Sunday, July 12

राजनीति

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता
राजनीति, समाचार

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता

नेपालअखबार,लमजुङ । लमजुङमा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङलाई पछि पार्दै एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता हासिल गरेका छन् । कोलासोथर गाँउपालिका र दुधपोखरी गाँउपालिको गरि ४९०४ मत गणना हुँदा एमालेका पृथ्वी सुब्बा गुरुङले २५०८ मत पाएका छन् । माओवादीका देवप्रसाद गुरुङले २०८७ मत पाएका छन् ।...
रौतहट क्षेत्र नम्बर १ मा माधवकुमार नेपाल अग्रता
राजनीति, समाचार, हाइलाइट-समाचार

रौतहट क्षेत्र नम्बर १ मा माधवकुमार नेपाल अग्रता

नेपालअखबार, राैतहट। रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन्। आज यहाँ मतगणना भइरहेको छ। माधव नेपालले अहिलेसम्म ७२९ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले ६५४ मतसहित नेपाललाई पछ्याइरहेका छन्। यो क्षेत्रमा माधव नेपाललाई सत्ता गठबन्धनको समर्थन छ भने एमालेका गुप्तालाई एमाले-जसपाको समर्थन छ।...
दैलेख १ मा समाजवादीका अम्मर
राजनीति, समाचार, हाइलाइट-समाचार

दैलेख १ मा समाजवादीका अम्मर

नेपालअखबार, सुर्खेत । दैलेख १ मा गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् । १ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमालेका रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् । राप्रपाकी कुन्ती शाहि ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । सुरुमा एमालेका शर्माले अग्रता लिए पनि पुनः थापाले अग्रता लिएका छन् ।...
एकीकृत समाजवादीका ज्वाला  सल्यानमा अगाडि
राजनीति, समाचार

एकीकृत समाजवादीका ज्वाला सल्यानमा अगाडि

नेपालअखबार, सल्यान। सल्यानमा प्रतिनिधि सभातर्फ नेकपा (एकीकृत समाजवादी) का प्रकाश ज्वालाले अग्रता लिएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याएका छन्। हालसम्म गणना गरिएको २ हजार ४९७ मतमध्ये एकीकृत समाजवादीका ज्वालाले १ हजार ६४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार शाहले ७५५ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार राजेन्द्र वीर रायले २९७ मत ल्याएर तेस्रो स्थानमा छन्।...
डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाकाे अग्रता
राजनीति, समाचार

डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाकाे अग्रता

नेपालअखबार, । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । ५०० मत गणनामा देउवाले  २३९  मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले १४१ मत पाएका छन् । हजुर पुस्तालाई विदाई गर्नुपर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका सागर ढकालले ९७   मत पाएका छन् ।  ...
इलाम-२ मा सुवासचन्द्र नेम्वाङ पछि परे
राजनीति, समाचार

इलाम-२ मा सुवासचन्द्र नेम्वाङ पछि परे

नेपालअखबार, इलाम । इलाम -२ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ३४२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन् ।त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत प्राप्त गरेका छन् ।...
सिके राउत १८ सय बढी मतले अगाडि
राजनीति, समाचार

सिके राउत १८ सय बढी मतले अगाडि

नेपालअखबार, सप्तरी। प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाएका छन् । राउतले हालसम्म ३ हजार १६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ११७० मत ल्याएका छन् । त्यस्तै, लोसपाका जय प्रकाश ठाकुरले ६६१ मत ल्याएका छन् ।...
एकीकृत समाजवादीको दाङ- १ मा अग्रता
राजनीति, समाचार

एकीकृत समाजवादीको दाङ- १ मा अग्रता

नेपालअखबार,दाङ । नेकपा एकीकृत समाजवादी पार्टीले     दाङ- १  निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।  दाङ- १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले ८९ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी शान्ता चौधरीले ५० मत ल्याएकी छिन
गोरखामा ६ पार्टीको माग पुन मतदान गर्नुपर्ने
राजनीति, समाचार

गोरखामा ६ पार्टीको माग पुन मतदान गर्नुपर्ने

नेपालअखबार, गोरखा। गोरखामा मंसिर ४ मा भएको मतदानमा धाँधली भएको भन्दै एक स्वतन्त्रसहित ६ वटा पार्टीले पुनः मतदानको माग गरेका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार विलबहादुर तामाङले पुनः मतदानको माग गरेका हुन् । उनीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै स्वतन्त्र निष्पक्ष र धाँधलीरहित निर्वाचनको मूल मर्ममाथि प्रहार गर्दै अपवित्र र अराजनैतिक गठबन्धन पक्षधरहरुबाट गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ का विभिन्न मतदान केन्द्रहरूमा सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता, विदेशमा रहेका’ तथा अनुपस्थित मतदताहरुको नामबाट मतदान गर्ने, अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरूलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिहरूलाई बोल्न नदिने, मतदाताहरूको इच्छा विपरित समातेर लगेर मतदान गर्ने, ध...
भक्तपुर–१ मा नेकपा एमालेको अग्रता
राजनीति, समाचार

भक्तपुर–१ मा नेकपा एमालेको अग्रता

नेपालअखबार, भक्तपुर । भक्तपुर–१मा नेकपा एमालेले अग्रता कायम गरेको छ । यसअघि राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुवाती अग्रता बनाएका थिए । एमालेका गेलालले ८२२ मत पाएका छन् भने राप्रपाका खड्काले ७७६ मत पाएका छन् ।नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ६८४ मतसहित तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका ५०६ मत ल्याएर चौथो स्थानमा छन् ।...