Wednesday, November 18

राजनीति

ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ
राजनीति, विश्व, समाचार

ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ

नेपालअखबार, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो। ईयूको साइबर सुरक्षा एजेन्सी एनिसाका कार्यकारी निर्देशक जुहान लेपासारले भने, ‘सुरक्षालाई पछि मात्र सोचिने विषय बनाउनु हुँदैन र सकिँदैन,’ उनले थपे, ‘आज फ्रिज ह्याक भयो, भोलि राउटर हुन सक्छ, पर्सि घरेलु उपकरणहरू हुन सक्छन् र यो क्रम यस्तै चल्न सक्छ।’ लेपासारले ब्रसेल्समा एएफपीसँग कुरा गर्दै एथेन्सस्थित एजेन्सीको ईयूको साइबर सुरक्षा अवस्थासम्बन्धी पछिल्लो द्विवार्षिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा...
चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद
राजनीति, समाचार

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

नेपालअखबार,काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । भ्रमणको समयावधि ११ दिनको हुनेछ । महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमण गर्न लागेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ...
रास्वपा प्रतिनिधिमण्डल र सीपीसीका नेताबिच मंसिर ८ गते उच्चस्तरीय छलफल हुने
राजनीति, समाचार

रास्वपा प्रतिनिधिमण्डल र सीपीसीका नेताबिच मंसिर ८ गते उच्चस्तरीय छलफल हुने

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आइतबार बिहान चीन प्रस्थान गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए । भ्रमणका क्रममा रास्वपा र सीपीसीबिच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत बहुआयामिक विषयमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए । सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट समान खालका सुझाव आएको आचार्यले जिकिर गरे । ‘सत्तारूढ दलको डेलिगेसन भएकाले प्रधान...
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना दिए
राजनीति, समाचार

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा शुभकामना दिए

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री बालेनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर नेपाल संवत् सुरु गरेको उल्लेख गर्दै उनले यो चन्द्रमामा आधारित मौलिक संवत् भएको बताएका छन् । म्हः पूजाको महत्त्वबारे चर्चा गर्दै उनले आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने उल्लेख गरेका छन् । उनले म्हः पूजाले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउने बताएका छन् । त्यस्तै, गोवर्धन पूजा त...
चुनाव हारेपछि ट्रम्पले फेरे ह्वाइट हाउसका कर्मचारी प्रमुख
राजनीति, विश्व, समाचार

चुनाव हारेपछि ट्रम्पले फेरे ह्वाइट हाउसका कर्मचारी प्रमुख

नेपालअखबार,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनको नियन्त्रण गुमाएपछि ह्वाइट हाउसका कर्मचारी प्रमुख (चिफ अफ स्टाफ) परिवर्तन गरेका छन्। उनले आफ्ना लामो समयदेखिका सहयोगी तथा आप्रवासन नीतिका कट्टर समर्थक स्टेफन मिलरलाई नयाँ कर्मचारी प्रमुख नियुक्त गरेका छन्। मिलरले सुसी वाइल्सको ठाउँ लिनेछन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत उनको नियुक्ति घोषणा गर्दै मिलरलाई आफ्ना ‘सबैभन्दा विश्वासिला सल्लाहकारमध्ये एक’ भनेका छन्। नयाँ जिम्मेवारी सोमबारदेखि लागू हुनेछ। चुनावी पराजयपछि ट्रम्पले अब डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहने प्रतिनिधिसभा र सिनेटसँग काम गर्नुपर्नेछ। त्यसमाथि उनको प्रशासनका विभिन्न निर्णयमाथि कंग्रेसमा छानबिन हुने तयारी छ। यस्तो अवस्थामा कर्मचारी प्रमुख परिवर्तन गर्ने उनको निर्णयलाई प्रशासनको आगामी क...
पार्टीभित्र अवसरवादी राजनीति र अहङ्कार त्याग्न रास्वपा सभापति लामिछानेको निर्देशन
राजनीति, समाचार

पार्टीभित्र अवसरवादी राजनीति र अहङ्कार त्याग्न रास्वपा सभापति लामिछानेको निर्देशन

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्कँदै गएको अहङ्कार, अवसरवादी चरित्र र आन्तरिक ईर्ष्याप्रति कडा असन्तुष्टि जनाउँदै त्यसलाई तत्काल सच्याउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। शुक्रबार चितवनमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दिएको मतलाई अहङ्कारमा बदल्न नहुने चेतावनी दिए। सभापति लामिछानेले पार्टीले हासिल गरेको सफलतापछि केही नेता–कार्यकर्ताहरूमा अहङ्कार देखिएको उल्लेख गर्दै भने, ‘जनताले मत दिएर पठाएका हुन्, हामी भुइँमा खुट्टा नअडिने गरी मात्तिएका छौँ, चुप्पिएका छौँ। माथिदेखि तलसम्म हामी यति चढेका छौँ कि मान्छेलाई मान्छे गन्न छाडेका छौँ।’ उनले शक्तिको आडमा प्रशासन वा प्रहरीलाई दबाब दिने राजनीति रास्वपाको नभएको भन्दै नेताहरूलाई सधैँ भुइँमै टेक्न र जनताको सेवक बन्न आग्रह गर...
संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा भिटो पावर नियन्त्रण गर्ने प्रस्तावमा रुसको पूर्ण अस्वीकृति
राजनीति, विश्व, समाचार

संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा भिटो पावर नियन्त्रण गर्ने प्रस्तावमा रुसको पूर्ण अस्वीकृति

नेपालअखबार,काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको ‘भिटो पावर’ लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन विभागका निर्देशक किहिल लोग्विनोभले रुसी समाचार एजेन्सी ‘तास’ लाई दिएको अन्तर्वार्तामा मस्कोको आधिकारिक अडान सार्वजनिक गर्दै उक्त टिप्पणी गरेका हुन्। लोग्विनोभले भिटो पावरलाई केवल एउटा अधिकार वा विशेषाधिकारका रूपमा नभई दीर्घकालीन र न्यायोचित सहमति खोज्न बाध्य पार्ने एउटा विशेष जिम्मेवारीको भारका रूपमा व्याख्या गरेका छन्। लोग्विनोभले भनेका छन्, ‘जस्तोसुकै तर्क वा कारण पेस गरिए तापनि, भिटोको प्रयोगलाई सीमित गर्ने उद्देश्यले ल्याइएका प्रस्तावहरूमा रुसले कहिल्यै हरियो झण्डा देखाउने छैन।’ उनले अगाडि थपे, ‘यो अधिकार कुनै विशे...
ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता
राजनीति, समाचार

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय विदेश सचिव मिस्रीबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ। भेटमा नेपाल–भारत ऊर्जा सहकार्य, विद्युत् व्यापार र जलविद्युत् आयोजना विकासका विषयमा महत्त्वपूर्ण छलफल भएको छ। भेटका क्रममा ऊर्जामन्त्री श्रेष्ठले नेपालबाट भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्न भारतीय पक्षसँग आग्रह गरेको छ। मन्त्री श्रेष्ठका अनुसार बाढी तथा विपद् व्यवस्थापनमा सहयोग पुग्ने गरी मौसमसम्बन्धी सूचना तथा तथ्याङ्क आदानप्रदानमा दुई देशबिचको सहकार्य बढाउने विषयमा पनि नेपालले प्रस्ताव राखेको छ। त्यस्तै, छलफलमा नेपालमा निर्माणाधीन र अघि बढाउन लागिएका ठुला जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाहरूको प्रगतिका विषयमा समीक्षा भएको थियो। विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्ण...
मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड
राजनीति, समाचार

मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड

नेपालअखबार, महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन् । पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक दाहालले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे । उनले भने, “हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।” संयोजक दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताए । “यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,” उनले भने, “यसै अभियानको धरातलबाट ह...
टीआरसीसहित ६ वटा ऐन कार्यान्वयनको अवस्था मापन गरिँदै
राजनीति, समाचार

टीआरसीसहित ६ वटा ऐन कार्यान्वयनको अवस्था मापन गरिँदै

नेपालअखबार, काठमाडौं । संक्रमणकालीन (टीआरसी) न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ सहित विभिन्न ६ वटा ऐनको कार्यान्वयनको अवस्था मापन गरिँदैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले छ वटा ऐन छनोट गरी कार्यान्वयनको अवस्था मापन गर्न लागेको हो । ऐन कार्यान्वयन मापन गर्ने ऐन छनोट गर्न यसअघि नै विधायन व्यवस्थपन समितिले अध्ययन तथा सिफारिस समिति गठन गरेको थियो । यस निम्ति विधायन व्यवस्थापन समितिले गत साउन ४ गते सांसद डा. अञ्जान शाक्यको नेतृत्वमा ऐन कार्यान्वयन मापन अध्ययन तथा सिफारिस उपसमिति गठन गरेको थियो । उपसमितिले विभिन्न ६ वटा ऐन कार्यान्वयनका लागि छनोट गरेर यही कातिक १३ गते मूल समितिमा बुझाएको छ । जसमा टीआरसीसहित संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, विद्युतीय...