Tuesday, August 18

राजनीति

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका जाँदै
राजनीति, समाचार

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिका जाँदै

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ । प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् । असोज ८ गते महासभाको साधारण बहस...
संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप
राजनीति, समाचार, समाज

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

नेपालअखबार,जनकपुरधाम  । संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई(मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरीबीच छिनाझपटी र झडप भएको छ । आजै बिहान तमलोपाका कार्यकर्ताहरुले स्थानीय भानुचोकमा कालो झण्डा गाडेर संविधान र मधेश आन्दोलनको क्रममा भएको दमनको बिरोध गरेका थिए । “असोज ३ को दिन जारी भएको संविधानको घोषणा मधेश आन्दोलनकारीहरुको रगत र लाशमाथि उभिएर दमनचक्र चलाउँदै गरिएको हो । त्यसकारण यो दिन हाम्रो निमित्त कालो दिन हो र रहिरहन्छ ।“ तमलोपाको नेता बिभा ठाकुरले बताए । कार्यक्रमको संयोजक इश्वर पणडितले “ मधेश र मधेशीको निमित्त यो कालो दिन नै हो । यस दिनलाई हामी सदैव कालो दिनकै रुपमा मानिरहने छौं र हामीमाथि भएको ...
सिके राउत र उनकी श्रीमती रानीले प्रहरीसँग मागे छुट्टाछुट्टै सुरक्षा
राजनीति, समाचार, समाज

सिके राउत र उनकी श्रीमती रानीले प्रहरीसँग मागे छुट्टाछुट्टै सुरक्षा

नेपालअखबार,  काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले प्रहरीसँग छुट्टाछुट्टै सुरक्षा माग गरेका छन्। सिके राउतले केही दिनअघि श्रीमती रानीबाट असुरक्षित भएको भन्दै प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए। श्रीमती रानीले पनि आफू श्रीमानबाटै असुरक्षित भएको भन्दै बिहीबार प्रहरी वृत्त सातदोबाटोमा पुगेकी हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार उनीहरू दुबै जनाले एकअर्काबाट असुरक्षित भएको भन्दै निवेदन दिएका हुन्। यसरी निवेदन आएपछि यसबारे दुबै पक्षसँग छलफल गरी सुरक्षाको प्रत्याभूति गराउने एसपी सुवेदीले बताए। राउत ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोलमा बस्छन्। उनले भदौ १२ गते श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध बिच्छेदको मुद्दा दायर गरेका थिए।  उनले अंश र सम्बन्ध बिच्छेद शीर्षकमा मुद्दा दायर गरेका थिए। लामो समयदेखि स...
संविधान संशोधन कसैको अधिकार कटौती गर्न होइन : मन्त्री चौरसिया
राजनीति, समाचार

संविधान संशोधन कसैको अधिकार कटौती गर्न होइन : मन्त्री चौरसिया

नेपालअखबार, काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अधिकार कटौती गरेर संविधान संशोधन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौँमा नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको एकीकृत निर्वाचन ऐन मस्यौदा विधेयकबारे छलफलमा भाग लिँदै कानुनमन्त्री चौरसियाले महिला, दलित, मधेसी, जनजाति, मुस्लिम लगायतका अधिकार कटौती गरेर संविधान संशोधन नहुने स्पष्ट पारेका हुन् । संविधान संशोधनको कुरा भइरहँदा भ्रम फैल्याउने दुष्प्रयास भइरहेको भन्दै संविधानले दिएका कुनैपनि क्षेत्र, वर्ग, लिङ्ग र समुदायका अधिकार कटौती गरेर संविधान संशोधन नहुने उनले बताए । उनले भएको व्यवस्थालाई कम गर्नेगरी संशोधन नहुने भन्दै संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि कम गर्नेगरी संशोधन गर्न नलागिएको बताए । कानुनमन्त्री चौरसियाले आदिवासी, जनजाति, दलिन, महिला र पिछडिएका वर्ग, समुदायलाई सशक...
संविधानका विरुद्ध अनेक खाले शक्तिहरु दृश्य वा अदृश्य रुपमा लागिरहेका छन् : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

संविधानका विरुद्ध अनेक खाले शक्तिहरु दृश्य वा अदृश्य रुपमा लागिरहेका छन् : अध्यक्ष नेपाल

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष एवम्   पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली जनताले लामो समयसम्म गरेको सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप आज हामी दशौं संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को शुभकामना  दिनु भएकाे छ  । पूर्व प्रधानमन्त्री  नेपालले  सबैभन्दा पहिले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे छ ।  संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएकाे छ। प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण...
ठूला पार्टीले जनता झुक्याउने नीति अंगाले : पूर्वप्रधानमन्त्री खनाल
राजनीति, विचार, समाचार

ठूला पार्टीले जनता झुक्याउने नीति अंगाले : पूर्वप्रधानमन्त्री खनाल

नेपालअखबार,  काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्न पनि उनले आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा आज एक सन्देश सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले वर्तमान संविधान जारी भएपछिका यी ९ वर्षमा ८ वटै नीति तथा कार्यक्रम, ९ वटै वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन नभएको उललेख गरेका छन् । यसो हुनुको दोष उनले ठूला पार्टीहरुलाई लगाएका छन् । पूर्वप्रधानमन्त्री खनालले सन्देशमा लेखेका छन्,  ‘आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहीनता, लक्ष्यहीनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहीनता, नैतिकहीन...
परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबिच छलफल
राजनीति, समाचार

परराष्ट्रमन्त्री र क्यानडा–नेपाल संसदीय समूहका पदाधिकारीबिच छलफल

नेपालअखबार, काठमाडौँ । क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ । समूहका अध्यक्ष तथा सांसद डा सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा देउवालाई स्वागत गर्दै दुई देशका संसद् सदस्यहरूबीच अनुभव आदानप्रदान हुनुपर्नेमा जोड दिइन् । ओटावास्थित नेपाली राजदूतावासका अनुसार क्यानडा–नेपाल संसदीय मैत्री समूह एकअर्काको लोकतान्त्रिक प्रक्रियाबाट अनुभव आदानप्रदान र सिक्ने एउटा महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको बताउँदै परराष्ट्रमन्त्री  देउवाले दुई देशबीचको सम्बन्ध प्रवद्र्धनमा समूहले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा त्यसप्रति आभार व्यक्त गरिन् । साथै उनले नेपालको सङ्घीय संसद्मा नेपाल–क्यानडा संसदीय मैत्री समूह गठनका बारेमा जानकारी दिँदै यस्ता समूहबाट दुई देशका संसद्बीच सहयोग आदानप्रदान र सहकार्यलाई प्रवद्र्धन गर्न ...
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : शेरबहादुर देउवा
राजनीति, समाचार

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : शेरबहादुर देउवा

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताए ।आजको दिन संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प जरूरी रहेको सभापति देउवाको भनाइ छ ।...
आज संविधान दिवस
राजनीति, समाचार, समाज

आज संविधान दिवस

नेपालअखबार,  काठमाडौँ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । संघीय राजधानी काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्...
ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
राजनीति, समाचार

ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

नेपालअखबार, काठमाडौँ । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठक तथा संविधान दिवसका अवसरमा दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन मङ्गलबार क्यानडा पुगेकी मन्त्री देउवालाई मन्ट्रियल अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्याल, नेपाली दूतावासका कर्मचारीका साथै क्यानडा सरकारका शिष्टाचार अधिकारीहरूले स...