 'सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो।' उनका अनुसार त्यतिबेला अवस्था अत्यन्तै तनावपूर्ण थियो र आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएका थिए। 'तर सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रण उपाय अपनाएको थियो,' थापाले भने। सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए। २/२ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको उनले जनाए। थापाले भने कुनै पनि नागरिकमाथि प्रत्य...
भारतीय सेना प्रमुख र नेपाली सेनाका लेफ्टिनेन्ट जनरलबिच भेटवार्ता
प्रशासन, समाचार

भारतीय सेना प्रमुख र नेपाली सेनाका लेफ्टिनेन्ट जनरलबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । भारतीय सेना प्रमुख उपेन्द्र द्वीवेदी र नेपाली सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप जङ्गबिच द्विपक्षीय भेटवार्ता भएको छ । भारतमा आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय सेना योगदानकर्ता देश प्रमुखहरूको सम्मेलन २०२५ लाई सम्बोधन गर्न त्यहाँ पुगेका जनरल जङ्ग र भारतीय सेना प्रमुख द्वीवेदीबिच शुक्रबार साइडलाइन वार्ता भएको हो । दुई जनाबिच भएको छलफलमा रक्षा सहयोगलाई सुदृढ पार्ने, संयुक्त प्रशिक्षण कार्यलाई अगाडि बढाउने र संयुक्त राष्ट्र शान्ति स्थापना कार्यको सहकार्यलाई प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको भारतीय सेनाले जनाएको छ । भेटमा दुवै पक्षले नियमित रक्षा संवाद र संस्थागत आदानप्रदानप्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याउँदै दुई छिमेकी देशका सेना बिचको स्थायी साझेदारी र साझा मूल्यहरूलाई कायम राख्ने प्रतिबद्धता जनाइएको बताइएको छ ।...
नेपाल प्रहरीले ८५ वटा गाडी किन्न आह्वान गर्‍यो टेण्डर
प्रशासन, समाचार

नेपाल प्रहरीले ८५ वटा गाडी किन्न आह्वान गर्‍यो टेण्डर

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्नका लागि टेण्डर आह्वान गरेको हो। सूचनाअनुसार प्रहरीले पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअफ गाडी खरिद गर्न लागेको हो। टेण्डरदाताले ९ कात्तिक (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन सक्ने छन्। विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र नेपाल प्रहरी प्रधान कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ। प्रहरीका अनुसार टेण्डरहरू १४ कात्तिक (३१ अक्टोबर) मा अपराह्न २ बजे खोलिने छन्। टेण्डरहरू बैंक ग्यारेन्टीसहित पेस गर्नुपर्ने र उक्त ग्यारेन्टी टेण्डर वैधता अवधि भन्दा ३० दिन बढीको हुनुपर्ने उल्लेख गरिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा प्रहरीको गाडी जलाइदिएका थिए। ‍त्यसपछि गठन ...
जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ
प्रशासन, समाचार

जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ

नेपालअखबार,पोखरा । जेनजी आन्दोलनमा भागेका ८१ कैदीबन्दीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । आन्दोलनका क्रममा कारागारमा भएको तोडफोड र आगजनीका बेला ७ सय ७३ जना कैदीबन्दी (सबै) भागेका थिए । उनीहरूलाई असोज २० गते भित्रमा स्वतःस्फूर्त फर्किन जिल्ला प्रशासनले म्याद दिएको थियो । प्रशासनको अपिलको बाबजुद कैदीबन्दी तथा थुनुवाहरु स्वतःस्फूर्त कारागार नफर्किएपछि कास्की प्रहरीले पक्राउ गरेर कारागारमा बुझाउन थालेको हो । प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका १६ जना, लागू औषध मुद्दाका १६ जना, चोरी मुद्दाका २५ जना, कर्तव्य ज्यान मुद्दाका ८ जना, ज्यान मार्ने उद्योग मुद्दाका ९ जना, अभद्र व्यवहार मुद्दाका ४ जना, सवारी अङ्गभङ्ग मुद्दाका १ जना, कुटपिटबाट अङ्गभङ्ग मुद्दाका– १ जना र मानव बेचबिखन मुद्दाका १ जनालाई पक्राउ गरेर कारागारमा बुझाएको हो । कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अ...
जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ
प्रशासन, समाचार

जेनजी आन्दोलन क्रममा फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

नेपालअखबार,काठमाडौं । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन्। त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरूष र १० जना महिला छन्। प्र...