Saturday, August 15

राजनीति

अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिँदैन : खनाल
राजनीति, समाचार

अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सकिँदैन : खनाल

नेपालअखबार,काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधान पुँजीवादी संविधान भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संविधानलाई पूर्ण रुपमा स्वीकार गर्न नसकिने पनि बताए । ‘हामीले गरेको संघर्षकै कारणले हामीले यो २०७२ सालमा जुन संविधान बनायाँै । त्यो संविधानको धारा ३ मा हामीले एउटा महत्त्वपूर्ण कुरा राखेका छाँै,’ नेता खनालले भने, ‘यो संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौैं ।’ साथै, उनले निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको जिकिर गरे । तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउनसके संसदमा गएर...
तराई, पहाड , हिमाल सबै ठाउँमा हाम्रो पार्टी अगाडि बढिरहेको छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

तराई, पहाड , हिमाल सबै ठाउँमा हाम्रो पार्टी अगाडि बढिरहेको छ : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) लाई जनमतको कमी नरहेको जिकिर गरेका हुन् । गत (२०७९) निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी उनले गरे । ‘अझै म भन्छुः हाम्रा साथीहरु लाखौँको संख्यामा सहकारी संगठनमा आवद्ध छन् । एनजीओ, आइएनजीओमा संलग्न छन् । तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरुलाई हामीले उछिन्ने थियौँ । हामीसँग जनताको मतको कमी छैन,’ अध्यक्ष नेपालले भने । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनैपनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको उनको भनाइ ...
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
राजनीति, विश्व, समाचार

सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी

नेपालअखबार,इस्लामाबाद । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन्। जियो न्यूजको रिपोर्ट अनुसार आसिफले यदि भारतले सिन्धु सम्झौताको उल्लंघन गर्छ र सिन्धु नदीमा बाँध बनाउँछ भने पाकिस्तानले भारतमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् । यसैबिच, भारतीय सेनाले मे २-३ को राति पाकिस्तानी सेनाले जम्मू कश्मीरको कुपवाडा, उरी र अखनूर क्षेत्रमा नियन्त्रण रेखा पार गरी गोलीबारी गरेको आरोप लगाएको छ । दुवैतर्फबाट लगातार नवौँ दिन गोलाबारी भइरहेको छ। यता, पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारको एक्स खाता पनि भारतमा ब्लक गरिएको छ। केही दिनअघि तरारले पाकिस्तानमाथि भारतीय आक्रमण भएको दाबी गरेका थिए। यसअघि शुक्रबार भारतले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफको आधिकारिक युट्युब च्यानल र इन्स्टा...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ: महासचिव गुरुङ
राजनीति, समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ: महासचिव गुरुङ

नेपालअखबार,पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने बताएका हुन्। प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले हालै संसदीय छानबिन उपसमितिले दिएको प्रतिवेदनका आधारमा न्यायिक छानबिन गर्नुपर्ने बताएका हुन्। 'पोखरा विमानस्थलबारे संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको छ । यसका आधारमा कानुनविद्, इञ्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक छानबिन गरिनुपर्छ र दोषीहरू कारबाहीको भागीदार बन्नुपर्छ,' उनले भने। उनले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले गर्ने राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताए। 'हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौँ । गुण र दोषका आध...
आगामी वर्षको नीति तथा कार्यक्रम यस्तो छ
राजनीति, समाचार

आगामी वर्षको नीति तथा कार्यक्रम यस्तो छ

नेपालअखबार,काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युत्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवर्द्धन लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् । त्यस्तै, यो पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ । यस्तो छ नीति तथा कार्यक्रम :...
सरकारको घोषणा : बजेट अधिवेशनबाट यी ९ विधेयक पारित गर्ने
राजनीति, समाचार

सरकारको घोषणा : बजेट अधिवेशनबाट यी ९ विधेयक पारित गर्ने

नेपालअखबार,काठमाडौँ । सरकारले चालु बजेट अधिवेशनबाट ९ विधेयक पारित गर्ने घोषणा गरेको छ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्दै यही अधिवेशनबाट ९ विधेयक पारित गर्ने बताएका हुन् । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा यही अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राएर सेवा प्रदायक र नियामक छुट्टाउने विधेयक, सङ्घीय निजामती सेवा विधेयक, ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयक पारित गर्ने बताएका हुन् । सरकारले भूमिसम्बन्धी अध्यादेश जारी गरे पनि सत्तारुढ दलहरूबिच नै मतैक्यता नभएपछि सङ्घीय संसद् सचिवालयमा दर्ता गरेर अघि नबढाई होल्डमा राखिएको थियो । त्यही बेलै अध्यादेशलाई विधेयक बनाइ नियमित प्रक्रियाबाट पास गर्ने बताएको सरकारले नी...
मन्त्रिपरिषद बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद बैठक बस्दै

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने छन् । संघीय संसदको बैठक आज दिउँसो तीन बजे बोलाइएको छ ।मन्त्रिपरिषद बैठकमा शिक्षक, चिकित्सक लगायतसँग भएको सहमति र अन्य मन्त्रालयगत नियमित एजेण्डामा पनि छलफल हुने बताइएको छ ।...
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
राजनीति, समाचार

संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् । मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधान संशोधन गर्ने भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाए पनि उनीहरूको प्राथमिकतामा संविधान संशोधन नपरेको टिप्पणी गरे । उनले सरकारले २०८७ मा संविधान संशोधन गर्ने भन्दै त्यसबाट पन्छिने काम गरेको जिकिर गरे । उनले भने, ‘सामान्यतया, देशमा संविधान लागू भइसकेपछि १० वर्षको अभ्यासलाई मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहन्छ । समीक्षा गर्नुपर्ने आवश्यकता पर्छ । हाम्रो देशमा पनि २०७२ साल संविधान बनायौँ । त्यो संविधानमा जनताका मौलिक हक र अधिकारलाई सुनिश्चित गर्नुपर्ने काम पनि गरिएको छ । गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीका अधिकारलाई सुनिश्चित गर्ने गरी संव...
सुरक्षित आप्रवासन, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा सरकार गम्भीर बन्नु आवश्यक:अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

सुरक्षित आप्रवासन, उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा सरकार गम्भीर बन्नु आवश्यक:अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं।एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अन्तरास्ट्रिय मे दिवसको सुभकामना दिएका छन्।मे डे का अवसरमा आज एक बिज्ञप्ति जारी गर्दै उनले सो सुभकामना दिएका हुन। उनले जारी गरेको सुभकामना यस्तो छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०८१ को शुभकामना ! आफ्नो अधिकारका लागि एकताबद्ध संघर्षमार्फत विजय हासिल गरिएको गौरवपूर्ण दिनको रुपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमिकहरू दिवाङ्गत तथा वेपत्ता श्रमिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु। श्रमजीवी वर्गको हक, हित र अधिकार सुनिश्चित नगरीसम्म समतामूलक विकास र रुपान्तरण सम्भव छैन। संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख आर्थिक निर्माणका लागि उत्पादक सबै क्षेत्रको श्रमको सम्मान र मर्यादा हुनुपर्छ। अन्तर्राष्ट्रिय ...
श्रमिकको पसिनाले बाँचेको छ समाज : प्रधानमन्त्री
राजनीति, समाचार

श्रमिकको पसिनाले बाँचेको छ समाज : प्रधानमन्त्री

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएको स्मरण पनि गरेका छन् । त्यसबेला केहीले  व्यङ्ग्य गरेको बताउँदै उनले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएको दाबी गरेका छन् । श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौं ।’ श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै...