Wednesday, May 6

राजनीति

आज पनि सत्ता गठबन्धनको बैठक बस्ने
राजनीति, समाचार

आज पनि सत्ता गठबन्धनको बैठक बस्ने

नेपालअखबार, काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।...
राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने
राजनीति, समाचार

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

नेपालअखबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्टहरुलाई समय छुट्याइएको छ ।३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने छन् ।...
राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ,नेताहरुले विश्वास गुमाउँदैछन् : माधव नेपाल
राजनीति, समाचार

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति छ,नेताहरुले विश्वास गुमाउँदैछन् : माधव नेपाल

नेपालअखबार, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति र समाजमा चरम भ्रष्टाचारी प्रवृत्ति रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताएका छन् । बिहीबार पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले  अवसर नपाउने बित्तिकै अन्तै हामफाल्ने प्रवृत्तिबाट होसियार हुनुपर्ने बताएका हुन् । ‘आफुले अवसर पाएको छैन भने अनुहार अँध्यारो बनाउने, पटक पटक पाए ठीक, अरुले एकचोटी पाउँदा सकारात्मक नलिने हाम्रो समाजमा रोग छ’, अध्यक्ष नेपालको भनाइ छ । उनले नेपालको राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिस्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको बताए । ‘अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ’, नेपालले पार्टी परिवर्तनतर्फ संकेत गर्दै भने । उनले अहिलेको ...
कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने, कहाँ–कहाँ टुंगियो ?
राजनीति, समाचार

कांग्रेसले प्रतिनिधिसभामा ८६ सिट पाउने, कहाँ–कहाँ टुंगियो ?

नेपालअखबार, काठमाडाैं । नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८६ सिट पाउने भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८६ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो । जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख - २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ । यसैगरी चितवन -  १ र २, गोरखा - १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही - ३,४ र ५, कपिलबस्तु - २, ३, दाङ- ३ र बाँके - ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । यसैगरी पाँचथर, इलाम-२, झापा - १,३ र ४, संखुव...
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक  जारी
राजनीति, समाचार

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

नेपालअखबार, काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनबीच आपसी सिट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बिहान ९ बजेबाट सुरु भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताको सहभागिता छ । यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमै पार्टीको आन्तरिक छलफलका लागि कांग्रेसका पदाधिकारीको छुट्टै बैठक बसिरहेको सो पार्टीले जनाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक...
कांग्रेसभित्र असन्तुष्टि देखिएपछि समानुपातिक उम्मेदवार सूची हेरफेर तयारी
राजनीति, समाचार

कांग्रेसभित्र असन्तुष्टि देखिएपछि समानुपातिक उम्मेदवार सूची हेरफेर तयारी

नेपालअखबार, काठमाडाैं । नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ। संस्थापनइतर (शेखर कोइराला-गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए। जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी लगायतले भेला गर्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए। मंगलबार बालुवाटारमा देउवाले सबैसँग छलफल गरी समानुपातिक उम्मेदवार सूची हेरफेर गरेर जान सकिने बताएको एक नेताले  बताए। सभापति देउवासहित कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेबारे आज पनि छलफल गर्ने तयारीमा छन्। यसैबीच संस्थाप...
आजदेखि निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइदैन ?
प्रशासन, राजनीति, समाचार

आजदेखि निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइदैन ?

नेपालअखबार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू गर्ने भएको छ । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ । आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने भएका छन् । संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न ह...
आज अमेरिकी सहायक विदेशमन्त्री ट्रडो  नेपाल आउँदै
राजनीति, विदेश, समाचार

आज अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल आउँदै

नेपालअखबार, एजेन्सि । अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज  नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगत्तै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तरक्रियाका लागि ट्रडो नेपाल आउन लागेको’ उल्लेख गरेको छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्ष नेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिक...
निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राजनीति, समाचार

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।...
आजदेखि सत्ता गठबन्धनले प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल थाल्दै
राजनीति, समाचार

आजदेखि सत्ता गठबन्धनले प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल थाल्दै

नेपालअखबार, काठमाडौं । सत्ता गठबन्धनका दलहरुले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने भएका छन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै आजबाट प्रदेशसभाबारे छलफल गर्ने नेताहरुले बताएका छन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला नेतृत्वको कार्यदलको पहिलो बैठक साउन २३ गते बसेको थियो । त्यसयता लगातार कार्यदलस्तरमा र शीर्ष नेतृत्व तहमा सिट बाँडफाँटबारे छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन । निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेकाले दलहरु छिटो सिटबाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।...