Tuesday, July 14

राजनीति

जनताको गुनासो सुन्न सीके राउतको सक्रियता
राजनीति, समाचार

जनताको गुनासो सुन्न सीके राउतको सक्रियता

नेपालअखबार,  राजविराजस्थित। जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. सीके राउतले जनताको गुनासाको सम्बोधन गर्न सक्रियता लिएका छन् । राजविराजस्थित जनसम्पर्क कार्यालयमा राखिएको ‘जनआवाज पेटिका’मा आएको गुनासो अध्ययन गर्दै उनले समाधानको लागि पहल थालेका हुन् । शनिवार पेटिकमा आएका विभिन्न गुनासालाई अध्ययन गर्दै उनले सम्बन्धित व्यक्तिलाई आफैले सम्पर्क गरेका थिए । गुनासो गरेका व्यक्तिलाई फोन सम्पर्क गरेर आवश्यक जानकारीसहित समाधान गर्ने प्रयास गरिएको पार्टीका नेता एवं सप्तरी २ (ख) का प्रदेश सभा सदस्य महेश यादवले बताए । उनको अनुसार जनआवाज पेटिकामा हालसम्म ३५ देखि ४० वटा गुनासाहरु आएका छन् । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारदेखि घरायसी झगडासम्मको गुनासो आएको नेता महेश यादवले बताए । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भएका सुविधाहरु नपाएको बारे पनि गुनासो आएको छ । त्यहाँका डाक्टरले समयमा उपचार नगर्ने, ...
काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार गठन गर्न पहल गर्ने
राजनीति, समाचार

काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार गठन गर्न पहल गर्ने

नेपालअखबार, पोखरा। नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा आज सम्पन्न बैठकले प्रदेशमा गठबन्धनमा संलग्न दलहरुको बहुमत भएकोले काँग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवम् प्रचारप्रसार समिति उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो । बैठकले सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत प्रदान गर्नुहुने गण्डकी प्रदेशका सम्पूर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक र अन्य संघ संस्थाले पु¥याएको सहयोगको लागि बैठकले धन्यवाद व्यक्त गरेको छ । निर्वाचनमा निर्वाचित उम्मेदवारहरुले आम मतदाताहरुको भरोसा र आकांक...
नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय
राजनीति, समाचार

नयाँ सरकार गठन गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दलहरूलाई सात दिनको समय दिएकी छन्। संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन गर्न राष्ट्रपतिले आज समय दिएकी हुन्। पुस १० गते आइतबार साँझ ५ बजे भित्र सरकार गठन गर्न राष्ट्रपतिले समय दिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको पनि एकल बहुमत नआएकोले धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान भएको हो। संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने उल्लेख छ। दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ। हेर्नुस् विज्ञप्ति:...
पूर्व प्रधानमन्त्री नेपालद्वारा रौतहटका ७ वटा स्थानीय निकायलाई पोर्टेबल भिडियो एक्सरे हस्तान्तरण
राजनीति, समाचार

पूर्व प्रधानमन्त्री नेपालद्वारा रौतहटका ७ वटा स्थानीय निकायलाई पोर्टेबल भिडियो एक्सरे हस्तान्तरण

नेपालअखबार ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी  का अध्यक्ष माधव कुमार नेपालद्वारा रौतहट जिल्लाका क्षेत्र नं. १ अन्तर्गतका ७ वटा स्थानीय निकायहरूलाई  स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नु भएको छ । पूर्व प्रधानमन्त्री नेपालले रौतहटका  गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका ,र गरुडा नगरपलिकालार्ई एक एक थान  भिडियो अल्ट्रा साउन्ड हस्तान्तरण गर्नुभएको हो  । प्रति गोटा १५ लाख ६५ हजार ९६ रुपैयाँ ३३ पैसा मुल्य का  सामाग्रीहरू  एक करोड नौ लाख पच्पन्न हजार छ शय चौहत्तर रुपैयाँ एकतिस पैसा मूल्य बराबरका  सामाग्रीहरु हस्तान्तरण भएका हुन् । हस्तान्तरित सामाग्रीले त्यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग प्रदान गर्ने बताईएको छ ।  हस्तान्तरण गरिएको उपकरण सानो भिडियो एक्स रे भएको र  यसको कार्टुन भित्र ट्यावल...
कर्णालीमा २२ दलको धरौटी जफत
राजनीति, समाचार

कर्णालीमा २२ दलको धरौटी जफत

नेपालअखबार, कर्णाली। कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगले शनिबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को परिणामसहितको प्रतिवेदन बुझाउँदा यहाँका २२ दलहरुको धरौटी जफत भएको जनाएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेस गर्ने २८ दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । पत्रकार भेटघाटमार्फत शनिबार सहसचिव भट्टराईले निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन् । यसमा पुरुष २५ जना (६२.५ प्रतिशत) र महिला १५ जना (३७.५ प्रतिशत) निर्व...
आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
राजनीति, समाचार

आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेपालअखबार, काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति जुटेको छैन ।...
आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक
राजनीति, समाचार

आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपालअखबार, काठमाडाैं। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी गराए । पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार बैठक दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।...
बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकाेमा सोविता गौतमले गरिन् पश्चाताप
राजनीति, समाचार

बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकाेमा सोविता गौतमले गरिन् पश्चाताप

नेपालअखबार, काठमाडाैं । नवनिर्वाचित काठमाडौं क्षेत्र नम्बर २ की सांसद सोविता गौतमले ३ वर्षअघि बलात्कारबारे बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारे प्रतिक्रिया व्यक्त गरेकी छिन् ।  शनिबार सामाजिक सञ्जालमार्फत गौतमले सो बेला आफूले बोलेको कुरा यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनःस्थापना सहज हुनसक्छ भन्ने मेरो आशय रहेको प्रष्ट पारेकी हुन् । सो कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर सामाजिक सञ्जालमा जनाईको आपत्तिलाई आफूले मनन गरेको उल्लेख गरेकी छिन् ।  सो बेलाको दिएको उदाहरण आजको अवस्थामा प्रयोग नगर्ने बताउँदै उनले अहिले आफू परिष्कृत भइसकेको बताएकी छिन् । उनले भनेकी छिन्– ‘अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा...
देउवाले बोलाए पार्टीका नवनिर्वाचित सांसदको भेला
राजनीति, समाचार

देउवाले बोलाए पार्टीका नवनिर्वाचित सांसदको भेला

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज दिउँसो तीन बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपति समक्ष प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।...
माओवादीले पुस ३ गतेपछि संसदीय दलको नेता चयन गर्ने
राजनीति, समाचार

माओवादीले पुस ३ गतेपछि संसदीय दलको नेता चयन गर्ने

नेपालअखबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरे । निर्वाचन आयोगले यही पुस ३ गते प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने तयारी गरेको छ । संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चयन हुनेमा माओवादीभित्र एकमत रहेको उनको...