Tuesday, July 21

राजनीति

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राजनीति, समाचार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । विहीबार दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्न लागेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षासँगै पार्टीको आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ । प्रवक्ता मोहन श्रेष्ठले पार्टीको आसन्न केन्द्रीय कार्य समिति बैठकका विषयमा पनि छलफल हुने बताए ।...
सभामुख निवास व्यवस्थापन अघि बढिसकेकाे छ : शहरी मन्त्रालय
राजनीति, समाचार

सभामुख निवास व्यवस्थापन अघि बढिसकेकाे छ : शहरी मन्त्रालय

नेपालअखबार, काठमाडौं । शहरी विकास मन्त्रालयले सभामुख देवराज घिमिरेको निवास व्यवस्थापनसँगको शीर्षक जोडेर सामाचर प्रकाशित/प्रशारित भएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा अति विशिष्ट पदाधिकारीहरुको आवास व्यवस्थापन तथा मर्मतलगायत आवश्यक फर्निसिङसमेत मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको भन्दै सभामुखको आवास व्यवस्थापनको कार्य अघि बढिसकेको जानकारी गराएका छन् । मन्त्रालयले सभामुखको आवास व्यवस्थापन यथाशीघ्र मिलाउने गरी कार्यालयले तदारुकताका साथ काम गरिरहेको भन्दै निराधार समाचारबाट भ्रममा नपर्न पनि सबैमा आग्रह गरेको छ ।...
परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै
राजनीति, समाचार

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै

नेपालअखबार, काठमाडौं । श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज राजधानी कोलम्बो जाँदैछिन् । श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालले शुक्रबार (माघ २० गते) श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । माघ २१ गते उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनी माघ २५ गते काठमाडौं फर्किने कार्यक्रम छ ।...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
राजनीति, समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपालअखबार , काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए । आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो । कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।...
भारतले नेपाललाई साढे ५ अर्ब भारू अनुदान दिने
अर्थतन्त्र, राजनीति, विदेश, समाचार

भारतले नेपाललाई साढे ५ अर्ब भारू अनुदान दिने

नेपालअखबार, एजेन्सि। छिमेकी मुलुक भारतले आउने आर्थिक वर्षमा नेपाललाई दिने अनुदान प्रतिवद्धता घटाएको छ। बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले विभिन्न मुलुकहरूलाई दिने अनुदानबारे जानकारी दिएकी हुन्। भारतीय बजेटअनुसार आगामी वर्ष भारतले नेपाललाई ५५० करोड भारू अनुदान दिनेछ। गत वर्ष भारतले नेपाललाई दिने अनुदान रकम ४२५ करोड भारू थियो। सुरूमा ७५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख भए पनि पछि बजेट संशोधन गरेर रकम घटाइएको थियो। आर्थिक वर्ष २०२१-०२२ मा भारतले नेपाललाई ४४८ करोड भारू दिएको थियो। यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ। भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।...
अनेरास्ववियूले गर्‍यो जनक शिक्षा सामग्री केन्द्रमा घेराउ
राजनीति, समाचार

अनेरास्ववियूले गर्‍यो जनक शिक्षा सामग्री केन्द्रमा घेराउ

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेको छ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयको विरोध गर्दै अनेरास्ववियूले जनक शिक्षामा घेराउ गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २९ गते समयमा बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्‍याउन भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय गरेको थियो । मन्त्रालयको यो निर्णयलाई अनेरास्ववियूले विरोध गर्दै आएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्रभित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी छापाखानालाई पाठ्यसामग्री छाप्न दिइएको जिकिर गरे । उनले भने ‘सबै पाठ्यसामग्री जनक शिक्षा सामग्री केन्द्रले नै छाप्नुपर्छ र शैक्षिक सामग्री समयमै पुर्‍याउनुपर्छ ।’साथै शैक्षिक क्षे...
आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग
राजनीति, समाचार

आत्मदाह घटनाबारे न्यायिक आयोग गठनको माग

नेपालअखबार, काठमाडाैं ।  प्रतिनिधिसभा बैठकमा नयाँ बानेश्वरमा प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनाको सम्बन्धमा छानबिन गर्नुपर्ने माग उठेको छ। प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले आचार्यको आत्मदाहको घटनाका बारेमा छानबिन गर्न न्यायिक आयोग गठनको माग गरेका हुन्। यसैगरी जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले आचार्यको आत्मदाहको विषयमा संसद्मा केही विशेष प्रस्ताव आउनुपर्नेमा आउन नसक्नु दुःखद् भएको भनाइ राखे। बैठकमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठले निर्दोष थारु बन्दीका लागि आफ्ना पार्टीले निरन्तर आवाज उठाए पनि रिहाइ हुन नसकेको दुःखेसो गरे। नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले वीर अस्पतालमा आइसियु शैय्या नभएर जनताले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य भएको हुँदा उक्त अस्पतालमा आइसियुको शय्या थप गर्न आग्रह गरे। स्व...
रविलेमन्त्री पद गएको हप्ता दिन पुग्दा समेत मन्त्री क्वार्टर छाडेनन्
राजनीति, समाचार

रविलेमन्त्री पद गएको हप्ता दिन पुग्दा समेत मन्त्री क्वार्टर छाडेनन्

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर नछोडेका हुन् सर्वोच्च अदालतले लामिछानेको उम्मेदवारी खारेज गर्दै नागरिकता लिन प्रक्रिया थाल्ने फैसला गरेपछि मन्त्रीसहित सांसदको पद गएको हो । उपप्रधानसहित गृहमन्त्री गुमाएका लामिछानेले भने मन्त्री क्वार्टर नछोडेर त्यहीँ बस्ने गरेका छन् । पार्टी सभापतिले मन्त्री क्वार्टर अहिलेसम्म नछोड्नु दुःखद भएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘पुराना दल ठिक भएनन् भनेर हामीले नयाँ संस्कार सिकाउन राजनीति थाल्यौँ’ कार्कीले भने, ‘तर, हामी पुरानो दलभन्दा फरक हुन सकिएन । यो दुःखद पक्ष हो ।’ मन्त्री पदबाट राजीनामा दिने बित्तिकै मन्त्री क्वार्टर छोडेको भए...
पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग साट्ने छैन : ऊर्जा राज्यमन्त्री सिंह
राजनीति, समाचार

पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग साट्ने छैन : ऊर्जा राज्यमन्त्री सिंह

नेपालअखबार, हेटौँडा । ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक बहादुर सिंहले पार्टीको मूल्य मान्यतालाई कुर्सीसँग नसाट्ने बताएका छन् । राप्रपा सरकारमा जानु भनेको आफ्नो मूल्य मान्यतालाई थप बलियो बनाउनु भएको उनले बताए । राज्यमन्त्री सिंहले मूल्य मान्यतालाई रद्दीको टोकरीमा फालेर अघि बढ्ने स्वभाव आफ्नो र राप्रपाको नरहेको दाबी गरे । आफूले निर्वाचनको समयमा मकवानपुरे जनतासँग गरेको बाचा नभुलेको उल्लेख गर्दै सिंहले जनतासँग गरेका वाचाहरू पूरा गर्न निर्वाचित भएकै दिनबाट लागिसकेको दाबी गरे । आफू राप्रपाको तर्फबाट विजयी भएको भएपनि मकवानपुरको विकासमा अन्य दलसँग सहकार्य गरेर अघि बढ्ने राज्यमन्त्री सिंहको भनाई छ ।...
आज प्रतिनिधिसभा बैठक बस्दै
राजनीति, समाचार

आज प्रतिनिधिसभा बैठक बस्दै

नेपालअखबार, काठमाडौं ।  आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान भएको छ । बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेको छ। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । यस्तै, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ ।...