Saturday, August 15

राजनीति

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राजनीति, समाचार

प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहेका जापानका उपविदेशमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गरेका छन् । प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।...
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
राजनीति, विश्व, समाचार

रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने

नेपालअखबार,इस्तानबुल । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबिचको बैठक टर्कीको इस्तानबुलमा शुक्रबार सम्पन्न भएको छ। बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिए। उनले भने, ‘हामीले युद्धविराम र मानिसहरूको आदानप्रदानको विषयमा छलफल गर्‍यौँ। एक हजार युद्धबन्दीहरूको रिहाइको सहमति हाम्रो बैठकको परिणाम हो।’ शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदानमा भएको सम्झौताको पुष्टि गरे। उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ। हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौँ।’ मेन्डिन्स्कीले दुई पक्ष भविष्यको सम्भावित युद्धविरामको बारेमा आफ्नो दृष्टिकोण प्रस्...
आज ३२औं मदन-आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
राजनीति, समाचार

आज ३२औं मदन-आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए । विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो । विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त परिसरको मध्यभा...
प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
राजनीति, समाचार

प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गरेकी छन् ।  नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् । भेटका अवसरमा दुई देशबीच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी रहेका  थिए  ।...
परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
राजनीति, समाचार

परराष्ट्रमन्त्री डा.राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच आज भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच आज सो साइडलाइन भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल भारत सम्बन्धका विविध आयामहरुका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा. राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरिन् । नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझरी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरुले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्वपूर्ण रहेको पनि बताएका छन् । नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरु,...
नेपाल निर्माणमा मुस्लिम समुदायको पनि महत्वपूर्ण योगदान छ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

नेपाल निर्माणमा मुस्लिम समुदायको पनि महत्वपूर्ण योगदान छ : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल निर्माणमा मुस्लिम समुदायको पनि महत्वपूर्ण योगदान रहेको बताएका छन्। उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताए। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा यस्तो धारणा राखेका हुन्। 'विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनःशुभकामना व्यक्त गर्दछु,' उनले भने। उनले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणम...
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
राजनीति, समाचार

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट पारे । ‘आशा गछौँ, यो संवाद- त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात् आउँछन्  तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षण...
हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा
राजनीति, समाचार

हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा

नेपालअखबार,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएकाे बताएकी छन् । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलो पटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन् । हिमालयले आज जलवायु प्रेरित अवरोधको सबैभन्दा ठूलो भार बोकिरहेको बताउँदै उहाँले  हिमनदी जलवायुको असरका कारण पग्लिने क्रम तीव्र रुपमा बढेको उल्लेख गरिन् । यसले गर्दा हिमाली समुदायको दैनिक जीवनमा  नकारात्मक प्रभाव परेको उनको भनाइ थियो । ‘जलवायु प्रेरित प्रकोपहरूले मानव अस्तित्व र जीविकोपार्जनको जगलाई नै हल्लाइरहेको छ’ उनले भनिन्, ‘जलवायु परिवर्तनका कारण बाढी र हिमताल विस्फोटले ठूलो विनाश भएको छ ।  खडेरी डढेलोले मानवलाई अथाह पीडा दिएको छ ।’ मन्त्री डा.राणाले यो संवाद मनन र आत्मनिरी...
आज प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
राजनीति, समाचार

आज प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने

नेपालअखबार,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जवाफ दिने कार्यसूची छ । आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ । त्यसपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमा छलफल भइरहेको छ ।...
निजामती विधेयकबारे छलफल जारी
राजनीति, समाचार

निजामती विधेयकबारे छलफल जारी

नेपालअखबार,काठमाडौं  । निजामती सेवा विधेयकबारे संसदीय समितिमा छलफल जारी छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले यो विधेयक आजै पास गर्ने तयारी गरेको छ । कर्मचारीले पाउने अवकाश उमेर कसरी लागू गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । अवकाश उमेर ६० वर्ष बनाउनेमा सहमति छ । तर, एकै पटक ६० वर्ष लागू वा नगर्ने भन्नेमा छलफल चलिरहेको छ । अवकाश पाएका कर्मचारीले अर्को नियुक्तिका लागि निश्चित समय (कुलिङ पिरियड) पर्खनुपर्ने विषय पनि राखिँदैछ । तर, कति साय कुलिङ पिरियड राख्ने भन्नेमा पनि मत मिलेको छ । यो विषयमा पनि छलफल जारी छ । छलफल सकाएर आजै विधेयक पारित गर्ने गरी बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।...