Saturday, August 15

राजनीति

अर्थमन्त्रीले बजेटबारे  गरे प्रचण्डसँग छलफल
राजनीति, समाचार

अर्थमन्त्रीले बजेटबारे गरे प्रचण्डसँग छलफल

नेपालअखबार,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्री विष्णु पौडेलले भेटवार्ता गरेका छन् । भेटवार्ता आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको हो । आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रचण्डसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।नीति तथा कार्यक्रम वैशाख १९ गते सार्वजनिक गरेको सरकारले जेठ १५ गते बजेट ल्याउने गृहकार्यमा जुटेको छ । यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।...
विकल्प खोज्नुपर्छ, वर्तमान सरकार मुलुकको लागि बोझ भयो : पूर्व प्रधानमन्त्री नेपाल
राजनीति, समाचार

विकल्प खोज्नुपर्छ, वर्तमान सरकार मुलुकको लागि बोझ भयो : पूर्व प्रधानमन्त्री नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले यस्तो बताएका हुन् । वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको उनको आरोप छ । अध्यक्ष नेपालले सकरारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताए । उनले सरकार परिणाम बिहीन मात्र नभइ उद्देश्य बहीन हुन पुगेको जिकिर गरे । सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताए ।  अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाए ।...
आजदेखि प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै
राजनीति, समाचार

आजदेखि प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेस गर्ने र त्यसमा छलफल सुरु हुने कार्यसूची छ । त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने छ । राष्ट्रियसभामा भने सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आइतबारबाटै सुरु भइसकेको छ । आज दिउँसो सवा एक बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि छलफल जारी रहने कार्यसूची छ ।...
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
अपराध, राजनीति, समाचार

सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना

नेपालअखबार,काठमाडौं ।  स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न प्रतिनिधिसभा सदस्य माया राई विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । भोजपुर घर भएकी राई नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन् । कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले सदस्य र सहसचिव भएर काम गरेकी थिइन् । २०७३ कार्तिक ६ देखि २०७४ मंसिर ४ सम्म उनी सदस्य थिइन् । २०७४ मंसिर ४ देखि २०७६ भदौ २१ सम्म उनले सहसचिव भएर काम गरिन् । उनको कार्यकालमा २ करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृत भन्छन्, ‘सदस्य हुँदा ८९ लाख ३४ हजार र सहसचिव हुँदा १ करोड ४२ लाख अपचलन भएको देखिएको छ ।’ राई वैशाख १३ गते बूढानीलकण्ठ नगरपालिका–१० स्थित कपनबाट पक्राउ परेकी हुन् । उनीविरुद्ध अदालतबा...
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट
राजनीति, समाचार

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।...
‘प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’: अध्यक्ष नेपाल
राजनीति, समाचार

‘प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणका बारेमा अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्ने बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूले विदेश भ्रमण गर्दा उठाएका विषयवस्तुको समितिलाई अनिवार्य जानकारी हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री र मन्त्रीहरुहरुलाई आफ्नो भ्रमणका बारेका समितिलाई जानकारी गराउन आवश्यकता बोध गराउनुपर्ने उनले बताए । समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफलका क्रममा अध्यक्ष नेपालले सौर्य जहाज दुर्घटनाका विषयमा समितिमा छलफल नभएकाले पीडितहरूसँग छलफल गर्न आग्रह गरे । त्यस्तै माओवादी सांसद सुदन किराँतीले ठुलो लगानी भएका २२ वटा आन्तरिक विमानस्थलमा उडान नहुँद...
मुख्यमन्त्रीलाई नेकपा एसले बुझायो १६ पन्ने मागपत्र
राजनीति, समाचार

मुख्यमन्त्रीलाई नेकपा एसले बुझायो १६ पन्ने मागपत्र

नेपालअखबार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले १६ पन्ने माग पत्र बुझाएको छ । आइतबार कोशी प्रदेश कमिटी अध्यक्ष सरिता खड्काले विभिन्न मागसहित मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएकी हुन् । प्रदेशको बजेट निर्माणको तयारी भइरहेका बेला नेकपा एकीकृत समाजवादीले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने विभिन्न विषय समेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेशले सक्ने जति माग पूरा गर्ने प्रतिवद्धता जनाए । ज्ञापनपत्र बुझाउने क्रममा पूर्वमुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई पनि सहभागी थिए ।...
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्‍यो आफ्नो बन्दरगाह
राजनीति, विश्व, समाचार

भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्‍यो आफ्नो बन्दरगाह

नेपालअखबार,इस्लामवाद । पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच तनाव चरम सीमामा छ । आक्रमणपछि भारतले पाकिस्तानलाई विश्वव्यापी स्तरमा एक्लो पार्न कुनै कसर बाँकी राखेको छैन । रणनीतिक र कूटनीतिक स्तरमा पनि धेरै धक्का दिएको छ । यसैबिच, भारतको कारबाहीबाट रुष्ट पाकिस्तानले भारतीय जहाजहरूलाई आफ्नो बन्दरगाह प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । भारतले शनिबार पाकिस्तानबाट आउने वा हुँदै आउने सामानको आयात र पाकिस्तानी जहाजहरूको बन्दरगाहमा प्रवेशमा प्रतिबन्ध लगाएपछि पाकिस्तानको यो कदम चालेको हो । भारतले पाकिस्तानमा हुने सबै प्रकारका हुलाक र पार्सल सेवाहरूमा पनि प्रतिबन्ध लगाएको थियो । अब हुलाक र पार्सलहरू हवाई वा स्थल मार्गबाट ​​पठाउन वा प्राप्त गर्न सकिने छैन । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार शनिबार राति अबेर पाकिस्तानको शीर्ष नेतृत्वले कुनै पनि भारतीय ध्वजावाहकलाई पाकिस्तानी बन्दरगा...
एमाले सचिवालय बैठक बस्दै
राजनीति, समाचार

एमाले सचिवालय बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।...
सिंगापुरको प्रधानमन्त्रीमा पुनः लरेन्स वङ विजयी
राजनीति, विदेश, समाचार

सिंगापुरको प्रधानमन्त्रीमा पुनः लरेन्स वङ विजयी

नेपालअखबार,काठमाडौं । सिङ्गापुरमा सम्पन्न आम चुनावमा प्रधानमन्त्री लरेन्स वङ नेतृत्वको पीपुल्स एक्सन पार्टीले शनिबार स्पष्ट बहुमतका साथ विजय हासिल गरेको छ। पार्टीले ९७ मध्ये ८७ संसदीय सिटहरू जितेको छ। विजयपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री वङले भने, ‘हामीलाई जनताको बलियो समर्थन प्राप्त भएकोमा आभारी छौँ। तपाईंहरूको भरोसाको सम्मान गर्न हामी अझ कडा मेहनत गर्नेछौँ।‘ सिंगापुरमा सन् १९६५ देखि पीपुल्स एक्सन पार्टी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुँदै आएको छ । केही साना दलहरू पनि प्रतिस्पर्धामा रहे पनि उनीहरूको उपस्थिति नगन्य रहेको छ । पीपुल्स एक्सन पार्टी सन् १९६५ देखि सत्तामा छ ।  निर्वाचन विभागका अनुसार झण्डै २६ लाख सिङ्गापुरवासीले देशभरका १२४० मतदान केन्द्रहरूमा गएर ९२ सिटका लागि मतदान गरे। सिङ्गापुरको संसद दुई प्रकारका निर्वाचन क्षेत्रहरूमा बाँडिएको हुन्छ- सिंगल मेम्बर कन्स्टिच...