Friday, July 17

राजनीति

नेता खनाल :  दुःखद घडीमा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण
राजनीति, समाचार

नेता खनाल : दुःखद घडीमा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण

नेपालअखबार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज भएको यति एयरलाइन्सको बिमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै स्तब्ध भएको बताएका छन् । शोक वक्तव्य जारी गर्दै नेता खनालले दुःखद घडीमा निधन हुने स्वदेशी तथा विदेशी सबैप्रति भावपूर्ण श्रद्धान्जली अर्पण  गरेका छन् । नेता खनालले नेपाली आकाशमा हुने गरेका हवाई दुर्घटनाले नेपाली आकाश र भूभागको यात्राप्रति विश्व समुदायमै नकारात्मक असर पर्न सक्ने सम्भावना र नागरिकको जीवन रक्षालाई महत्वपूर्ण ढंगबाट हेर्न आवश्यक रहेको बताएका छन् । ‘यस्ता दुर्घटनाका कारणहरु पहिल्याई हवाइ सेवालाई सुरक्षित र विश्वासयोग्य बनाउन म सरकारको गम्भीर रुपले ध्यानाकर्षण गराउँन चाहन्छु’, खनालले भनेका छन् । साथै उनले उद्दार कार्यलाई युद्दस्तरमा अघि वढाउन र मृतकको परिवारहरुलाई उचित क्षतिपूर्ति तत्काल उपलब्ध  गराउन पनि सरकारसँग...
विमान दुर्घटनाले पर्यटन क्षेत्रमा पनि गम्भीर असर : माधव नेपाल
राजनीति, समाचार

विमान दुर्घटनाले पर्यटन क्षेत्रमा पनि गम्भीर असर : माधव नेपाल

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरामा भएको यती एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । उनले दुर्घटनामा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । र उद्धारको कामलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले पटक पटकका हवाइ दुर्घटनाबाट नेपाली आकाश असुरक्षित भएको सन्देश गएको भन्दै यसले नेपालको पर्यटन क्षेत्रमा पनि असर पार्ने बताए । भर्खरै नयाँ विमानस्थल निर्माण भई उडान शुभारम्भ भएको र पर्यटन राजधानीको रुपमा रहेको पोखरामा दुर्घटना हुँदा हवाई क्षेत्र मात्र नभई पर्यटन क्षेत्रमा नै असर पर्ने उनले बताए । ‘यस दुर्घटनाले केवल हवाई क्षेत्रमात्र होइन, सिंगो पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गई हाम्रो मुलुकले अवलम्वन गरेको समृद्धि र समाजवादको लक्ष्य प्राप्तिलाई समेत नकारात्मक रुपमा प्रभावि...
पोखराका मेयरको अपील : आज सबै मेला महोत्सव स्थगित गर्नुस्
राजनीति, समाचार

पोखराका मेयरको अपील : आज सबै मेला महोत्सव स्थगित गर्नुस्

नेपालअखबार,  पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भइरहेका मेला महोत्सव आज (आइतबार) एक दिन स्थगित गर्न आग्रह गरेका छन् । काठमाडौंबाट ६८ यात्रु र चार चालक दलका सदस्य गरी ७२ जना लिएर पोखरा उडेको विमान सेती खोंचमा दुर्घटनामा परेको छ । दुर्घटनामा मृत्यु भएका ६२ जनाको शव भेटिएको छ भने अरुको खोजी तथा उद्धार कार्य चलिरहेको छ । यो दुःखको समयमा कुनै पनि मेला महोत्सव नगर्न उनले पोखराबासीलाई आग्रह गरेका छन् । दुर्घटना स्थलमा जम्मा भएका सर्वसाधारणलाई डिलमा नजान आग्रह गर्दै मेयर आचार्यले भनेका छन्, ‘आर्मी र प्रहरीलाई काम गर्न दिऊ ।’...
पोखरा जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय आयोग, ४५ दिनको समय
राजनीति, समाचार

पोखरा जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय आयोग, ४५ दिनको समय

नेपालअखबार, काठमाडाैं । आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव  नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए। छानबिन गर्न बनेको आयोगमा हवाई विज्ञ तथा अवकाशप्राप्त उपरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा सदस्य छन्। आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेको मन्त्री पौडेलले जानकारी दिए। सरकारले यो आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ।  जाँच आयोगले दुर्घटनाका कारण पहिचान गर्नुको साथै र आगामी दिनमा दुर्घटना हुन अपनाउनु पर्ने सुझावसहित प्रतिवेदन पेस गर्नु पर्नेछ।...
प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द
राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति एयरको विमान दुर्घट्नास्थल पोखरा जाने कार्यक्रम रद्द भएको छ । दुर्घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यको अवलोकनका लागि प्रधानमन्त्री आइतबार पोखरा जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । ’‘भिआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीका नीजि सचिव रमेश मल्लले जानकारी दिए ।...
माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त : मन्त्री खानं
राजनीति, समाचार

माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त : मन्त्री खानं

नेपालअखबार, काठमाडाैं । मन्त्री अब्दुल खानंले  माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।  नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेका छन् । उनले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास का साथ  शुभकामना  व्यक्त गरेका छन्     ।  ...
माघी पर्वले समतामूलक समाज निर्माणमा प्रेरणा मिलोस् : राष्ट्रपति
राजनीति, समाचार

माघी पर्वले समतामूलक समाज निर्माणमा प्रेरणा मिलोस् : राष्ट्रपति

नेपालअखबार, काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेकी छन्। माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु,’ शुभकामना सन्देशमा भनिएको छ। विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनक...
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री प्रचण्ड
राजनीति, समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री प्रचण्ड

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् । थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताए । प्रधानमन्त्री प्रचण्डले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गरेका छन् । नेपालीको बीचमा सहकार्य, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अप...
गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित
राजनीति, समाचार

गण्डकी प्रदेशको सभामुखमा धिताल निर्वाचित

नेपालअखबार,  पाेखरा । गण्डकी प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। उनले ३२ मत पाएर सभामुख चयन भएका हुन्। गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का २१, नेकपा (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो। कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो। उनले २६ मत प्राप्त गरिन‍्। सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए। नेकपा(एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन्। यस्तै कांग्रेसका एक जना सदस्य पनि अनुपस्थित रहे। सभामुखमा निर्वाचित भएका धितात मंसिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। उन नेकपा(माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा ग...
छिट्टै भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी
राजनीति, समाचार

छिट्टै भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी

नेपालअखबार, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै भारत भ्रमण गर्ने बताएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको जानकारी गराए । यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । शनिवार प्रचण्डले विभिन्न अनलाइन मिडियाका सम्पादकहरु अन्तरक्रिया गरेका छन् । सो अवसरमा सरकारका प्राथकिमताहरु, विभिन्न राजनीतिक दलहरु बीचको सम्बन्धका बारेमा छलफल गरेका छन्  ।...