Wednesday, July 22

राजनीति

बाँकेमा समातिएका सांसद चौधरीलाई धनगढी ल्याइयो
प्रशासन, राजनीति, समाचार

बाँकेमा समातिएका सांसद चौधरीलाई धनगढी ल्याइयो

नेपालअखबार, धनगढी । बाँकेबाट पक्राउ गरिएका नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरूणकुमार चौधरीलाई धनगढी ल्याइएको छ । चौधरीलाई श्रीएयरलाइन्सको विमान मार्फत धनगढी ल्याइएको हो । चौधरीलाई बिहीबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने जानकारी दिए । डीएसपी जोशीले उनलाई शुक्रबार जिल्ला अदालतमा पेश गरिने बताए । १३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले कोहलपुरबाट पक्राउ गरेको थियो।  बाँकेबाट श्रीएयरलाइन्सको विमानबाट काठमाडौं लगिएको थियो। चौधरी पक्राउ परेकाे विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो भने भोलि कैलालीमा यातायात ...
‘संसद‍्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम’लाई प्रभावकारी बनाउनुपर्नेमा जोड
राजनीति, समाचार

‘संसद‍्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम’लाई प्रभावकारी बनाउनुपर्नेमा जोड

नेपालअखबार, काठमाडौं । सांसदहरूले सरकारलाई जनताप्रति जिम्मेवार र जबाफदेही बनाउनका लागि ‘संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम’लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी नियमावलीमा स्पष्ट किटानसहितको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन । उनीहरुले प्रधानमन्त्रीसँग सोधिने प्रश्नहरूको संख्याको सीमा पनि बढाउनुपर्ने धारणा राखेका छन् । साथै पहिलो प्रश्नकर्ता सांसद बाहेकका सांसदहरूले पनि पूरक प्रश्न गर्ने व्यवस्था मिलाउनुपर्ने तर्क उनीहरुले गरेका छन् । यसमा सबै सदस्यहरूको मतएैक्यता भने छैन । केही सदस्यले भने व्यवहारिक कठिनाइ हेरेर प्रधानमन्त्रीले जवाफ दिनका लागि अन्य मन्त्रीलाई पनि पठाउन सक्ने व्यवस्था मिलाउनुपर्ने तर्क गरेका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज प...
माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रास्वपा सरकारबाट बाहिरिने अवस्था छ
राजनीति, समाचार

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ : रास्वपा सरकारबाट बाहिरिने अवस्था छ

नेपालअखबार, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारबाटै बाहिरिने स्थिति छ’, प्रचण्डकाे बैठकमा भनाइ उदृत गर्दै एक नेताले भने । आज धेरै छलफल गर्न सक्ने अवस्था नरहेकाले बैठक लामो नगर्न प्रचण्डले भनेपछि केहीबेर बसेर भोलिका लागि अर्को बैठक तय गरिएको एक नेताले जानकारी दिए । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ । गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारसँग चिढिएको छ । प्रचण्डले रविको मुद्दा टुंगो नलागेसम...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने
राजनीति, विचार, समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

नेपालअखबार, काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रीय कमिटीमा पेस गर्ने बताए । उनले प्रतिवेदनलाई थप परिष्कृत बनाउन बैठक बसेको बताए । बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई पनि समेटिएको उनले बताए । उनले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताए ।...
स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री
राजनीति, समाचार

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

नेपालअखबार, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन्। बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 'ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ,' कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने। 'म पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेकाे थिएँ। अहिले स्थापनाको १२ वर्ष पुगेकाे छ' प्रधानमन्त्री प्रचण्डले भने, 'मलाई निकै खुसी र गर्वको महसुस भएको छ। अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका तपा...
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन
राजनीति, समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहीबार अपरान्ह साढे ४ बजे बस्ने भएको छ । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए । उक्त बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् । नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताएका छन् । सभापति लामिछानेले आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहेका छन् । तर प्रधानमन्त्रीले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको प...
सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउन निर्देशन: मन्त्री खान
राजनीति, समाचार, हाइलाइट-समाचार

सार्वजनिक कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउन निर्देशन: मन्त्री खान

नेपालअखबार, काठमाडौँ ।   नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँनले आम नागरिकको पहुँचमा स्वच्छ खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।  सार्वजनिक कार्यक्रममा प्राइभेट   खानेपानीको बोतल हटाउनु पर्ने  मन्त्री खानले निर्देशन  दिनु भएको छ ।नेपाल संघकाे आयाेजनामा राखिएको कार्यक्रममा  प्रमुख अतिथि  खानेपानी मन्त्री अब्दुल खानंले सम्पूर्ण नगरपालिकाहरुले  खानेपानी सम्बन्धि यूनिट नगरपालिकामा राखनुपर्ने बताउनुभयो।प्रमुखहरु प्रमुख अतिथिको रुपमा जाने कार्यक्रममा प्राइभेट खानेपानीको बोतल हटाउनु पर्ने बताउनु भयो। आयोजित कार्यक्रमलाई  सम्बोधन गर्दै मन्त्री खानले  जिम्मेवारी ईमान्दारी पुर्वक बहन  गर्न निर्देशन दिनु  भयो ।मन्त्री खानले  गुणस्तर मापनकाे प्रयाेगगरिने बताउनु भयो।याेजनाहरु डुपलिकेशन न हुनेगरी तिनै तहकाे सरकारकाे समान्वयमा याेजना बनाउने मन्त्री खानले बताउनु भयो । का...
कांग्रेसले अन्य दलसँगको सल्लाहमा राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने
राजनीति, समाचार

कांग्रेसले अन्य दलसँगको सल्लाहमा राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।  बिहीबार बिहान बसेको कांग्रेस संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँग समेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको प्रमुख सचेतक समेत रहेका लेखकको भनाई छ । त्यस्तै बैठकले कांग्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने निर्णय गरेको छ ।  राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त रहेको थियो ।...
माओवादी स्थायी कमिटीको बैठक सर्‍यो
राजनीति, समाचार

माओवादी स्थायी कमिटीको बैठक सर्‍यो

नेपालअखबार, काठमाडौँ । ११ बजेलाई बोलाएको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक ५ घण्टा पछि सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको नेताहरूले बताएका छन् । ‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ’, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भने,‘शीर्ष नेताको कार्यव्यस्तताले सार्नुपरेको हो ।’ आजको बैठकमा माओवादीले तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णय गर्नेछ । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।...
राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्न कांग्रेसको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार तय गर्ने लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ । संसदीय दलको कार्यसमितिमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्री रहने व्यवस्था छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवारको विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । यही माघ २३ गते बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष चयन गरिंदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा उक्त पद अहिलेसम्म रिक्त छ ।...