Friday, July 10

राजनीति

इरान युद्धको खर्च अरब मुलुकबाट भराउने ट्रम्पको इच्छा
राजनीति, विश्व, समाचार

इरान युद्धको खर्च अरब मुलुकबाट भराउने ट्रम्पको इच्छा

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध युद्धको खर्च अरब मुलुकहरूबाट उठाउने इच्छा राखेको खुलेको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सोमबार पत्रकारहरूसँग कुराकानी क्रममा ट्रम्पले त्यसबारेमा चासो राखेको बताएकी छन्। पत्रकारहरूले अरबका अन्य मुलुकहरूले पनि अमेरिकालाई इरान विरूद्धको युद्ध खर्च तिर्नुपर्ने हो? भनेर प्रश्न गरेका थिए। 'राष्ट्रपतिले यसबारेमा ती देशहरूसँग कुरा गर्न सक्नुहुन्छ। यसमा उहाँको चासो पनि छ,' प्रेस सेक्रेटरी लेभिटको उत्तर उद्धृत गर्दै कतारी मिडिया अल जजिराले लेखेको छ। यसबारेमा राष्ट्रपति ट्रम्पले नै थप बताउन सक्ने लेभिटले बताएकी छन्। अमेरिकाले यसअघि सन् १९९० को इराक विरुद्धको युद्धमा विभिन्न देशहरूको गठबन्धन नेतृत्व गरेको थियो। सैन्य खर्च भनेर त्यतिबेला जर्मनी, जापान र अरब मुलुकहरूले करिब ५४ अर्ब डलर अमेरिकालाई दिए...
कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, यी नेताहरूले पाए जिम्मेवारी
राजनीति, समाचार

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, यी नेताहरूले पाए जिम्मेवारी

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा समीक्षा बैठक हुन लागेको महामन्त्री प्रदीप पौडेलको भनाइ छ। कांग्रेसको तर्फबाट १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग निर्वाचन समीक्षात्मक छलफल र केन्द्रीय प्रतिनिधिको उपस्थितिमा १६५ वटै क्षेत्रमा क्षेत्रगत अध्ययन र समीक्षा गरिने कांग्रेसले जनाएको छ। यसका लागि सातै प्रदेशमा संयोजक तोकिएका छन्। संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेशअन्तर्गत रहेका केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारक...
कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै
राजनीति, समाचार

कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन वटा एजेन्डा तय गरेको हो । धुम्बाराहीको होटल स्मार्टमा बिहान ११ बजेका लागि बोलाइएको दुई दिने बैठकमा मुख्य तीन एजेन्डाहरूमा छलफल हुने तयारी गरिएको निवर्तमान केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए । बरालका अनुसार बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी बैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १८ पुसमा बसेको केन...
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ
राजनीति, समाचार

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ

नेपालअखबार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा आज सुनुवाइ हुन लागेको हो । यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा आज १२ औं नम्बरमा रहेको छ । लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ । तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ६ चैत २०७९ मा लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए । त्यसविरुद्ध युवराज सफल सर्वोच्च गएका हुन् । यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको थियो । २२ च...
निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
राजनीति, समाचार

निवर्तमान कार्यवाहक सभापति खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विभिन्न भेलाहरू गर्ने तयारी गरेको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने, २०७८ मा भएको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राख्ने र जिल्ला सभापतिहरूको पनि भेला गर्ने गरी देउवा पक्षले तयारी गरेको हो। गत पुसमा विशेष महाधिवेशन हुँदा देउवा पक्ष सहभागी भएको थिएन। गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका नेताहरूलाई बालेन शाह नेतृत्वको सरकारबाट पक्राउलगायत र भावी रणनीतिलगायत विभिन्न विषयमा छलफल गरी निचोडमा पुग्न देउवा पक्षले ए...
पाकिस्तानको मध्यस्थतामा कति विश्वस्त छन् इरान र अमेरिका ?
राजनीति, विश्व, समाचार

पाकिस्तानको मध्यस्थतामा कति विश्वस्त छन् इरान र अमेरिका ?

नेपालअखबार, इस्लामवाद । इरान र अमेरिकाबिच बढ्दो तनावका बिच पाकिस्तानले दुई पक्षबिच मध्यस्थता गरिरहेको खबर आएको छ । पाकिस्तानी विदेश मन्त्री इशक दारले इरान र अमेरिका दुवैले वार्तामा पाकिस्तानले गर्ने सहजीकरणमा विश्वास व्यक्त गरेको बताएका छन् । उनले पाकिस्तानले आगामी दिनमा दुवै पक्षबिच सार्थक वार्ता आयोजना र सहजीकरण गर्न पाएकोमा सम्मानित महसुस भइरहेको बताएका छन् । इरान वा अमेरिकाले भने औपचारिक रूपमा वार्तामा सहभागी हुने पुष्टि गरेका छैनन् । यो अभिव्यक्ति इस्लामवादमा पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरूबिच भएको बैठकपछि आएको हो । बैठकमा क्षेत्रीय द्वन्द्वलाई चाँडो र स्थायी रूपमा अन्त्य गर्ने उपायहरूबारे छलफल भएको जनाइएको छ । शान्ति प्रयासमा सहयोग गरेकोमा दारले साउदी अरब, टर्की र इजिप्टप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् । साथै, चिनियाँ विदेश मन्त्री वाङ यी र संयुक्त ...
यमनबाट हुथी पनि होमियो अमेरिका र इसराइलसँग युद्धमा
राजनीति, विश्व, समाचार

यमनबाट हुथी पनि होमियो अमेरिका र इसराइलसँग युद्धमा

नेपालअखबार, काठमाडौं । अमेरिका र इसराइलविरूद्ध इरानको युद्धमा यमनबाट हुथी पनि होमिएको छ। इरान समर्थित लडाकू समूह हुथीले शनिबार पहिलोपटक इसराइलमा आक्रमण गरी युद्धमा होमिएको अमेरिकी पत्रिका द वासिङ्टन पोस्टले लेखेको छ। अमेरिका-इसराइल र इरानबीचको युद्धको एक महिनामा हुथीले पनि इसराइलमा आक्रमण गरेको हो। यसले मध्यपूर्वको युद्ध थप विस्तार हुने खतरा पैदा भएको भनेर वासिङ्टन पोस्टले जनाएको छ। इरानले इसराइललाई घेर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी र प्यालेस्टाइनमा हमास परिचालन गर्छ। अरबी मुलुकमा अरू स-साना समूह परिचालित गर्छ। यसलाई 'एक्सिस् अफ रेसिस्टेन्ट' भनिन्छ। लेबननबाट हिजबुल्लाह अगाडिदेखि नै युद्धमा सामेल भइसकेको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएपछि हिजबुल्लाहले लेबननबाट इसराइलमा मिसाइल र ड्रोन हमला गरेको थियो। युद्धमा लेबननमा पनि ठूलो संख्यामा भौति...
रमेश लेखकलाई अदालत उपस्थित गराइयो
राजनीति, समाचार

रमेश लेखकलाई अदालत उपस्थित गराइयो

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ । गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो । सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जि...
हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम
राजनीति, विश्व, समाचार

हर्मुज पूर्ण रूपमा खुला गर्न ट्रम्पले इरानलाई दिए ४८ घन्टाको अल्टिमेटम

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँघुरो जलमार्ग 'स्ट्रेट अफ हर्मुज' खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला गर्न इरानलाई चेतावनी दिएका हुन्। इरानले त्यसो नगरे उसका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने ट्रम्पले धम्की दिएका छन्। '४८ घन्टाभित्र इरानले यदी हर्मुज पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ। र त्यसको सुरूवात सबैभन्दा ठूलो केन्द्रबाट सुरू हुनेछ,' ट्रम्पले लेखेका छन्। हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ। इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इसराइली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरिरह...
संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने
राजनीति, समाचार

संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने

नेपालअखबार,  काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ । संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । एक मन्त्रीले सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताए । ‘सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक आज बोलाइएको छ,’ ती मन्त्रीले भने– ‘खासमा संसद्को अधिवेशन आह्वान नयाँ सरकारले गर्नुपर्ने हो तर चैत १६ गते अधिवेशन आह्वान गर्नुपर्ने दलहरूको अडान छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भएको छ । अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ । त्यसैले यो सरकारले अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ ती मन्त्रीले चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने ...