युद्धविराम उल्लंघनको आरोप लगाउँदै अमेरिकाले गर्यो इरानमा हमला
नेपालअखबार, काठमाडौं । अमेरिकाले इरानमा हवाई आक्रमण गरेको छ।
दुई देशबीच अन्तिम सम्झौतामा हस्ताक्षरका लागि वार्ता भइरहँदा शुक्रबार अमेरिकाले दक्षिणी इरानमा हवाई हमला गरेको हो।
अमेरेकी सेनाको सेन्ट्रल कमान्डले इरानले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै हमला गरिएको बताएको छ।
सेन्टकमका अनुसार हर्मुज जलमार्गमा एक मालवाहक जहाजमाथि इरानी ड्रोन आक्रमण गरेको थियो। घटनाको जवाफस्वरूप अमेरिकी सेनाले इरानका क्षेप्यास्त्र र ड्रोन भण्डारण स्थल तथा तटीय रडार केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ।
सेन्टकमले आफ्ना लडाकु विमानहरूले सैन्य लक्ष्यमा सफल आक्रमण गरेको र अभियान सम्पन्न भएको जनाएको छ।
‘इरानी सेनाले व्यावसायिक जहाजमाथि गरेको अनुचित आक्रमणले युद्धविरामको स्पष्ट उल्लंघन गरेको थियो। हिजो हर्मुज जलडमरूमध्य हुँदै गइरहेको मालवाहक जहाजमाथिको आक्रमणको यो शक्तिशाली जवाफ हो,’ सेन्टकमले भनेको ...









