Thursday, July 30

प्रशासन

बक्यौता नतिरेको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली
प्रशासन, समाचार

बक्यौता नतिरेको भन्दै प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

नेपालअखबार, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो। प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ तिर्न बाँकी छ। त्यस्तै सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ। प्राधिकरणले शनिबार पनि बक्यौता नतिर्ने चार उद्योगको बिजुली काटेको थियो। जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको हो।...
काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने
प्रशासन, समाचार, समाज

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

नेपालअखबार, मोरङ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए । सडक क्षेत्रबाट ३५ मिटर क्षेत्र भित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने उनले बताए । डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रम...
विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन
प्रशासन, समाचार

विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो । डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको हो । काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए । विगतमा विद्यालयमा अनुशासन कायम गराउने नाममा डीआई राख्ने गरिन्थ्यो । सरकारले उक्त विषयमा परिपत्र गर्दै नराख्न निर्देशन जारी गरेको थियो । त्यसका वावजुद केही निजी विद्यालयहरूले डीआई राख्दै आएका छन् । ड...
सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले लिए शपथ
प्रशासन, समाचार

सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले लिए शपथ

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । पद तथा गोपनीयताको शपथ लिनुहुने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल हुछन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनीहरुलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए । बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।...
पाेखरा घुम्न आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट, २ महिला र ३ पुरुष पक्राउ
प्रशासन, समाचार

पाेखरा घुम्न आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट, २ महिला र ३ पुरुष पक्राउ

नेपालअखबार, पोखरा । पोखरा घुम्न आएका पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट भएको छ । पृथ्वीचोकमा रहेको बसपार्कमा महिलालाई प्रयोग गरेर एकान्तमा लैजाने र पुरुषहरूले लुटपाट गरेर भाग्ने गरेको प्रहरीले जनाएको छ । हनी ट्र्यापमा पार्ने २ महिला र ३ पुरुष पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारेर होटेल लैजाने भन्दै एकान्तमा लगेर लुटपाट गरिएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धान अघि बढाइएको छ । उनीहरुले मोबाइल र नगद तथा सुनहरू लुट्ने गरेका छन् । पक्राउ पर्नेमा पोखरा २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन घर भई पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, लमजुङको बेंशीसहर घर भई पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय योगेश गुरुङ, पोखरा ९ कै १९ वर्षीय मञ्जु नेपाली र सोही ठाउँकी १९ वर्षीय सम्झना परियार छन् ।उनीहरूलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा...
पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज
प्रशासन, समाचार

पशुपति क्षेत्र विकास कोषका १०० भन्दा धेरै सल्लाहकार खारेज

नेपालअखबार,काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ । बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको बताइएको छ । राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका १०० बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ । परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री–वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको छ ।...
कास्कीमा विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ
प्रशासन, समाचार

कास्कीमा विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ

नेपालअखबार, पाेखरा । कास्कीमा  विभिन्न मुद्दाका ५५ जना अभियुक्तहरू पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ । गत बैशाख देखि मंसिर महिना सम्म  जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता भई फरार रहेका ४४ जना (पुरुष २९ जना र महिला १५ जना) अभियुक्तहरूलाई पक्राउ गरेकाे छ । अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको र अन्यत्र जिल्लामा मुद्दा दर्ता भई यस जिल्लामा बसोवास गर्ने ११ (पुरुष ८ जना र महिला ३ जना) अभियुक्तहरुलाई समेत पक्राउ गरी सम्बन्धित जिल्लामा अनुसन्धानको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे  छ । कास्की प्रहरीका  अनुसार  अन्तर्गत कास्की जिल्लामा मुद्दाम दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ४४ जना रहेका छन् ।  अन्यत्र जिल्लामा मुद्दा दर्ता भई फरार रहेका बैंकिङ कसुर मुद्दाका ५ जना, सरकारी छाप दस्तखत किर्ते (लिख...
चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै पाटे बाघ देख्न पाइने
प्रशासन, समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै पाटे बाघ देख्न पाइने

नेपालअखबार, चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो । भरतपुर महानगरपालिका-६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार केन्द्रमा बाघ देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सकेसम्म सन् २०२४ जनवरी १ तारिखबाट नै पर्यटकका लागि बाघ देखाउने तयारी गरिएक...
भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा
प्रशासन, समाचार, समाज

भूकम्पपीडित त्रिपालमै, दुई पालिका सहायता रकम पाउने आशमा

नेपालअखबार, जाजरकोट । कात्तिक १७ गते मध्य रातको भूकम्पले नलगाड नगरपालिका–८ कोरिन्चेका मनबहादुर खत्रीको घरको आधा भाग भत्किएको छ । घरको आधा भाग भत्किए पनि जोखिम मोलेर पशुचौपायदेखि केही घरायासी सामान भत्केको घरभित्र राख्ने गरिएको छ । परिवारका सदस्य खुला ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् । विभिन्न निकायबाट प्राप्त एक थान त्रिपाल र आफूसँग रहेको कपडाको सहारामा यो परिवार खुला आकाशमा चिसो तथा अभावसँग सङ्घर्ष गरिरहेको छ । खत्रीको आधा घर भत्किएर त्यहाँ रहेका काठदेखि अन्य सामान निकाल्न रु एक लाखभन्दा बढी खर्च हुने अनुमान छ । भिरालो जमिन भएका कारण अन्य ठाउँमा अस्थायी टहरा निर्माण गर्नका लागि पर्याप्त ठाउँ पनि छैन । नयाँ अस्थायी आवास निर्माण गर्नभन्दा भूकम्पबाट छिया, छिया भएको घरबाट सामान निकाल्न बढी रकम खर्च हुने भएपछि खत्री परिवार चिन्तित छ । अस्थायी आवास निर्माणका लागि खत्रीको खातामा अहिलेसम्म...
२५ जना सीडीओको सरूवा गृहले गर्‍यो
प्रशासन, समाचार

२५ जना सीडीओको सरूवा गृहले गर्‍यो

नेपालअखबार, काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरूवा गरेको छ । पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन् भने एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । मन्त्रालयका अनुसार बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएको हो । यस्तै वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको मन्त्रालयले जनाएको छ । हेर्नुहोस् सरूवा सूची :...