प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभालाई अझ जिम्मेवार बनाउनुपर्छः उपाध्यक्ष घिमिरे
नेपालअखबार,काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छिन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।
उनले भनेकी छिन्, “जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजलाई अझै ध्रुवीकरणतर्फ धकेल्छ ।”
उनले हाम्रा प्रयासहरू व्यवस्था परिवर्तन गर्नेतर्फ नभई व्यवस्था सुदृढ र संस्थागत गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँदै लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो भन्ने ...









