Monday, June 1

प्रशासन

सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण गर्ने ३ जना पक्राउ
प्रशासन, समाचार

सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण गर्ने ३ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आक्रमणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले  बताए । ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख २ मा राति लालबन्दी नजिकै आक्रमण भएको हो । उनको निधार र टाउकोमा ७ वटा टाँका लगाइएको छ । आक्रमणमा संलग्न आरोपमा स्थानीय अर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् । आक्रमणमा संलग्न ४ जना फरार छन् । स्थानीय राजेन्द्र महतो लालबन्दीस्थित आफ्नो खेतमा पानी पटाएर फर्किँदै थिए । मोटरसाइकलमा आएका महतोलाई युवाहरूले रोकेपछि विवाद भएको थियो । विवादको बिचमा आफूलाई आक्रमण गरेपछि महतोले सांसद साहलाई फोन गरेर बोलाएका हुन् । दुवै पक्षको बिचमा विवाद बढेपछि झगडा हुँदा पूर्व सांसद साहसहित निकेश साह, रवि पासवान र राजेन्द्र महतो घाइते भएका छन् । सांसद साहको सुरुमा ...
बुधबारदेखि उपनिर्वाचन आचारसंहिता लागु गर्ने
प्रशासन, समाचार

बुधबारदेखि उपनिर्वाचन आचारसंहिता लागु गर्ने

नेपालअखबार,काठमाडौँ । बुधबारदेखि उपनिर्वाचनको आचारसंहिता लागु गर्ने निर्णय भएको छ । निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभर आचारसंहिता लागु गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुँदैछ । क-कसलाई लाग्छ आचारसंहिता ? (क)    नेपाल सरकार र नेपाल सरकारका मन्त्री, (ख)    प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, (ग)    संवैधानिक निकाय र सो निकायका पदाधिकारी, (घ)    नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, (ङ)    स्थानीय कार्यपालिका र सोका सदस्य, (च)    सङ्‍घ, प्रदेश र स्थानीय त...
सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यू आदेश
प्रशासन, समाचार, समाज

सुनसरीका पाँच स्थानीय तहमा कर्फ्यू आदेश

नेपालअखबार,सुनसरी । सुनसरीको हरिनगरमा झडपपछि प्रशासनले जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू  आदेश जारी गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत् जारी गरेर कर्फ्यू आदेश जारी गरेका हुन्। सुनसरीको भुटाहामा दुई समूहबीचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यू लगाइएको हो। घटनास्थलमा  प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए।...
ढोरपाटनमा सिकार पर्यटन याम, दर्जन सिकारीलाई अनुमति
प्रशासन, समाचार

ढोरपाटनमा सिकार पर्यटन याम, दर्जन सिकारीलाई अनुमति

नेपालअखबार, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ । यस वर्षको दोस्रो सिकार याम सुरु भएसँगै केही विदेशी सिकारी सिकार खेलेर फर्केका छन् । केही सिकारी आरक्षभित्र सिकार खेल्न व्यस्त छन् भने केही सिकारी आउने क्रममा छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाखका लागि ११ नाउर र सात झारलको सिकार गर्न अनुमति दिएको थियो । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो सिकार याममा ११ नाउर र सात झारलको सिकार अनुमति दिएकामा केही सिकार भइसकेको बताए । आरक्षले दोस्रो याममा चार बँदेलको सिकारका लागिसमेत अनुमति दिएको छ । कँडेलका अनुसार अनुमति पाएका सिकारीले नाउर, झार...
इलाम उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत
प्रशासन, समाचार

इलाम उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत

नेपालअखबार, काठमाडाैं। निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ। निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै  अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा  खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ। इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा आठ सय ९४ जना ...
पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मरे तीन बाघ
प्रशासन, समाचार, समाज

पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मरे तीन बाघ

नेपालअखबार, चितवन। पछिल्लो केही महिनाको अवधिमा पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीन बाघको मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र पर्साको ठोरीबाट उद्धार गरी ल्याइएका एउटा पोथी र दुई वटा भाले बाघ मरेका हुन्। बाघको मृत्युसँगै पर्सा राष्ट्रिय निकुञ्जको खोर खाली भएको छ। पछिल्लो पटक गत असार २३ गते चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी ल्याइएको आठ वर्षको वयस्क भाले बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ। केही दिनदेखि बिरामी परेको बाघलाई खोरमा आहार दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष र भगतले जानकारी दिए। दुई महिनाअघि पर्सा राष्ट्रिय निकुञ्जको खोरमै राखिएको दुई बाघको मृत्यु भएको थियो। दुई बाघ राख्न सक्ने क्षमता रहेको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा तीन वटा बाघ राख्दा अत्यन्तै दुर्गन्ध फैलिएको र साँघुरो...
८ महिनामा ५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति
प्रशासन, समाचार

८ महिनामा ५८९ विदेशी नागरिकले नेपालमा काम गर्न लिए श्रम स्वीकृति

नेपालअखबार, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ८ महिनामा नेपालमा काम गर्ने उद्देश्यले ५८९ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार फागुनसम्म सो संख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् । फागुन महिनामा मात्र २९ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनसम्म गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरणको संख्या ८५० पुगेको छ । फागुनमा मात्र ६३ जना विदेशी कामको नेपालमा श्रम स्वीकृति नवीकरण भएको थियो । विभागले नेपालमा काम गरिरहेका विदेशी नागरिकले श्रम स्वीकृति लिएको वा नलिएको सम्बन्धमा अनुगमन समेत गर्ने गरेको छ । ८ महिनामा कुल २८ वटा प्रतिष्ठानमा यस्तो अनुगमन भएको तथ्यांक विभागको छ । फागुनमा मात्र ३ वटा प्रतिष्ठानमा अनुगमन गरिएको थियो । ८ महिनामा एउटा ट्रेड यूनियन महासंघ दर्ता भएको छ । एउटा महासंघ नवीकरण भएको विभागले जनाएको छ । ट...
कीचकवध उत्खनन गर्दा भेटियो २२ सय वर्षअघिका पाँचवटा भवनको संरचना
प्रशासन, समाचार, समाज

कीचकवध उत्खनन गर्दा भेटियो २२ सय वर्षअघिका पाँचवटा भवनको संरचना

नेपालअखबार, झापा। भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो। पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको जानकारी दिए। उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए। पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताए। ‘अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ,’  उनले भने। उनले ह...
एसपीमा बढुवाका लागि ८ जना सिफारिस
प्रशासन, समाचार

एसपीमा बढुवाका लागि ८ जना सिफारिस

नेपालअखबार, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा आठ जना बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ्ग, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे सिफारिस भएका छन् । विगत १० महिनाको अवधिमा नेपाल प्रहरीमा एसपीका ८ पद नै रिक्त थिए । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने भए पनि १० महिना सम्म पद रिक्त हुदा उम्मेदवारहरु मर्कामा परेका थिए । एसपीका रिक्त ८ पदका लागि १२ जना प्रतिस्पर्धामा थिए । तर प्रतिस्पर्धीहरुमध्ये प्रदीपकुमार क्षेत्री, नारायण रञ्जितकार, एकनारायण कोइराला र अनन्तराम शर्मा भने बढुवा सिफारिसमा परेनन् । हेर्नुहोस् बढुवा सिफारिस समितिको सूचना-...
९० बर्षदेखि हराएका धार्मिक, सांस्कृतिक र सामाजिक संरचना पुनरुत्थान गर्दै वडा नं. ८
प्रशासन, समाचार

९० बर्षदेखि हराएका धार्मिक, सांस्कृतिक र सामाजिक संरचना पुनरुत्थान गर्दै वडा नं. ८

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले शताव्दीअघि हराएका धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना पुनरुत्थान गरिरहेको छ । यस क्रममा नवाली टोल ताम्रेश्वर मन्दिर नजिक सडक निर्माणबाट पाताल भएको इनार उत्खनन र पुनरुत्थान भइरहेको छ । यः पुखु पुनरुत्थान भइरहेको छ । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘सामाजिक परम्परा, पुराना तस्विर, पाका मानिसहरुको स्मृति, लिखित प्रमाणजस्ता विभिन्न स्रोतका आधारमा पुनरुत्थान थालेका हौँ । प्राचीन महत्वका यस्ता संरचना पुनरुत्थान गरेर मात्र काठमाडौँ सांस्कृतिक सहर हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘नासिएका, हराएका, मेटिएका मौलिक सम्पत्ति जोगाएर मेरो भनेर गर्व सक्ने अवस्था बनाउने दृढता लिएर काम गरिरहेका छौँ ।’    अभियानको पहिलो चरणमा पशुपति क्षेत्रको बाहिरी भागमा भएका यस्ता संरचनाको खोजी भइरहेको छ । यस...