Tuesday, July 14

राजनीति

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा
राजनीति, समाचार

सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

नेपालअखबार, काठमाडाैं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् ।...
छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम शुरु गरिसकेका छौः मन्त्री श्रेष्ठ
राजनीति, समाचार

छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम शुरु गरिसकेका छौः मन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनहरुलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताउनु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन वुलेटिनको आज मन्त्रालयमा भएको एक कार्यक्रममा विमोचन गर्दै मन्त्री श्रेष्ठले भूमि तथा सहकारी सम्बन्धी छरिएर रहेका र पुराना कानुनहरुलाई समेटेर एकीकृत कानुन निर्माण गर्ने र समयानुकुल बनाउने काम मन्त्रालयले शुरु गरिसहेको बताउनुभयो । मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउनका लागि तयारी गरिरहेको पनि जानकारी दिनुभयो । नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र मस्याग्रस्त सहकारीहरुको उचीत वयवस्थापन गरी आगामी दिनमा सहकारीहरुलाई समस्याग्रस्त बन्नै ...
जापान सरकारबाट रामचन्द्र पौडेल सम्मानित
राजनीति, समाचार

जापान सरकारबाट रामचन्द्र पौडेल सम्मानित

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई  एक कार्यक्रमबीच सम्मान गरेको छ । पौडेल नेपालका लागि जापानका राजदूत किकुता युताकाबाट सम्मानित भएका उनको सचिवालयले जनाएको छ ।...
विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा
राजनीति, समाचार

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

नेपालअखबार, काठमाडाैं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा,  ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ । आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।...
गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : माधव नेपाल
राजनीति, समाचार

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : माधव नेपाल

नेपालअखबार, काठमाडाै. । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् ।​ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् । ‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’, नेता नेपालले भने, ‘तर राष्ट्रपति बनाउन राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने छैन ।’ उनले गैर राजनीतिक बौद्धिक, सामाजिक, प्राज्ञिक व्यक्तिलाई राष्ट्रपति बनाउन संविधानबाट रोकावट नभएपनि अहिले त्यसबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताए । ‘राष्ट्रपतिका लागि राजनीतिक व्यक्ति नै हुनुपर्छ भन्ने होइन’, नेता नेपालको भनाइ छ । अध्...
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना निर्वाचित
राजनीति, समाचार

समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना निर्वाचित

नेपालअखबार, काठमाडाैं । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा एमाले बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर विशवकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी मधेस प्रदेशमा कांग्रेसबाट सकुन्ती देवी (सर्लाही) र निलमकुमारी रजक (सप्तरी), एमालेबाट पलटीदेवी महरा (धनुषा), जनमत पार्टीबाट रञ्जुकुमारी मण्डल खंग (सप्तरी), जनता समाजवादी पार्टी नेपालबाट ललिता दास (सिरहा), माओवादी केन्द्रबाट शारदा दास पहाडी (धनुषा) र नेकपा (एकीकृत समाजवादी) बाट किशोरी देवी (रौतहट) गरी सात जना ...
आज निर्वाचन प्रतिवेदन  राष्ट्रपतिलाई बुझाउँदै आयोग
प्रशासन, राजनीति, समाचार

आज निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै आयोग

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए । बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका थिए । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्दैछ । आयोगले प्रतिवेदन राष्ट्रपतिका साथै संघीय संसद सचिवालयलाई नव निर्वाचित सांसदहरुको विवरण पठाउने व्यवस्था छ । त्यसपछि हालको वर्तमान सरकारले प्रतिनिधिसभा बैठक आव्हानका लागि मिति तोक्दै राष्ट्रपतिलाई सिफारिस गर्दछ । सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपतिबाट संस...
जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा बालेन साहको निवेदन
राजनीति, समाचार

जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा बालेन साहको निवेदन

नेपालअखबार, काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् । तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रूपैयाँ जरिवाना तोकेको छ । उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् ।  आयोगमा खर्च विवरण नबुझाएका बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने सार्वजनिक गरिसकेका छन् ।...
तपाईंहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु: प्रचण्ड
राजनीति, समाचार

तपाईंहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु: प्रचण्ड

नेपालअखबार,। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन्। प्रचण्डले प्रधानमन्त्री हुने संकेत गरेका हुन्। देशको नेतृत्व आफूले गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्ने उनले बताए। आज कास्कीमा भएको एक कार्यक्रममा बोल्दै उनले भने, ‘अब मसँग सायद धेरै वर्ष समय छैन। तपाईंहरूको आशीर्वाद, माया र शुभकामनाले काम गर्‍यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउमा पुग्दैछु।’ उनले अब देशको नेतृत्व गर्ने ठाउँमा पुगेमा राम्रा काम गर्ने बताए। पहिलो पटक प्रधानमन्त्री हुँदा राम्रोसँग बुझ्न नपाएको र दोस्रो पटक भने केही राम्रा काम गरेको उनको भनाइ थियो। प्रचण्डले अबको एक महिनाभित्रमा गठबन्धनबाटै नयाँ सरकार बन्ने पनि बताएका थिए। उनले २०४७ सालदेखि यताका विशिष्ट श्रेणीका व्यक्तित्वको सम्पत्ति छानबिन गरिनुपर्ने पनि बताएका थिए।...
रवि लामिछानेलाई सांसद पदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता
राजनीति, समाचार

रवि लामिछानेलाई सांसद पदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् । युवराज सफलका नामले चिनिने युवराज पौडेलले बुधबार रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट ०७९–wc–००३६ मा दर्ता भएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै ...