Saturday, August 15

राजनीति

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आइतबार बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने,  कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुर तथा सजाय...
पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार
राजनीति, विश्व, समाचार

पहलगाम हमलाको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार

नेपालअखबार,काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको बताउँदै त्यो बन्द हुनुपर्ने बताएका छन्। उनले यस मुद्दाको निष्पक्ष अनुसन्धानमा हर सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका हुन्। बीबीसीका अनुसार शाहबाज शरीफले पाकिस्तानी सेना सीमाको रक्षा गर्न तयार रहेको र यसबारे कुनै भ्रम नपाल्न पनि चेतावनी दिए । उनले भने, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी मान्नु हुँदैन।’ शरीफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने स्पष्ट पारे। मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्ने लगायत धेरै निर्णयहरू गरेको थियो। यसको जवाफमा पाकिस्तानले पनि धेरै कदम चालेको छ।...
अब १४ महिनापछि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली
राजनीति, समाचार

अब १४ महिनापछि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । उनले भने,‘अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।’ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा काँग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए । तर,सभापति देउवाले भने थाइल्याण्ड भ्रमणबाट शुक्रवार फर्किएसँगै सञ्चारकर्मीहरुसँग गठबन्धन सरकार पूरा समय चल्न...
अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा प्रस्तुत
राजनीति, समाचार

अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा प्रस्तुत

नेपालअखबार,काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक सभामा प्रस्तुत गरेका हुन् । अर्थमन्त्री पौडेलका अनुसार मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकोले विधेयक ल्याइएको हो । परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोगमा विधेयकले सहयोग पुर्‍याउनेछ । वैकल्पिक विकास वित्त सम्बन्धी कानुन बनेपछि विकासका नवीन स्रोतहरूको परिचालन गर्न तथा यसको माध्यमबाट रोजगारी प्रवद्र्धन, दिगो आर्थिक विकास र दीर्घकालीन लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा छ । ‘निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासम...
‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’:राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी
राजनीति, समाचार

‘बासको पुल तर्न २० रुपैयाँ तिर्नुपर्छ, त्यही हो तपाईंहरुले भनेको स्वीजरल्याण्ड ?’:राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी

नेपालअखबार,काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सबभन्दा धेरै समस्या प्रदेशका कारण भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै जनमोर्चाका अध्यक्ष समेत रहेका केसीले भने, ‘लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन हामी एक हुनुपर्छ, भ्रष्टाचारीसँग हामी लाग्दैनौ ।’ उनले अहिले सबभन्दा ठुलो समस्या प्रदेशका कारण भएको पनि बताए । ‘प्रदेश भएका ठाउँमा बासको पुल तर्नलाई जनताले २० रुपैयाँ तिर्नुपर्ने भएको छ’, केसीले भने, ‘संघीय प्रणाली ल्याएपछि स्वीजरल्याण्ड बनाउछौ भनेको होइन तपाईहरुले ? महोत्तरी र सिराहा जोड्ने एउटा बासको पुल छ त्यहाँ एक पटक तर्दा २० रुपैयाँ तिर्नुपर्छ । यहीं हो तपाईहरुले स्वीजरल्याण्ड बनाएको नेपाल ?’...
आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै
राजनीति, समाचार

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै

नेपालअखबार,काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसयता केही समय सांसदहरु फुर्सदिला भएका थिए । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाको बिदापछि अधिवेशन सुरु गर्ने तयारी गरेपनि शिक्षकहरुको आन्दोलनको दबाबले संसदको बजेट अधिवेशन केही दिन अगावै बोलाइएको हो । शैक्षिक हड्ताल गरेर काठमाडौंका सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । तीन सातादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ । तर, शिक्षकहरुले भने विश्वास गरेका छैनन् । आन्दोलन जारी राखेका छन् । ...
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक
राजनीति, समाचार

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक

नेपालअखबार,ललितपुर । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन् । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिको नियम बिगारेमा आफैँ जोखिममा पर्ने बताए । गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने बताउँदै केन्द्र, प्रदेश, स्थानीय सरकार मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताए । उनले आजको दिन विगतका दुःख स्मरण गर्नका सँगसँगै आगामी दिनमा यस्ता पीडाबाट सुरक्षित हुन्छाैँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्ने दिन रहेको उल्लेख गरे । सरकार भनेको प्रधानमन्त्री, मन्त्रीहरू मात्रै नभई समग्र नागरिक रहेको बताए । नागरिकहरू कुनै न कुनै हिसाबले सरकारसँग जोडिने भएकाले सबै मिलेर विपद्बाट जोगिनका लागि काम गर्नुपर्ने सुझाव दिए । उनले प्रकृति नियमले र मानिस नियतले चल्ने भएकाले मानिसको नियतका कारण...
कम्युनिष्ट पार्टीमा आएको विचलनले राजनीति विकृत देखियो: अध्यक्ष नेपाल
राजनीति, समाचार

कम्युनिष्ट पार्टीमा आएको विचलनले राजनीति विकृत देखियो: अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसंगति देखिएको बताउनु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कम्युनिस्ट पार्टीको स्थापना भएको उल्लेख गर्नुभएको हो। उहाँले कम्युनिस्ट पार्टीले मुलुकमा भएका निरंकुशताविरुद्धको सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिस्ट नेताहरू निष्ठावान हुनुपर्ने जनाउँदै कम्युनिस्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्छ भन्नेमा जोड दिनुभयो। मुल...
रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ
राजनीति, समाचार

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।...
यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री काठमाडौंमा, आज उच्चस्तरीय भेटवार्ता
राजनीति, समाचार

यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री काठमाडौंमा, आज उच्चस्तरीय भेटवार्ता

नेपालअखबार,काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने भ्रमणका क्रममा काठमाडौं आएका छन् । उनी मंगलबार राति काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतले स्वागत गरेका थिए । उच्चस्तरीय भेटवार्तापछि उनी आजै अपराह्न काठमाडौंबाट फर्किने कार्यक्रम छ । उपप्रधानमन्त्री नाहयानको प्रतिनिधिमण्डलमा यूएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् । भेटवार्ताको तयारी उपप्...