रुपामा दीपक कोइरालालाई ‘वान्स अगेन’
नेपालअखबार, पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ को १ अन्तर्गत रुपा गाउँपालिका–५ देउरालीमा आइतबार पाँच दलीय गठबन्धनको चुनावी सभा थियो । गठबन्धनका तर्फबाट उम्मेदवार दीपक कोइरालाको बोल्ने पालो आयो । उनी मञ्चमा झुल्किने वित्तिकै दर्शकबाट कसैले नारा लगायो, ‘दीपक कोइराला, वान्स अगेन ।’
चुनाव सभामा चर्को स्वरमा कोइरालाको पक्षमा नाराबाजी गर्ने स्थानीय अप्सरा श्रेष्ठ थिइन् । पाँच वर्षमा रुपामा कोइरालाले गरेका विकास निर्माणका काम देखेर पुनः जिताउनुपर्छ भन्ने आशयले आफूले ‘वान्स अगेन’ को नारा लगाएको उनले बताइन् । ‘अब ३०औं वर्षदेखि चुनाव लड्नेलाई नो नट अगेन भन्ने हो,’ उनले भनिन्, ‘दीपक कोइरालाजस्तो युवा नेतालाई वान्स अगेन नै भन्नुपर्छ ।’ रुपामा कोइराला सांसद हुँदा थुप्रै विकास निर्माणका योजना सुरु भएकाले तिनलाई पूरा गर्न फेरि उनले जित्नुपर्ने श्रेष्ठको तर्क छ ।
देउरालीकै स्थानीय निसान श्रेष्ठले ...










